प्रहरीको नयाँ तलब सार्वजनिक, आईजीपीले ७६ हजार खाँदा जवानको कति ? (सूचीसहित)

सरकारले चालू आर्थिक वर्षको साउन १ गतेदेखि लागू हुने गरी नयाँ तलबमान सार्वजनिक गरेको छ । साउन २६ को मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको नयाँ तलबमान मन्त्रालयले भर्खर सार्वजनिक गरेको हो ।

अर्थले सबै मन्त्रालय, आयोग, सचिवालय र कार्यालयलाई पत्राचार गर्दै हालै स्वीकृत नयाँ तलबमान, ग्रेड र प्राविधिक ग्रेडको विवरण पठाएको छ । सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत राष्ट्रसेवक कर्मचारीको १५ प्रतिशतका दरले तलब बढाएको थियो ।

अर्थ मन्त्रालयले तयार गरेको नयाँ तलब संरचना मन्त्रिपरिषदले स्वीकृत पनि गरिसकेको छ । निजामति कर्मचारीसँगै सुरक्षा निकायका कर्मचारीको तलब पनि वृद्धि भएको छ ।

सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी बल, नेपाल स्वास्थ्य सेवा, संसद सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक, प्रदेश र स्थानीय तहका शिक्षक, प्रदेश र स्थानीय तहका शिक्षक लगायतलाई साउन एक गतेनै लागू हुनगरी नयाँ तलब कायम गरिएको छ ।

नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी)को तलब ७६ हजार ८८८ रुपैयाँ कायम भएको छ । सरकारले साउन एक गतेदेखि लागू हुने गरी तोकेको नयाँ तलबमानअनुसार शुरूको तलब स्केल ७२ हजार ८२ रुपैयाँ र २ हजार ४०३ ग्रेडदर गरी ७६ हजार ८८८ रुपैयाँ तोकेको छ ।

प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को तलब पनि आईजीपीकै सरह तोकिएको छ । भने प्रहरी नायब महानिरीक्षक (डीआईजी)को तलब ७६ हजार ४६ रुपैयाँ, एसएसपीको ६४ हजार ३५९, एसपीको ६० हजार ९९४, डीएसपीको ५६ हजार ८६२ रुपैयाँ नयाँ तलब भएको छ ।

प्रहरी जवानको नयाँ तलब ३३ हजार ३४ रुपैयाँ भएको छ । कार्यालय सहयोगी पाँचौस्तरको तलब ३७ हजार २३६ रुपैयाँ काम भएको छ ।

सिफारिस

टि२० विश्वकप छनोट: नेपालद्वारा जापान ५ विकेटले पराजित

टि२० विश्वकप छनोट अन्तर्गत नेपालले समूह चरणको अन्तिम खेलमा जापानलाई ५ विकेटले पराजित गर्दै सुपर सिक्समा २ अंक जोडेको छ । यस हारले जापान...

एकनाथ ढकालले फिर्ता गरे कूटनीतिक राहदानी

काठमाडौँ - संघीय संसद्—प्रतिनिधि सभाका पूर्व सदस्य एकनाथ ढकालले आफ्नो सांसदकालमा प्राप्त कूटनीतिक राहदानी फिर्ता गरेका छन्। बिहीबार राहदानी विभाग पुगेर ढकालका स्वकीय सचिव जितेन्द्र...

कहीँ नभएको जात्रा हाँडी गाउँमा (तस्वीरहरू)

काठमाडौं - कार्तिक कृष्ण प्रतिपदाको अवसरमा आज हाडीगाउँका स्थानीयले परम्परागत चोक्ते नारायणको जात्रा मनाएका छन्। उल्टो रथमा देवतालाई राखेर परिक्रमा गराउने अनौठो चलनका कारण...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

एकनाथ ढकालले फिर्ता गरे कूटनीतिक राहदानी

काठमाडौँ - संघीय संसद्—प्रतिनिधि सभाका पूर्व सदस्य एकनाथ ढकालले...

कहीँ नभएको जात्रा हाँडी गाउँमा (तस्वीरहरू)

काठमाडौं - कार्तिक कृष्ण प्रतिपदाको अवसरमा आज हाडीगाउँका स्थानीयले...

आइयूसीएनको रिजनल काउन्सिलरमा नेपालकी रोशनी पाठकको एकल उम्मेदवारी

काठमाडौँ - अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (IUCN) को साउथ...

बलराम पुडासैनीको वर पिपलु बोलको गीत सार्वजनिक

हेटौंडा - गायक एवम् पत्रकार बलराम पुडासैनीको वर पिपलु...

कहाँ गए यी १८ प्रहरी जवान ? ७ दिनभित्र हाजिर नभए जागिर चैट

काठमाडौँ - प्रहरी प्रधान कार्यालय नक्सालले सम्पर्क बाहिर रहेका...

स्वम्भूबाट देखिएको काठमाडौं (तस्वीरहरू)

शुक्रबार र शनिबारको अविरल वर्षापछि आज(सोमबार)काठमाडौंको मौसम खुलेको छ...

धेरै पढिएको