राष्ट्रपतिले नागरिकता विधेयक रोकेपछि देउवा पुगे शीतल निवास, के- के भयो कुराकानी ?

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री शेरबहादुर देउवाले भेटवार्ता गरेका छन् । प्रधानमन्त्री देउवाले शनिबार साँझ शीतल निवास पुगेर राष्ट्रपति भण्डारीलाई भेटेका हुन् ।

राष्ट्रपतिका प्रेस सल्लाहकार टिका ढकालले प्रधानमन्त्री देउवा र राष्ट्रपति भण्डारीबीच शनिबार साँझ भेटवार्ता भएको बताए । स्रोतकाअनुसार भेटमा प्रधानमन्त्री देउवा र राष्ट्रपति भण्डारीबीच नागरिकता विधेयक, आगामी निर्वाचन तयारीलगायत विषयमा छलफल भएको थियो ।

राष्ट्रपति भण्डारीले दुई साताअघि नै संसद्‌बाट पारित भएको विधेयक प्रमाणीकरण गरेकी छैनन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित राजनीतिक दल र नागरिक समूहहरूले भने सो विधेयक फिर्ता पठाउन माग गर्दै आएका छन् ।

नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने नागरिकता विधेयकमा राष्ट्रपति विद्या भण्डारी नै अनिर्णीत बनेकी छन् । संसदका दुबै सदनले पारित गरेपछि गत आइतबार नै प्रतिनिधिसभाका सभामुख अग्नि प्रसाद सापकोटाले विधेयक प्रमाणित गरेका थिए । त्यसको अर्को दिन सोमबार नै संसद सचिवालयले नागरिकता विधेयक प्रमाणिकरणका लागि राष्ट्रपतिकोमा पठाएको हो ।

नागरिकता विधेयक सरकारमा हुँदा तात्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले जारी गरेको अध्यादेश अनुरुप नै बनाएको भए पनि एमालेले विरोध जनाएको थियो । त्यसैक्रममा विधेयकप्रति राष्ट्रपतिको पनि असन्तुष्टि सार्वजनिक भएको थियो ।

संसदले पारित गरेर पठाएको विधेयकसमेत पुनर्विचारका लागि सरकारलाई पठाउने संवैधानिक अधिकार राष्ट्रपतिलाई छ । तर, त्यो अधिकार नकुरी असन्तुष्टि सार्वजनिक भएपछि राष्ट्रपतिले विधेयक प्रमाणित नगर्ने धेरैको अनुमान थियो ।

राष्ट्रपति कार्यालय स्रोतका अनुसार अहिलेसम्म राष्ट्रपति भण्डारी प्रमाणित गर्ने कि पुनर्विचारका लागि पठाउने भन्ने निर्णयमा पनि पुगिसकेकी छैनन् ।

“संसदबाट विधेयक आएको दुई साता भएको छ । अहिलेसम्म प्रमाणिकरण गरेर जारी गर्ने वा पुनर्विचारका लागि फिर्ता पठाउने भन्ने कुनै निर्णय भएको छैन,” राष्ट्रपतिको निजी सचिवालयका एक सदस्यले भने, “पुनर्विचारका लागि पठाउने राष्ट्रपतिको स्वविवेकीय अधिकार हो । १५ दिनसम्म उहाँलाई समय हुन्छ । त्यतिञ्जेलसम्म उहाँले निर्णय लिनुहुनेछ ।”

ती सदस्यका अनुसार विधेयकका विषयमा व्यापक विरोध भएकाले राष्ट्रपतिलाई निर्णय गर्न केही समय लिनुपरेको हो । अंगीकृत नागरिकका सन्तानलाई पनि वंशजको नागरिकता दिनेगरी संविधान जारी भएको झण्डै सात वर्ष भएको छ ।

यसबीचमा नागरिकता विधेयक जारी नहुँदा जन्मसिद्ध तथा अंगीकृत नागरिकका सन्तान नागरिकताको अधिकारबाटै बञ्चित भएका छन् । यससँगै वैवाहिक अंगीकृतलाई नागरिकता दिन समयसीमा नराखिएको भन्दै सडकमा समेत विरोध भइरहेको छ ।

नागरिकताका विषयमा अनेक तर्क आइरहेका बेला राष्ट्रपतिबाटै असन्तुष्टि आएपछि विरोधीहरू थप उत्साही भएका थिए । अहिले पनि राष्ट्रपति भण्डारी एमालेसहित विरोधी स्वर सुनिरहेकाले विधेयक प्रमाणीकरण गरेर जारी गर्ने वा पुनर्विचारका लागि फिर्ता पठाएर विरोधी स्वरको प्रतिनिधित्व गर्ने भन्ने विषयको निर्णयमा पुग्न ढिला गरिरहेकी छन् ।

सिफारिस

निजी विद्यालयको नाम नेपालीमै राख्न बालेनको एक महिने ‘अल्टिमेटम’

काठमाडौं - काठमाडौं महानगरपालिकाले निजी विद्यालयको नाम नेपालीकरण गर्न एक महिनाको समय दिएको छ । बिहीबार सूचना जारी गरी महानगरले नेपालीमा नाम राख्न निजी...

प्रहरीका सादा पोशाकमा जनशक्ति परिचालन नगर्न निर्देशन

काठमाडौँ – नेपाल प्रहरीले सादा पोशाकमा जनशक्ति परिचालन नगर्न मातहतका निकायलाई निर्देशन दिएको छ। सादा पोशाकमा परिचालन हुने (घुमुवा) प्रहरी गैरव्यावसायिक क्रियाकलापमा संलग्न हुने गरेको...

एसएसपी अधिकारी डीआईजीमा बढुवा सिफारिस

सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) दिपक अधिकारी सशस्त्र प्रहरीको नायव महानिरीक्षक (डीआईजी)मा बढुवा सिफारिस भएका छन्। गृहमन्त्रालयको बढुवा समितिको सचिवालयले सूचना जारी गर्दै अधिकारीलाई शसस्त्र...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

प्रहरीका सादा पोशाकमा जनशक्ति परिचालन नगर्न निर्देशन

काठमाडौँ – नेपाल प्रहरीले सादा पोशाकमा जनशक्ति परिचालन नगर्न...

एसएसपी अधिकारी डीआईजीमा बढुवा सिफारिस

सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) दिपक अधिकारी सशस्त्र प्रहरीको...

मौसम: आइतबारसम्म पानी पर्ने, आज यी स्थानमा हुनेछ वर्षा

हाल नेपालमा स्थानीय वायुको उल्लेख्य प्रभाव रहेका कारण तीन...

बज्रचार्यले लिए पर्यटन मन्त्रीको शपथ

हाम्रो नेपाली पार्टीका सांसद शैलेन्द्रमान बज्रचार्य बागमती प्रदेश सरकारमा...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेको ५ निर्णय

बिहीबार अपरान्ह सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ५ निर्णय...

मिलन लिम्बूले पाए राष्ट्रिय स्वतन्त्र पार्टीबाट इलाम २ को टिकट

राष्ट्रिय स्वतन्त्र पार्टीले वैशाख १५ गते हुन लागेको इलाम...

धेरै पढिएको