कांग्रेसले अन्तिम समयमा अर्थविद् डा. स्वर्णिम वाग्लेलाई किन दिएन टिकट ?

अर्थविद् डा. स्वर्णिम वाग्ले आसन्न निर्वाचनमा प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्नबाट वञ्चित भएका छन्। उनले नेपाली कांग्रेसबाट उम्मेदवार बन्ने प्रयास गरेका थिए।

उम्मेदवार चयन प्रक्रियामा डा. वाग्ले चितवन–१ बाट सिफारिस भएका थिए। सत्ता गठबन्धनले उक्त क्षेत्रबाट अर्का अर्थविद् डा. विश्वनाथ पौडेललाई उम्मेदवार बनाएको छ।

वाग्लेले चितवन–१ सँगै काठमाडौं–५ बाट पनि उम्मेदवार बन्ने चाहना राखेका थिए। सत्ता गठबन्धनले काठमाडौं–५ बाट युवा नेता प्रदीप पौडेललाई उम्मेदवार बनाएको छ।

कांग्रेसको संस्थापनइतर समूहनिकट वाग्लेले विगतमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पद सम्हालिसकेका छन्।

आफनो क्षेत्र स्वर्णिमलाई छोडेर सर्लाही जाने तयारी गरेका गगन थापा पनि काठमाण्डौं ४ मै फिक्स भएका छन्। वाग्लेले टिकट नपाउनुमा उनको अहमता प्रमुख कारण भएको बताईन्छ। उनीसँग नेतादेखि कार्यकर्तासम्म असन्तुष्ट थिए।

वाग्लेले आफुलाई विज्ञको रुपमा प्रस्तुत गर्ने र नेताकार्यकर्तालाई असभ्य ब्यवहार गर्ने गरेको गुनासो ब्याप्त छ। उनले पार्टी नेतृत्वमा रहेका नेताहरु समेतलाई हेपेर कुरा गर्ने, आफुनै जान्ने र अरु चाही केही नवुझेका झै ब्यपहार गर्ने, नेताहरुलाई ओझेलमा पार्ने खालका गतिविधि गर्ने गरेको गुनासो छ।

अर्कोतर्फ वाग्लेसँग राजनीतिक अनुभव नभएका कारण कांग्रेसले जित्दै आएको क्षेत्र पनि उनकै कारण गुमाउनु पर्ने खतरा वढेपछि उनलाई टिकट नदिने निर्णय भएको कांग्रेस नेताहरु बताउँछन्।

वाग्ले निर्वाचन लड्ने तयारीकै लागि यूएनडीपी एसिया प्यासिफिकको प्रमुख आर्थिक सल्लाहकारबाट राजीनामा दिएर आएका हुन।

सिफारिस

विश्वकप फाइनलमा हारपछि भावुक बने मेस्सी

काठमाडौं । फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनसँग अतिरिक्त समयमा १–० ले पराजित भएपछि अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी भावुक बनेका छन् । उपविजेताको पदक...

अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले जित्यो विश्वकपको उपाधि

काठमाडौं - स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ । न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा भएको फाइनलमा अर्जेन्टिनालाई १–० ले पराजित गर्दै...

शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा अब ई–टिकेटिङ 

काठमाडौं । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्यटक प्रवेश व्यवस्थालाई प्रविधिमैत्री, सहज र पारदर्शी बनाउने उद्देश्यले ई–टिकेटिङ सेवाको सफल परीक्षण सुरु गरिएको छ । कृषि, वन तथा...

भर्खरै

अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले जित्यो विश्वकपको उपाधि

काठमाडौं - स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै फिफा विश्वकप २०२६...

शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा अब ई–टिकेटिङ 

काठमाडौं । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्यटक प्रवेश व्यवस्थालाई प्रविधिमैत्री,...

कुहिरोले ढाकिएको धुलिखेल र आसपासको दृश्य (तस्वीरहरू)

धुलिखेल - काभ्रेपलाञ्चोकको धुलिखेल क्षेत्रमा वर्षा रोकिएपछि बाक्लो बादल...

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय...

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

धेरै पढिएको