प्रचण्ड आफ्नो क्षेत्रबाट निर्वाचन लड्ने भएपछि बाबुरामले दिए यस्तो प्रतिक्रिया

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यसपालि आफ्नो निर्वाचन क्षेत्र गोरखा–२ बाट चुनाव लड्ने भएपछि नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई खुसी भएका छन्।

डा. भट्टराईकै प्रस्तावमा प्रचण्ड अन्तिम समयमा गृहजिल्ला चितवन–३ छाडेर गोरखा–२ बाट प्रतिनिधि सभा सदस्य निर्वाचन लड्न तयार भएका हुन्। माओवादी केन्द्रले अध्यक्ष प्रचण्डलाई आगामी मंसिर ४ गते हुने प्रतिनिधि सदस्य निर्वाचनमा गोरखा–२ बाट उठाउने निर्णय गरिसकेको छ।

उक्त निर्णयको स्वागत गर्दै पूर्वप्रधानमन्त्री डा. भट्टराईले प्रचण्डलाई शानदार विजयका लागि शुभकामना पनि दिएका छन्। बाबुराम भट्टराई भने यसपालि प्रतिनिधि सभा सदस्य निर्वाचन नलड्ने भएका छन्। भट्टराई २०७४ मा गोरखा २ बाट निर्वाचित सांसद हुन्।

‘मैले प्रतिनिधित्व गर्दै आएको गोरखा–२ बाट यसपटक क. पुष्पकमल दाहाल प्रचण्ड प्रत्यासी बन्ने निर्णयको म अन्तरहृदयदेखि स्वागत गर्दछु। वर्तमान नेपाल राज्यको उद्गमथलो लिगलिगकोट समेत रहेको यस क्षेत्रबाट उहाँको उम्मेदवारी निकै ठूलो सांकेतिक महत्त्वको छ’, डा. भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘उहाँको शानदार विजयको हार्दिक शुभकामना!’

सिफारिस

विश्वकप फाइनलमा हारपछि भावुक बने मेस्सी

काठमाडौं । फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनसँग अतिरिक्त समयमा १–० ले पराजित भएपछि अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी भावुक बनेका छन् । उपविजेताको पदक...

अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले जित्यो विश्वकपको उपाधि

काठमाडौं - स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ । न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा भएको फाइनलमा अर्जेन्टिनालाई १–० ले पराजित गर्दै...

शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा अब ई–टिकेटिङ 

काठमाडौं । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्यटक प्रवेश व्यवस्थालाई प्रविधिमैत्री, सहज र पारदर्शी बनाउने उद्देश्यले ई–टिकेटिङ सेवाको सफल परीक्षण सुरु गरिएको छ । कृषि, वन तथा...

भर्खरै

अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले जित्यो विश्वकपको उपाधि

काठमाडौं - स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै फिफा विश्वकप २०२६...

शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा अब ई–टिकेटिङ 

काठमाडौं । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्यटक प्रवेश व्यवस्थालाई प्रविधिमैत्री,...

कुहिरोले ढाकिएको धुलिखेल र आसपासको दृश्य (तस्वीरहरू)

धुलिखेल - काभ्रेपलाञ्चोकको धुलिखेल क्षेत्रमा वर्षा रोकिएपछि बाक्लो बादल...

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय...

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

धेरै पढिएको