राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले गराए उम्मेदवारी दर्ता, उनलाई क-कसले दिए साथ ?

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधि सभा सदस्यका लागि झापा–३ बाट उम्मेदवारी दर्ता गराएका छन्। अध्यक्ष लिङ्देन आफैं निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएको राप्रपा नेता मोहन श्रेष्ठले जानकारी दिए।

अध्यक्ष लिङ्देनको प्रस्तावक माधव पोखरेल र समर्थकमा एमालेका लक्ष्मण पाठक बसेका छन्। सत्ता गठबन्धनबाट कृष्ण सिटौलाले उम्मेदवारी दिएका छन्। अघिल्लो निर्वाचनमा लिङ्देनसँग सिटौला पराजित भएका थिए।

प्रदेश सभातर्फ एमालेले दुवै निर्वाचन क्षेत्रमा राप्रपाको समर्थनमा उम्मेदवारी दिएको छ। प्रदेश ‘क’ मा बसन्त बानियाँ र ‘ख’ मा छविलाल चुडालले उम्मेदवारी दर्ता गएका छन्।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले एमालेसँग तालमेल गरेर झापा– ३ मा आफ्ना लागि र बाँके– २ महामन्त्री धबल शमशेर राणाका लागि सुरक्षित गर्ने प्रयास गरे पनि चितवन– ३ मा पाण्डेका लागि एमालेको समर्थन जुटाउन सकेनन्।

पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीजस्ता पूर्वअध्यक्षहरु समानुपातिकतर्फको बन्दसूचीमा समेटिएपछि एमाले–राप्रपाबीचको तालमेल अरु सुगम हुने ठानिएको थियो। यी दुई पूर्वअध्यक्ष समानुपातिक सूचीमा समेटिएपछि राप्रपालाई नुवाकोट र सिन्धुपाल्चोकका सिट दिनुपर्ने झण्झटबाट एमाले मुक्त भइसकेको थियो।

पूर्व अध्यक्षद्वय समानुपातिक सूचीमा समेटिएपछि अध्यक्ष लिङ्देन, महामन्त्री राणाका अलावा बरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ्ग (धादिङ्ग–१) र बिक्रम पाण्डे (चितवन–३), उपाध्यक्ष दीपक बोहोरा (रुपन्देही–३), विवेकशील साझा छाडी राप्रपामा गएका उपाध्यक्ष रवीन्द्र मिश्र (काठमाडौँ–१), प्रवक्ता ज्ञानेन्द्र शाही (जुम्ला), रेखा थापा (मोरङ्ग–३) मा एमालेले सहयोग गर्छ भन्ने राप्रपा नेता–कार्यकर्ताहरुको अपेक्षा थियो।

राप्रपाले पनि यिनै क्षेत्र सुरक्षित हुने गरी एमालेसँग वार्ता गर्दै आएको थियो। तर, पहिले राजनीतिक बृत्तमा चर्चा र राप्रपापंक्तिले अपेक्षा गरेजस्तो एमाले न काठमाडौँ– १ मा राप्रपा उम्मेदवार मिश्रलाई छाड्न राजी भयो, न त धादिङ्ग– १ तामाङ्गका लागि नै।

प्रवक्ता शाहीका लागि जुम्ला र अभिनेत्री थापाका लागि मोरङ्ग– ३ छाड्ला भन्ने अपेक्षा त त्यति थिएन। तर, प्रचण्डको मेख मार्नकै लागि भएपनि पाण्डेका लागि चितवन– ३ छाड्ला भन्ने धेरैको अनुमान थियो।

तर, यो अनुमान अब फेल खाने स्थिति सिर्जना भएको छ। भलै चितवन– ३ का लागि एमालेले उम्मेदवार तय गरिसकेको छैन। तर, प्रचण्डले सो निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा नगर्ने भएपछि राप्रपाका पाण्डेकै लागि भनेर एमालेले सो क्षेत्र छाड्ने सम्भावना कम देखिएको छ।

राप्रपाको गत मंसिर (२०७८) मा सम्पन्न महाधिवेशनमा कमल थापालाई अध्यक्षमा पराजित गर्न साथ लिएका धबल शमशेर राणा (राप्रपा महामन्त्री) र आफ्ना लागिमात्र एमालेको सहयोग प्राप्त गर्न अध्यक्ष लिङ्देन सफल भएका छन्।

हुन त, राप्रपा उपाध्यक्ष दीपक बोहोराले पनि रुपन्देही– ३ मा एमालेको साथ पाउने भएका छन्। तर बोहोराले एमालेको साथ पाउनुमा अध्यक्ष लिङ्देनको प्रयास भन्दा एमालेभित्रको आन्तरिक समीकरण र गुटबन्दीको ज्यादा भूमिका रहेको जानकारहरु बताउँछन्।

२०७४ को निर्वाचनमा सो क्षेत्रमा राप्रपा–कांग्रेस गठबन्धनबाट उम्मेदवार बनेका राप्रपा नेता बोहोरालाई पराजित गर्दै एमालेका घनश्याम भुसालले विजय हासिल गरेका थिए। तर, विभाजनका बेला एमालेमै रहेपनि निरन्तर आफ्नो आलोचना गरिरहेका भुसाललाई टिकट दिने मुडमा यसपटक अध्यक्ष ओली थिएनन्।

आफ्ना प्रखर आलोचक भुसाललाई टिकट नदिने बहाना अध्यक्ष ओलीका लागि राप्रपासँगको तालमेल बन्न पुग्यो। भुसाललाई पन्छाउन उनले रुपन्देही– ३ राप्रपाको पोल्टामा पारिदिए।

यदि भुसाललाई रोक्नकै लागि सो क्षेत्र राप्रपालाई दिइएको होइन भने चितवन– ३ र धादिङ– १ पनि राप्रपाले नपाउनुपर्ने कारण थिएन। किनभने, रुपन्देही– ३ को तुलनामा चितवन– ३ र धादिङ्ग– १ मा राप्रपा एकातिर सबल स्थितिमा छ, अर्काेतिर राप्रपाको बरियतामा बोहोरा भन्दा तामाङ्ग र पाण्डे अगाडि छन्।

कमल थापा अध्यक्ष रहेका बेला २०७४ को निर्वाचनमा प्रदेश– १ बाहेक अन्यत्र कांग्रेस–राप्रपाबीच तालमेल भएको थियो। त्यसक्रममा राप्रपाले कांग्रेसबाट सुनिलबहादुर थापा (धनकुटा), कमल थापा (मकवानपुर–१), बिक्रम पाण्डे (चितवन–३), बुद्धिमान तामाङ्ग (धादिङ–१), पशुपति शमशेर जबरा (सिन्धुपाल्चोक– २), बिक्रमबहादुर थापा (काठमाडौँ–७), दीपक बोहोरा (रुपन्देही–३) लगायतका नेताका लागि निर्वाचन क्षेत्र प्राप्त गरेको थियो।

सिफारिस

३ वर्षभित्रै जिम्मेवारी हस्तान्तरण गर्छु : मन्त्री महावीर पुन

काठमाडौँ - नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन ले आफ्नो कार्यकालको समयसीमा आफैं तोकेका छन्। मंगलबार मात्रै मन्त्री नियुक्त भएका उनले आफू मन्त्रालयमा...

रवि लामिछानेलाई अर्को राहत : कास्कीपछि पर्साले गर्‍यो संगठित अपराधको मुद्दा खारेज

वीरगञ्ज । पर्सा जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्ध लगाइएको संगठित अपराधको अभियोग हटाउन अनुमति दिएको छ।सानो पाइला सहकारीको बचत रकम...

मन्त्रीहरूलाई बाँडियो डीडीसीका चिजदेखि मोहीसम्म

काठमाडौँ– स्वदेशी उत्पादनको प्रवर्द्धन तथा दुग्ध क्षेत्रको सुदृढीकरणका लागि सरकारले विशेष चासो देखाएको छ। मन्त्रिपरिषद्को आजको बैठकमा सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डीडीसी)...

भर्खरै

रवि लामिछानेलाई अर्को राहत : कास्कीपछि पर्साले गर्‍यो संगठित अपराधको मुद्दा खारेज

वीरगञ्ज । पर्सा जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

मन्त्रीहरूलाई बाँडियो डीडीसीका चिजदेखि मोहीसम्म

काठमाडौँ– स्वदेशी उत्पादनको प्रवर्द्धन तथा दुग्ध क्षेत्रको सुदृढीकरणका लागि...

महिलाले धानेको कृषि क्षेत्र

विभिन्न समयकालमा देशका विभिन्न क्षेत्रमा गरिएका अध्ययन–अनुसन्धानबाट प्राप्त तथ्यांकले...

महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्ने

काठमाडौं — सांसद महावीर पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन...

विशाल भण्डारीलाई सरकारले दियो रेडक्रस हाँक्ने जिम्मा

काठमाडौँ - सरकारले नेपाल रेडक्रस सोसाइटीमा नौ सदस्यीय तदर्थ...

सुधन गुरुङ पुनः गृहमन्त्री बन्दै, आज दिउँसो ३ बजे शपथ

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद एवं पूर्वगृहमन्त्री...

धेरै पढिएको