एमाले नेता प्रभु साहले किन दर्ता गरे स्वतन्त्र उम्मेदवारी ?

नेकपा एमालेका नेता प्रभु साहले रौतहट निर्वाचन क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। एमालेबाट उनले टिकट पाए पनि सो क्षेत्रबाट पूर्वमन्त्री साहले स्वतन्त्र उम्मेदवारी दिएका हुन्।

साहले आफूसँगै पार्टी प्रवेश गरेका अन्य नेताहरूलाई पार्टीले मूल्यांकन नगरेको भन्दै असन्तुष्टि जनाउँदै स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन्।

स्वतन्त्र उम्मेदवार दिएर आफूले ठूलो जोखिम लिए पनि आफूले जनताले चाहेको गर्न लागेको बताए।

‘जायज कामका लागि स्वतन्त्र उम्मेदवारी दिएर मैले ठूलो जोखिम मोलेको छु’, उम्मेदवारी दिने क्रममा उनले भने, ‘जनताले के चाहेका छन् भनेर हामीले टेस्ट गर्न चाहेका छौँ। रौतहटको तागत के हो चुनावमै थाहा हुन्छ।’

उनले आफूलाई सत्ताका लागि मरिहत्ते गर्ने पार्टीको टिकट नचाहिने बताए। ‘मलाई सत्ताका लागि केही गर्न तयार हुने पार्टीको टिकट चाहिएन, उनले भने, ‘पार्टीले दिएको टिकट यहीँ राखेको छौं। हामीले एक भएर स्वतन्त्र उम्मेदवारी दियौँ।’

जसपाबाट एमालेमा आएका किरण साह, लोसपाबाट आएका अजय गुप्ता र कांग्रेस छाडेर आएका राजेश चौधरीले टिकट नपाएपछि साहले स्वतन्त्र उम्मेदवारी दिएका हुन्।

२०७४ सालको निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित भएका साह नेकपा विभाजनपछि एमालेमा बसेका थिए।

सिफारिस

नेपाली सेनाको हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम सम्पन्न

काठमाडौं — नेपाली सेनाले सैनिक अधिकारीहरूका लागि सञ्चालन गरेको सि.सं. १४ हायर कमाण्ड तथा म्यानेजमेन्ट (Higher Command and Management Course) तालिम सम्पन्न गरेको छ।...

सरकारले फिर्ता गर्यो शिक्षा र स्वास्थ्यमा लगाइएको ३% कर

काठमाडौं - सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाउने घोषणा गरेको ३ प्रतिशत ‘शिक्षा तथा स्वास्थ्य समता कर’ तत्कालका लागि लागू नगर्ने निर्णय गरेको...

विश्वकप फाइनलमा हारपछि भावुक बने मेस्सी

काठमाडौं । फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनसँग अतिरिक्त समयमा १–० ले पराजित भएपछि अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी भावुक बनेका छन् । उपविजेताको पदक...

भर्खरै

सरकारले फिर्ता गर्यो शिक्षा र स्वास्थ्यमा लगाइएको ३% कर

काठमाडौं - सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाउने...

विश्वकप फाइनलमा हारपछि भावुक बने मेस्सी

काठमाडौं । फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनसँग अतिरिक्त...

अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले जित्यो विश्वकपको उपाधि

काठमाडौं - स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै फिफा विश्वकप २०२६...

शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा अब ई–टिकेटिङ 

काठमाडौं । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्यटक प्रवेश व्यवस्थालाई प्रविधिमैत्री,...

कुहिरोले ढाकिएको धुलिखेल र आसपासको दृश्य (तस्वीरहरू)

धुलिखेल - काभ्रेपलाञ्चोकको धुलिखेल क्षेत्रमा वर्षा रोकिएपछि बाक्लो बादल...

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय...

धेरै पढिएको