केपी ओलीको गृह जिल्लामा राप्रपाले तोड्यो गठबन्धन

गत स्थानीय निर्वाचनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमकमा एमाले पराजित बनेको थियो। त्यहाँको मेयरमा राप्रपाका राम थापा विजयी बनेका थिए भने उपमेयरमा कांग्रेसकी रेगिना भट्टराईले जितेकी थिइन्।

केपी ओलीको बलियो प्रभाव क्षेत्र रहेको दमकमा एमाले हार्नुको कारण थियो राप्रपा–कांग्रेस–माओवादीबीचको गठबन्धन। एमालेविरुद्ध बनेको गठबन्धनका कारण राप्रपाका उम्मेदवार थापाले १७ हजार ५२५ मत पाए भने एमालेकी गीता पौडेल अधिकारीले १६ हजार ९६६ मत पाइन्। दमकमा प्रायः तेस्रो स्थानमा खुम्चिने गरेको कांग्रेसले राप्रपा र माओवादीको समेत भोटले उपमेयर हात पार्न सफल भयो।

तर, बैशाखको स्थानीय चुनावमा बनेको कांग्रेस–राप्रपा–माओवादी गठबन्धन भत्काउन एमाले अध्यक्ष ओली सफल भएका छन्। झापा जिल्लाभरि नै राप्रपा र एमालेबीच चुनावी तालमेल हुने भएको छ। ०७४ सालमा क्षेत्र नम्बर ३ बाट राजेन्दै लिङदेनले १ सिटमा एमालेको साथ पाएका थिए भने अब एउटा संघमा र दुईवटा प्रदेशमा एमालेले राप्रपालाई साथ दिने भएको छ।

एमाले–राप्रपा तालमेल कार्यान्वयनमा आयो भने अब प्रदेश १ को प्रदेशसभामा झापाबाट राप्रपाले दुई सिट जित्ने सम्भावना बढेको राप्रपा नेताहरु बताउँछन्। राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले पनि एमालेसँग झापा ३ मा तालमेल गरेर आफ्नो सिटको सुरक्षा गर्ने प्रयास गरेका छन्।

०७४ को चुनावमा झापा क्षेत्र नम्बर ३ बाट राप्रपाका राजेन्द्र लिङदेनले एमाले र माओवादीको समेत भोट पाएर ४४ हजार ६१४ मत बटुलेका थिए। कांग्रेसका कृष्णप्रसाद सिटौला ३१ हजार १७१ मतमा खुम्चिएका थिए। यसपटकको चुनावमा सिटौलाले माओवादीको साथ पाउनेछन् भने लिङदेनलाई एमालेको मात्र साथ रहनेछ।

झापा राप्रपाको राम्रो मताधार भएको जिल्ला हो। यसमध्ये पनि क्षेत्र नम्बर ३ र क्षेत्र नम्बर ५ मा राम्रपाको राम्रो मताधार छ। यही मताधार देखेर एमाले अध्यक्ष ओलीले ०७४ सालमा क्षेत्र नम्बर ३ मा राप्रपालाई सघाएर क्षेत्र नम्बर ५ बाट राप्रपाको भोट आफूले लिएका थिए। र, जिल्लाभरि नै राप्रपा कार्यकर्ताले एमालेलाई सघाएउका थिए।

आगामी मंसिर ४ को चुनावमा पनि झापा जिल्लामा एमाले–राप्रपा गठबन्धन कसिएको छ। यससँगै गत स्थानीय चुनावमा ओलीको गृहनगरमा बनेको राप्रपा–कांग्रेस–माओवादी गठबन्धन ७ महिना पनि नपुग्दै भत्किएको छ।

र, एमाले–राप्रपा गठबन्धन बनेसँगै झापाबाट चुनाब लड्न आँटेका कांग्रेसका ठूला नेताहरु कृष्णप्रसाद सिटौला र महामन्त्री विश्वप्रकाश शर्मालाई चुनौती थपिएको छ।

सिफारिस

पनौतीमा धान गोडमेलको चटारो (तस्वीरहरू)

काभ्रे - काभ्रेपलाञ्चोकको पनौती क्षेत्रमा यतिबेला किसानहरू धान गोडमेलमा व्यस्त छन्। धानबाली राम्रोसँग हुर्कियोस् र उत्पादन बढोस् भन्ने उद्देश्यले खेतमा उम्रिएको झार उखेल्ने तथा...

नेपाल मेडिसिटी र ललितपुर चेम्बर अफ कमर्सबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौं – नेपाल मेडिसिटी हस्पिटल र ललितपुर चेम्बर अफ कमर्स (एलसीसी) बीच एलसीसीका पदाधिकारी, सदस्य, कर्मचारी तथा उनीहरूका प्रत्यक्ष आश्रितलाई सहुलियतपूर्ण स्वास्थ्य सेवा उपलब्ध...

जलन हुनासाथ के गर्ने ? यस्ता छन् ध्यान दिनुपर्ने कुराहरू

काठमाडौं - इन्टरबर्न नेपालका रिजनल अपरेसन म्यानेजर डा. अनिल धितालका अनुसार जलन भएपछि तत्काल अपनाइने प्राथमिक उपचारले बिरामीको अवस्था थप जटिल हुनबाट जोगाउन महत्वपूर्ण...

भर्खरै

नेपाल मेडिसिटी र ललितपुर चेम्बर अफ कमर्सबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौं – नेपाल मेडिसिटी हस्पिटल र ललितपुर चेम्बर अफ...

जलन हुनासाथ के गर्ने ? यस्ता छन् ध्यान दिनुपर्ने कुराहरू

काठमाडौं - इन्टरबर्न नेपालका रिजनल अपरेसन म्यानेजर डा. अनिल...

किन बचेनन् गणेश नेपाली ? 

काठमाडौं । जलनका घटना नेपालमा पछिल्लो समय गम्भीर स्वास्थ्य...

गीग तथा प्लाटफर्म श्रमिकको यस्ता छन् १० बुँदे माग

काठमाडौं — नेपालभरका गीग तथा प्लाटफर्म आधारित श्रमिकहरूको प्रतिनिधित्व...

सडक नियम पालना गरे जरिवाना आफैँ घट्छ : एसएसपी काफ्ले

काठमाडौं । काठमाडौं उपत्यकामा बढ्दो सवारी चापलाई व्यवस्थित गर्न...

एनपीएलका लागि अक्सन सुरु (तस्बिरहरु)

नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि खेलाडी अक्सन...

धेरै पढिएको