अन्तत: बादलले पाए टिकट, कहाँबाट दिए उम्मेदवारी ?

काठमाडौं- काठमाडौं- १० मा नेकपा एमालेले प्रतिनिधि सभातर्फ उपाध्यक्ष रामबहादुर थापा बादललाई उम्मेदवार बनाएको छ।

नेकपा एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बालदलले उक्त क्षेत्रबाट उम्मेदवारी दिने तयारी गरेको बताए। उनले भने, ‘उहाँले उक्त क्षेत्रबाट उम्मेदवारी दर्ता गराउँनुहुन्छ।’

माओवादी केन्द्रबाट एमालेमै बसेका उनी यसअघि चितवन-३ बाट उम्मेदवार बन्ने चर्चा थियो। उनलाई एमालेले राष्ट्रिय सभाका लागिसमेत उम्मेदवार बनाएको थियो तर पराजित भएका थिए।

त्यस्तै, एमाले त्यागेका नेता घनश्याम भुसालको उम्मेदवारीलाई सत्ता गठबन्धनले समर्थन गर्ने भएको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मध्यरातमा फोनमार्फत यस्तो प्रतिबद्धता जनाएको भुसालले बताए।

एमाले त्यागेपछि आफुलाई माओवादीको चुनाव चिन्हबाट लड्न प्रस्ताव आएपनि नैतिक प्रश्न उठ्ने भन्दै आफुले अस्वीकार गरेको उनको भनाइ छ।

आफुले स्वतन्त्र उम्मेदवारी दिने र त्यसमा गठबन्धनले समर्थन गर्ने वातावरण बनाउन प्रचण्डसँग आग्रह गरेको भुसालले बताए।

आफ्नो आग्रहमा सकरात्मक हुँदै प्रचण्डले सत्ता गठबन्धनले समर्थन गर्ने प्रतिवद्धता जनाएको उनको भनाइ छ। ‘रूपन्देही १ माओवादीको भागमा परेको थियो। त्यस हिसाबले मैले माओवादीसँगै कुरा गर्नुपर्थ्यो। माओवादीको चुनाव चिन्हबाट चुनाव लड्दा नैतिक प्रश्न उठ्थ्यो। त्यसैले स्वतन्त्र उम्मेदवारी दिएर मैले प्रचण्डमार्फत गठबन्धनको समर्थन मागेको हुँ,’उनले भने।

आफुले गरेको आग्रहलाई स्वीकार गर्दै प्रचण्डले शनिबार राति फोन गरेर प्रतिबद्धता जनाएको उनले बताए।‘ मेरो स्वतन्त्र उम्मेदवारीलाई समर्थन गर्नुस भनेर प्रचण्डलाई भनेको थिए।उहाँले म सल्लाह गर्छु भन्नुभएको थियो।राती साढे १२ बजे प्रचण्डले फोन गरेर मैले गठबन्धनमा कुरा गरे हाम्रो समर्थन रहन्छ भन्नुभयो,’ उनले भने।

भुसालले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत एमाले त्यागेको घोषणा गरेको थियो।

सिफारिस

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक महत्वपूर्ण उपलब्धिमा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ विश्वकै प्रतिष्ठित युवा फुटबल प्रतियोगिता डाना कप (DANA...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४ वर्ष कैद सजाय पाएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी करिब १० महिनापछि जेलमुक्त हुने भएका छन्। रायमाझी २०८०...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय निर्धारण गरिएको छ । आज मंगलबार जिल्ला अदालत...

भर्खरै

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका...

लाखेननीमा १०८ भैरव तथा पञ्चकुमारी पूजा (तस्वीरहरू)

काठमाडौं- काठमाडौं महानगरपालिका–२० स्थित लाखेननी चोकमा आयोजित १०८ भैरव,...

आज देशभरका सरकारी कार्यालयमा झन्डा आधा झुकाइने

कतारका पूर्वअमिर शेख हमिद बिन खालिफा अल थानीको मृत्युको...

पनौतीमा धान गोडमेलको चटारो (तस्वीरहरू)

काभ्रे - काभ्रेपलाञ्चोकको पनौती क्षेत्रमा यतिबेला किसानहरू धान गोडमेलमा...

नेपाल मेडिसिटी र ललितपुर चेम्बर अफ कमर्सबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौं – नेपाल मेडिसिटी हस्पिटल र ललितपुर चेम्बर अफ...

धेरै पढिएको