एमालेका यी ४० नेताले दिए सामूहिक राजीनामा (सूचीसहित)

नेकपा (एमाले) ले अछाम–१ बाट एकल सिफारिसमा परेका नेता भीम रावललाई टिकट नदिएपछि स्थानीय ४० जना नेताले सामूहिक राजीनामा दिएका छन्।

क्षेत्रीय निर्वाचन कमिटी संयोजक प्रकाश शाहसहित ४० जनाले एमाले जिल्ला कमिटी अछामलाई सम्बोधन गर्दै पार्टीबाट सामूहिक राजीनामा दिएका हुन्।

राजीनामा दिनेमा ३१ जिल्ला कमिटी सदस्य र अन्य मुख्य भूमिकामा रहेका ९ सहित ४० जना रहेका छन्। रावलले अछाम १ मा टिकट नपाएपछि त्यसको असर २ मा पनि देखिएको छ।

अछाम जिल्ला कमिटीलाई दिएको राजीनामा पत्रमा उनीहरुले जिल्ला इन्चार्ज झपट बोहराकै प्रमुख आतिथ्यतामा भएको बैठकले सर्वसम्मत रुपमा रावलको एकल नाम सिफारिस गरे पनि केन्द्रले नमानेपछि विद्रोह गर्नुपरेको उल्लेख छ।

केन्द्रले माओवादीबाट आएका झपट बोहोरालाई टिकट दिएपछि नैतिकताका आधारमा पदमा बसिरहन नमिल्ने उनीहरुले उल्लेख गरेका छन्।

रावलको नाम काटेर एमालेले क्षेत्र नं.१ मा सुदूरपश्चिमका पूर्व आर्थिक मामिलामन्त्री झपट बोहरालाई टिकट दिएको छ। त्यसले एमाले अछाममा असन्तुष्टि चुलिएको छ।

सिफारिस

विश्वकप फाइनलमा हारपछि भावुक बने मेस्सी

काठमाडौं । फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनसँग अतिरिक्त समयमा १–० ले पराजित भएपछि अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी भावुक बनेका छन् । उपविजेताको पदक...

अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले जित्यो विश्वकपको उपाधि

काठमाडौं - स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ । न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा भएको फाइनलमा अर्जेन्टिनालाई १–० ले पराजित गर्दै...

शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा अब ई–टिकेटिङ 

काठमाडौं । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्यटक प्रवेश व्यवस्थालाई प्रविधिमैत्री, सहज र पारदर्शी बनाउने उद्देश्यले ई–टिकेटिङ सेवाको सफल परीक्षण सुरु गरिएको छ । कृषि, वन तथा...

भर्खरै

अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले जित्यो विश्वकपको उपाधि

काठमाडौं - स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै फिफा विश्वकप २०२६...

शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा अब ई–टिकेटिङ 

काठमाडौं । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्यटक प्रवेश व्यवस्थालाई प्रविधिमैत्री,...

कुहिरोले ढाकिएको धुलिखेल र आसपासको दृश्य (तस्वीरहरू)

धुलिखेल - काभ्रेपलाञ्चोकको धुलिखेल क्षेत्रमा वर्षा रोकिएपछि बाक्लो बादल...

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय...

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

धेरै पढिएको