फेरि एमाले सरकार आउँछ, फटाहालाई तह लगाउँछ : महेश बस्नेत

नेकपा (एमाले)का नेता एवम् पूर्वमन्त्री महेश बस्नेतले मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि आफ्नो पार्टी सरकारमा आउने दाबी गरेका छन्।

शुक्रबार भक्तपुरमा आयोजित पार्टी निकट राष्ट्रिय युवा संघ,नेपाल बागमती प्रदेश स्तरीय निर्वाचन परिचालन भेलामा बोल्दै नेता बस्नेतले यस्तो दाबी गरेका हुन्।

उनले एमाले फुटाउने कर्ममा लागेका फटाहा र अपराधकर्ममा लिप्त रहेका तत्कालीन अर्थमन्त्री जनार्दन शर्मालाई सफाइ दिई फेरि फर्काउने अभियानमा संलग्नलाई आफ्नो पार्टीको सरकार बनेपछि तह लगाउने चेतावनी समेत दिए।

नेता बस्नेतले आगामी निर्वाचनमा आफ्नो पार्टीलाई विजयी गराउन सकेसम्म सर्वसम्मत उम्मेदवार चयन गर्ने बताए।टोलटोलमा पार्टीको संगठन परिचालनलाई तीव्रता दिने योजना बनाइएको पनि उनले बताए।

‘मंसीर ४ गते पछाडि एमाले फेरि सरकारमा आउँदैछ। त्यतिखेर अपराधी र फटाहाहरुलाई एमालेले तह लगाउनेछ’, उनले भने, ‘एमालेले आगामी निर्वाचन जित्न टोलटोलमा संगठन निर्माण र सकेसम्म सर्वसम्मत उम्मेदवार बनाउन लागेको छ।’

उनले एमाले फुटाउन र अर्थ मन्त्रालयका सिसीटिभी फुटेज लुकाउन लाग्नेलाई नछाड्ने पनि बताए।

‘गृह मन्त्रालय पनि लुकाउन लाग्छ। छानविन आयोग सफाई आयोगमा परिणत हुन्। अनि सफाई दिएर जनार्दन शर्मालाई फेरी अर्थमन्त्री बनाइन्छ। किन एमाले विरुद्ध गठबन्धन? एमालेले विकास गर्छ’, उनले भने,’यो धर्तीमा विकास गर्नु हुन्न। त्यही भएर गठबन्धन। एमाले राष्ट्रियताको पक्षमा छ। यो धर्तीमा राष्ट्रियता समाप्त पार्नुपर्छ, त्यही भएर गठबन्धन। एमाले जनताको जीविकाको पक्षमा छ। गठबन्धन भ्रष्टाचारलाई प्रश्रय दिन्छ।’

सिफारिस

विश्वकप फाइनलमा हारपछि भावुक बने मेस्सी

काठमाडौं । फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनसँग अतिरिक्त समयमा १–० ले पराजित भएपछि अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी भावुक बनेका छन् । उपविजेताको पदक...

अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले जित्यो विश्वकपको उपाधि

काठमाडौं - स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ । न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा भएको फाइनलमा अर्जेन्टिनालाई १–० ले पराजित गर्दै...

शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा अब ई–टिकेटिङ 

काठमाडौं । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्यटक प्रवेश व्यवस्थालाई प्रविधिमैत्री, सहज र पारदर्शी बनाउने उद्देश्यले ई–टिकेटिङ सेवाको सफल परीक्षण सुरु गरिएको छ । कृषि, वन तथा...

भर्खरै

अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले जित्यो विश्वकपको उपाधि

काठमाडौं - स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै फिफा विश्वकप २०२६...

शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा अब ई–टिकेटिङ 

काठमाडौं । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्यटक प्रवेश व्यवस्थालाई प्रविधिमैत्री,...

कुहिरोले ढाकिएको धुलिखेल र आसपासको दृश्य (तस्वीरहरू)

धुलिखेल - काभ्रेपलाञ्चोकको धुलिखेल क्षेत्रमा वर्षा रोकिएपछि बाक्लो बादल...

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय...

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

धेरै पढिएको