काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी अस्पताल भर्ना भएकी छन्। डेंगुको लक्ष्ण देखिएपछि उनी आज विहान ११ बजे महाराजगञ्जस्ति शिक्षण अस्पतालमा भर्ना भएकी हुन्।
शुक्रबार बेलुकादेखि स्वास्थ्यमा समस्या आएकी उनी आज शनिबार अस्पताल पुगेकाे उनका प्रमुख स्वकीय सचिव डा.भेषराज अधिकारीले जानकारी दिए ।
शिक्षण अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीका अनुसार राष्ट्रपति भण्डारीलाई एनेक्स २ को बेड ६०१ मा भर्ना गरिएको छ।
उपचार संलग्न डा. निरज बमले राष्ट्रपति भण्डारीलाई डेंगुको लक्ष्ण देखिएको बताए। ‘तीन चार दिनदेखि ज्वरो आउने, टाउको दुख्ने, वान्ता आउने लक्ष्ण देखिएपछि उहाँ अस्पताल भर्ना हुनुभएको हो
उनले आफूहरु रिपोर्ट कुरिरहेको बताए।
