प्रहरीको नयाँ तलब सार्वजनिक, आईजीपीले ७६ हजार खाँदा जवानको कति ? (सूचीसहित)

सरकारले चालू आर्थिक वर्षको साउन १ गतेदेखि लागू हुने गरी नयाँ तलबमान सार्वजनिक गरेको छ । साउन २६ को मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको नयाँ तलबमान मन्त्रालयले भर्खर सार्वजनिक गरेको हो ।

अर्थले सबै मन्त्रालय, आयोग, सचिवालय र कार्यालयलाई पत्राचार गर्दै हालै स्वीकृत नयाँ तलबमान, ग्रेड र प्राविधिक ग्रेडको विवरण पठाएको छ । सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत राष्ट्रसेवक कर्मचारीको १५ प्रतिशतका दरले तलब बढाएको थियो ।

अर्थ मन्त्रालयले तयार गरेको नयाँ तलब संरचना मन्त्रिपरिषदले स्वीकृत पनि गरिसकेको छ । निजामति कर्मचारीसँगै सुरक्षा निकायका कर्मचारीको तलब पनि वृद्धि भएको छ ।

सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी बल, नेपाल स्वास्थ्य सेवा, संसद सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक, प्रदेश र स्थानीय तहका शिक्षक, प्रदेश र स्थानीय तहका शिक्षक लगायतलाई साउन एक गतेनै लागू हुनगरी नयाँ तलब कायम गरिएको छ ।

नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी)को तलब ७६ हजार ८८८ रुपैयाँ कायम भएको छ । सरकारले साउन एक गतेदेखि लागू हुने गरी तोकेको नयाँ तलबमानअनुसार शुरूको तलब स्केल ७२ हजार ८२ रुपैयाँ र २ हजार ४०३ ग्रेडदर गरी ७६ हजार ८८८ रुपैयाँ तोकेको छ ।

प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को तलब पनि आईजीपीकै सरह तोकिएको छ । भने प्रहरी नायब महानिरीक्षक (डीआईजी)को तलब ७६ हजार ४६ रुपैयाँ, एसएसपीको ६४ हजार ३५९, एसपीको ६० हजार ९९४, डीएसपीको ५६ हजार ८६२ रुपैयाँ नयाँ तलब भएको छ ।

प्रहरी जवानको नयाँ तलब ३३ हजार ३४ रुपैयाँ भएको छ । कार्यालय सहयोगी पाँचौस्तरको तलब ३७ हजार २३६ रुपैयाँ काम भएको छ ।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको