एमालेले टिकट नदिएपछि करिश्मा मानन्धरको आयो यस्तो पोस्ट

‘विद्रोह नगर्ने स्वभाव रह्यो
नगर्दा पनि भगवानले सबै दिए
तर आज महसुस हुँदैछ
बन्द कोठामा बस्नुभन्दा बाहिर निस्केर श्वास फेर्नु राम्रो’

अभिनेत्री तथा एमाले नेतृ करिश्मा मानन्धरको यो फेसबुक पोस्ट यस्तो समयमा आएको छ जतिबेला उनकै दल एमालेभित्र चुनावको टिकट वितरणमा असन्तुष्टि सिर्जना भएका खबर आइरहेका छन् । समय र सन्दर्भका हिसाबले करिश्माको उक्त पोस्ट त्यसतर्फ लक्षित रहेको बुझ्न कठिन छैन ।

करिश्माको उक्त पोस्टमा अर्की अभिनेत्री सञ्चिता लुइँटेलको लभ रियाक्ट छ । अन्य प्रयोगकर्ताले कमेन्टमार्फत टिकट नपाएको गुनासोको सन्दर्भसँग करिश्माको स्टाटसलाई जोडेका छन् ।

करिश्माको तस्वीर छनोट पनि गज्जबको छ । हातमा वाइन ग्लास लिएको एक पुरानो खुलेको तस्वीरले सांकेतिक रुपमा उन्मुक्तताको सन्देश दिन्छ ।

करिश्माले आफू मतदाता रहेको ललितपुर क्षेत्र नम्बर *१ का एमाले उम्मेदवार नवराज सिलवालको तस्वीर पनि पोस्ट गरेकी छन् । आशिका तामाङ नामक एक प्रयोगकर्ताले करिश्माको टाइमलाइनमा लेखेकी छन्, ‘स्वतन्त्रबाट उठ्नुपर्‍यो ।’

आफ्नै टाइमलाइनमा पोस्ट भएको स्वतन्त्रबाट उठ्नुपर्‍यो भन्ने स्टाटसलाई करिश्माले लाइक हानेकी छन् । सम्भवतः करिश्मालाई एमालेले समानुपातिकबाट उठाउने अपेक्षा गरिएको थियो ।

मनोनयन दर्ता गर्ने दिन बिहान सारीमा सजिएकी करिश्माको अर्को पोस्ट छ, ‘म जनताको मात्र मान्छे हुँ । म करिश्मा मानन्धर भनेर चिनारी दिने नेकपा एमालेलाई धन्यवाद, अब सुरुवात हो ।’

जे होस्, एमालेको टिकट वितरणमा करिश्माको असन्तुष्टि बुझ्न कठिन छैन ।

सिफारिस

विश्वकप फाइनलमा हारपछि भावुक बने मेस्सी

काठमाडौं । फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनसँग अतिरिक्त समयमा १–० ले पराजित भएपछि अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी भावुक बनेका छन् । उपविजेताको पदक...

अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले जित्यो विश्वकपको उपाधि

काठमाडौं - स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ । न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा भएको फाइनलमा अर्जेन्टिनालाई १–० ले पराजित गर्दै...

शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा अब ई–टिकेटिङ 

काठमाडौं । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्यटक प्रवेश व्यवस्थालाई प्रविधिमैत्री, सहज र पारदर्शी बनाउने उद्देश्यले ई–टिकेटिङ सेवाको सफल परीक्षण सुरु गरिएको छ । कृषि, वन तथा...

भर्खरै

अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले जित्यो विश्वकपको उपाधि

काठमाडौं - स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै फिफा विश्वकप २०२६...

शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा अब ई–टिकेटिङ 

काठमाडौं । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्यटक प्रवेश व्यवस्थालाई प्रविधिमैत्री,...

कुहिरोले ढाकिएको धुलिखेल र आसपासको दृश्य (तस्वीरहरू)

धुलिखेल - काभ्रेपलाञ्चोकको धुलिखेल क्षेत्रमा वर्षा रोकिएपछि बाक्लो बादल...

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय...

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

धेरै पढिएको