नेशनल लेवल अवाकस प्रतियोगिता सम्पन्न, यी स्कुलका विद्यार्थीले उचाले ट्रफी

काठमाडौं – नेशनल लेवलको अवाकस प्रतियोगिता सम्पन्न भएको छ । बिहिबार काठमाडौंको त्रिपुरेश्वरमा रहेको वर्ल्ड ट्रेड सेन्टर एक कार्यक्रमको आयोजना गर्दै प्रतियोगीता सम्पन्न भएको हो।  प्रतियोगितामा १६० विद्यालयबाट छानिएर आएका २ सय बढी विद्यार्थीसंगै उतिनै अभिभावकहरुले सहभागिता जनाएका थिए  ।

सहभागी विद्यार्थीलाई ३ वटा ग्रुपमा विभाजित गरेर प्रतियोगीता गरिएको थियो । प्रतियोगीता अन्तर्गत A1A2 समूहबाट नवनित टुड्लर्स जोनका सवल पोखरेल प्रथम, नविन ज्योती ईंलिस स्कुलका साना गिरी द्वितीय र काठमाडौं प्रज्ञा कुञ्ज स्कुलका दर्स सिल्वाल तृतीय हुन सफल भए ।

यस्तै B1B2 समूहबाट रिड मोडल स्कुलका महिमा गुरुङ प्रथम, रिड मोडलकै करिशा योगी द्वितीय र काठमाडौं प्रज्ञा कुञ्ज स्कुलका कशिव कार्की तृतीय भएका छन् ।

यस्तै Z1Z2समूहबाट किण्डर जोए मन्टेश्वरी स्कुलका स्वेरज जंग थापा प्रथम, किण्डर जोए कै सुजल दास द्वितीय र काठमाडौं युरो स्कुलका सुमिन गिरी तृतीय भएका छन् । विजयी हुने विद्यार्थीहरुलाई  ट्रफि र प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।

विभिन्न विद्यालयबाट भएको प्रतियोगिताबाट छानिएका उत्कृष्ट विद्यार्थीहरुलाई राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गराईएको हो ।
कार्यक्रममा चर्चित जादुगर एवम् हास्य कलाकार शेरबहादुर गुरुङले जादु देखाएर मनोरञ्जन दिलाएका थिए ।

बालबालिकाको शैक्षिक प्रणालीमा सुधार ल्याउन २ हजार बर्ष पुरानो फादर अफ कम्प्युटर अवाकसलाई विद्यालयहरुले बैकल्पिक विषयका रुपमा पठन पाठन गराउँदै आएका छन् ।

अवाकस प्रणालीले विद्यार्थीहरुको मष्तिस्कलाई सक्रिय बनाई पढाइमा एकाग्र बनाउने, गणितिय हिसाबका लागि क्यालकुलेटरको समेत आवश्यकता नपर्ने भएकाले यसको प्रभाव पनि बढेको बालविकास तथा एनसीमास संस्थाका निर्देशक तेजु नेपालले बताए ।

बालवालिकाको व्यक्तिगत, चारित्रिक,तथा पढाइलाई मध्यनजर गर्दै नेपालका थुप्रै विद्यालयहरुमा अवाकस प्रणालीलाई पाठ्यक्रममा समाबेश गरिएको छ । विगत १८ बर्षदेखि नेपालमा संचालन गरिँदै आएको उक्त प्रणालीलाई प्रभावकारी मानिएको छ । विद्यार्थीहरुले पनि उक्त शैक्षिक प्रणालीलाई उत्तिकै मन पराएका छन् ।

अभिभावकले समेत उक्त प्रणालीले साँच्चै सकरात्मक परिवर्तन ल्याएको भन्दै प्रभावकारी रहेको बताएका छन् । उनीहरुले अवाकसले आफ्ना बालबालिको ध्यान पढाईमा केन्द्रित भएको र अन्य विषयमा समेत बालबालिकाको पढाई राम्रो भएको भन्दै खुसी व्यक्त गरेका थिए।

सिफारिस

अब मालपोत र नापीमा बिचौलिया निषेध

काठमाडौँ - भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसँग सम्बन्धित सबै कार्यालयमा अनधिकृत व्यक्ति(बिचौलिया) लाई प्रवेश निषेध गर्न निर्देशन दिएको छ । बुधवार  भूमि...

एमाले संसदीय दलमा ‘बादल’ चयन

नेकपा (एमाले) संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ चयन भएका छन्। एमाले निर्वाचन कमिटीले बादल निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो। संसदीय दलको नेताका लागि...

प्रभावकारी बन्दै बागमतीमा ‘ट्र्यास ब्यारियर’ (तस्वीरहरू)

काठमाडौँ - बागमती र मनोहरा नदीको संगमस्थल (दोभान) मा जडान गरिएको 'ट्र्यास ब्यारियर' (फोहोर छेक्ने मेसिन) प्रभावकारी देखिएको छ। नदीको सतहमा तैरिएर आउने प्लास्टिकजन्य...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

एमाले संसदीय दलमा ‘बादल’ चयन

नेकपा (एमाले) संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ चयन...

प्रभावकारी बन्दै बागमतीमा ‘ट्र्यास ब्यारियर’ (तस्वीरहरू)

काठमाडौँ - बागमती र मनोहरा नदीको संगमस्थल (दोभान) मा...

सिरुबारी: गुरुङ संस्कृतिसँगै फस्टाउँदै दिगो ग्रामीण पर्यटन (तस्वीरहरू)

स्याङ्जा जिल्लाको रमणीय आँधीखोला गाउँपालिका–१ मा अवस्थित सिरुबारी सामुदायिक...

बालबालिकामा के कारणले गर्दा क्यान्सर हुन्छ ? 

पार्वती भण्डारी, नेपाल न्यूज बैंक काठमाडौं । नेपालमा प्रत्येक वर्ष...

यस्ताे देखियाे बालेनसहित मन्त्रीहरुको शपथ ग्रहण समाराेह (फोटोफिचर)

नवनियुक्त प्रधानमन्त्री बालेन शाहसहित मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ...

सेतो मच्छिन्द्रनाथ जात्रा सुरु (तस्वीरहरू)

सेतो मच्छिन्द्रनाथ जात्राको मुख्य देवता सेतो मच्छिन्द्रनाथ (वर्षा देवता)को...

धेरै पढिएको