भीम रावलले ओलीलाई सोधे कडा प्रश्न

काठमाडौं– नेकपा एमालेका नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै ‘संदिग्ध’ मानिस हुर्काउन भूमिका खेलेको आरोप लगाएका छन्।

तत्कालीन एमाले नेता प्रभु साहले मंसिर ४ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि पार्टीको निर्णयविपरीत स्वतन्त्र उम्मेदवारी दिएपछि रावलले अध्यक्ष ओलीले ‘संदिग्ध’ व्यक्तिलाई हुर्काएको बताएका हुन्।

साहले विद्रोह गरेपछि ओलीले पहिलेदेखि नै ‘संदिग्ध चरित्र’ भन्ने अभिव्यक्ति दिएको रावलले बताएका छन्।

‘प्रभु साहको ‘विद्रोह’बारे निज पहिलेदेखि संदिग्ध चरित्रको भन्ने अध्यक्ष केपीको भनाइ सुनियो। हरियो सर्प भनेको पनि आयो। संदिग्ध र हरियो सर्पलाई माथि चढाउन जिम्मेवार को र आज अनेकौं संदिग्ध र रंगिविरंगी सर्प किन हुर्काइँदैछ भन्ने पनि स्पष्ट गर्ने कि?,’ रावलले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्।

रावलाई अध्यक्ष ओलीले प्रतिनिधि सभाका लागि टिकट नदिएपछि उनी आक्रोशित छन्। रावलको नाम अछाम–१ बाट एकल सिफारिस भएको थियो।

जनता समाजवादी पार्टी (जसपा)सँगको चुनावी तालमेलबाट रुष्ट प्रभु साहले एमालेले दिएको टिकट त्यागेर स्वतन्त्र उम्मेदवारी दिएका छन् । साथसाथै, मधेश प्रदेशमा एमालेसँगको तालमेलमा भागबण्डा गरेर जसपाले उम्मेदवार उठाएका क्षेत्रमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

साहको उक्त कदमको विरोध गर्दै एमाले अध्यक्ष ओलीले एउटा टेलिभिजनलाई दिएको अन्तर्वार्तामा साहले पहिलेदेखि नै पार्टीभित्र शंकास्पद र संदिग्ध गतिविधि गर्दै आएको आरोप लगाएका थिए ।

सिफारिस

विश्वकप फाइनलमा हारपछि भावुक बने मेस्सी

काठमाडौं । फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनसँग अतिरिक्त समयमा १–० ले पराजित भएपछि अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी भावुक बनेका छन् । उपविजेताको पदक...

अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले जित्यो विश्वकपको उपाधि

काठमाडौं - स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ । न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा भएको फाइनलमा अर्जेन्टिनालाई १–० ले पराजित गर्दै...

शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा अब ई–टिकेटिङ 

काठमाडौं । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्यटक प्रवेश व्यवस्थालाई प्रविधिमैत्री, सहज र पारदर्शी बनाउने उद्देश्यले ई–टिकेटिङ सेवाको सफल परीक्षण सुरु गरिएको छ । कृषि, वन तथा...

भर्खरै

अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले जित्यो विश्वकपको उपाधि

काठमाडौं - स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै फिफा विश्वकप २०२६...

शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा अब ई–टिकेटिङ 

काठमाडौं । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्यटक प्रवेश व्यवस्थालाई प्रविधिमैत्री,...

कुहिरोले ढाकिएको धुलिखेल र आसपासको दृश्य (तस्वीरहरू)

धुलिखेल - काभ्रेपलाञ्चोकको धुलिखेल क्षेत्रमा वर्षा रोकिएपछि बाक्लो बादल...

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय...

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

धेरै पढिएको