नेशनल लेवल अवाकस प्रतियोगिता सम्पन्न, यी स्कुलका विद्यार्थीले उचाले ट्रफी

काठमाडौं – नेशनल लेवलको अवाकस प्रतियोगिता सम्पन्न भएको छ । बिहिबार काठमाडौंको त्रिपुरेश्वरमा रहेको वर्ल्ड ट्रेड सेन्टर एक कार्यक्रमको आयोजना गर्दै प्रतियोगीता सम्पन्न भएको हो।  प्रतियोगितामा १६० विद्यालयबाट छानिएर आएका २ सय बढी विद्यार्थीसंगै उतिनै अभिभावकहरुले सहभागिता जनाएका थिए  ।

सहभागी विद्यार्थीलाई ३ वटा ग्रुपमा विभाजित गरेर प्रतियोगीता गरिएको थियो । प्रतियोगीता अन्तर्गत A1A2 समूहबाट नवनित टुड्लर्स जोनका सवल पोखरेल प्रथम, नविन ज्योती ईंलिस स्कुलका साना गिरी द्वितीय र काठमाडौं प्रज्ञा कुञ्ज स्कुलका दर्स सिल्वाल तृतीय हुन सफल भए ।

यस्तै B1B2 समूहबाट रिड मोडल स्कुलका महिमा गुरुङ प्रथम, रिड मोडलकै करिशा योगी द्वितीय र काठमाडौं प्रज्ञा कुञ्ज स्कुलका कशिव कार्की तृतीय भएका छन् ।

यस्तै Z1Z2समूहबाट किण्डर जोए मन्टेश्वरी स्कुलका स्वेरज जंग थापा प्रथम, किण्डर जोए कै सुजल दास द्वितीय र काठमाडौं युरो स्कुलका सुमिन गिरी तृतीय भएका छन् । विजयी हुने विद्यार्थीहरुलाई  ट्रफि र प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।

विभिन्न विद्यालयबाट भएको प्रतियोगिताबाट छानिएका उत्कृष्ट विद्यार्थीहरुलाई राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गराईएको हो ।
कार्यक्रममा चर्चित जादुगर एवम् हास्य कलाकार शेरबहादुर गुरुङले जादु देखाएर मनोरञ्जन दिलाएका थिए ।

बालबालिकाको शैक्षिक प्रणालीमा सुधार ल्याउन २ हजार बर्ष पुरानो फादर अफ कम्प्युटर अवाकसलाई विद्यालयहरुले बैकल्पिक विषयका रुपमा पठन पाठन गराउँदै आएका छन् ।

अवाकस प्रणालीले विद्यार्थीहरुको मष्तिस्कलाई सक्रिय बनाई पढाइमा एकाग्र बनाउने, गणितिय हिसाबका लागि क्यालकुलेटरको समेत आवश्यकता नपर्ने भएकाले यसको प्रभाव पनि बढेको बालविकास तथा एनसीमास संस्थाका निर्देशक तेजु नेपालले बताए ।

बालवालिकाको व्यक्तिगत, चारित्रिक,तथा पढाइलाई मध्यनजर गर्दै नेपालका थुप्रै विद्यालयहरुमा अवाकस प्रणालीलाई पाठ्यक्रममा समाबेश गरिएको छ । विगत १८ बर्षदेखि नेपालमा संचालन गरिँदै आएको उक्त प्रणालीलाई प्रभावकारी मानिएको छ । विद्यार्थीहरुले पनि उक्त शैक्षिक प्रणालीलाई उत्तिकै मन पराएका छन् ।

अभिभावकले समेत उक्त प्रणालीले साँच्चै सकरात्मक परिवर्तन ल्याएको भन्दै प्रभावकारी रहेको बताएका छन् । उनीहरुले अवाकसले आफ्ना बालबालिको ध्यान पढाईमा केन्द्रित भएको र अन्य विषयमा समेत बालबालिकाको पढाई राम्रो भएको भन्दै खुसी व्यक्त गरेका थिए।

सिफारिस

पूर्वमन्त्री दिपक खड्काद्वारा आगामी निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा

संखुवासभा - नेपाली कांग्रेसका नेता एबम पूर्वमन्त्री दिपक खड्काले आगामी निर्वाचनमा आफू उम्मेदवार नबन्ने घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत् पार्टीका नेता–कार्यकर्ता, शुभेच्छुक तथा...

पर्यटकलाई आकर्षण गर्दै बोराबाँध (तस्वीरहरू)

सुनसरीको बराहक्षेत्र नगरपालिकामा रहेको बोराबाँधले पछिल्लो समय पर्यटकलाई आकर्षण गरिरहेको छ । चक्रघट्टीस्थित सप्तकोशी नदी किनारमा रहेको उक्त स्थानमा भारत एवम आन्तरिक पर्यटकहरुको भीड...

जनकपुरधाममा बालेनको धार्मिक–राजनीतिक यात्रा (तस्वीरहरू)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले आज बिहान जानकी मन्दिरमा दर्शन तथा विशेष पूजापाठ गरेका छन्। पूर्वनिर्धारित कार्यक्रम अनुसार बालेनले सोमबार...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

पर्यटकलाई आकर्षण गर्दै बोराबाँध (तस्वीरहरू)

सुनसरीको बराहक्षेत्र नगरपालिकामा रहेको बोराबाँधले पछिल्लो समय पर्यटकलाई आकर्षण...

जनकपुरधाममा बालेनको धार्मिक–राजनीतिक यात्रा (तस्वीरहरू)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह...

रुख र चारतारे झण्डाबाहेक अरु सोच्न सकिन्न : दीपक खड्का

काठमाडौं - नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्काले...

सुनिताले दिइन बालेनलाई धन्यवाद

काठमाडौं - काठमाडौं महानगरपालिकाकी कार्यवहाक प्रमुख सुनिता डंगोलले महानगर...

नेपाली सेनाको फोटो तथा बृहत् प्रदर्शनी सुरू

काठमाडौं - प्रधान सेनापति .अशोकराज सिग्देलले नेपाली सेना फोटो...

महिला टी–२० विश्वकप ग्लोबल छनोट: थाइल्यान्डसँग हार्यो नेपाल (तस्वीरहरू)

आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह चरणको पहिलो...

धेरै पढिएको