काठमाडौँ – इडेन ब्रिज एकेडेमी स्कुलमा ‘स्कुल लेबल अवाकस प्रतियोगिता’ सम्पन्न गरिएको छ । काठमाडौँको टोखा-४ धापासीमा रहेको उक्त स्कुलमा बिहिबबार एक कार्यक्रमको आयोजना गरी सम्पन्न गरिएको हो ।

कार्यक्रममा २ देखि ७ कक्षासम्मका विद्यार्थीहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा छानिएका विद्यार्थीहरुले राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतिगोगितामा सहभागी हुन पाउने छन्। विद्यालयले उक्त विषयलाई बैकल्पिक विषयका रुपमा पठन पाठन गराउँदै आएको छ ।

कार्यक्रममा बोल्दै इडेन ब्रिज एकेडेमी स्कुलका प्रिन्सिपल तथा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) काठमाडौँका अध्यक्ष प्रेम राईले अवाकस कक्षा निक्कै नै प्रभावकारी रहेको बताए । ‘अवाकसले विद्यार्थीहरूको गणितीय समस्या समाधानसंगै पढाइलाई धेरै नै सहयोग गरेको छ। विद्यार्थीहरूले अवाकस नछोई दिमागबाट नै लामो-लामो हिसाब गरेको देख्दा छक्कै परे ‘वाओ’ म त धेरै नै खुसी छु,’ उनले भने।

त्यस्तै उनले अभिवाभक र विद्यार्थीले पनि अवाकस निक्कै नै रुचाएको बताए । यस प्रणालीलाई आगामी वर्षको लागि पनि नियमित पाठ्यक्रममा समाबेश गर्दै लैजाने समेत उनी बताउँछन् ।

त्यसैगरी, अवाकसले गर्दा बालबालिकाहरुको गणितीय समस्या समाधानसंगै ध्यानलाई केन्द्रित गर्न धेरै सहयोग गरेको अभिभावकहरुले बताए । उनीहरुले आजको कार्यक्रममा आफ्ना बालाबालिकाले अवाकस प्रणालीबाट छिटो छरितो तरिकाले गणितीय समस्या समाधान गरेको प्रत्यक्ष देख्न पाउँदा म्याजिक जस्तो लागेको भन्दै खुसी व्यक्त गरे। ‘हामीले यस्तो सिक्न पाएनौं हाम्रा बालबालिकाले सिक्न पाए त्यसमा हामी धेरै नै खुसी छौं।, ‘ उनीहरुले भने।

शैक्षिक क्षेत्रमा नयाँ प्रयोग गरिएको अवाकसले बालबालिकाको मष्तिस्क विकास, गणितीय समस्या समाधान गर्न सहज, ध्यानलाई केन्द्रिकृत गराउने गर्दछ । विश्वका १ सय ५० भन्दा बढी देशमा यसको प्रयोग भइरहेको छ ।

विश्वमा २ हजार बर्ष पहिले नै यसको प्रयोग गरिएको पाइए पनि नेपालमा बालविकास एनसीमासले १८ वर्षदेखि गर्दै आएको छ । धेरै जसो विद्यालयहरुले यस अवाकस प्रणालीलाई नियमित पाठ्यक्रममा समाबेश गरी अध्यापन गराउँदै आएका छन्।

