महानगर प्रहरी प्रमुख पाण्डले दिए नगर प्रहरीहरूलाई यस्तो निर्देशन

काठमाडौं – काठमाडौं महानगरका नगर प्रहरीलाई नगरभित्रका कुराहरुमा संवेदनशील रुपमा प्रस्तुत हुन निर्देशन दिएका छन्।

महानगर प्रहरीका प्रमुख राजुनाथ पाण्डले बुधबार बिहान महानगर प्रहरीका सबैलाई भेला पारेर प्रदशर्नीमार्गस्थित राष्ट्रिय सभागृहको प्रांगणमा ब्रिफिङ गरेका छन् ।

नागरिकसामुन्ने प्रस्तुत हुँदा नागरिक मैत्री भएर संवेदनशिल रुपमा प्रस्तुत हुनुपर्नेलगायतका विषयमा उनले ब्रिफिङ गराएका छन् ।

‘हाम्रो कार्यसम्पादन गर्ने कुरा नागरिकहरुले हेरिरहनु भएको छ,’ पाण्डेले ब्रिफिङ गराउँदै भनेका छन्, ‘हाम्रो हरेक हर्कत हेर्नु भएको छ । नगर प्रहरीले के गरिरहेको छ भनेर हेर्नु भएको छ । कुनै पनि कारबाही गर्दा पहिले योजना बनाउनुस अनि मात्रै काम गर्नुस । यहाँबाट कुने किसिमका काममा जाँदा यत्तिकै जाने होइन । पहिले ब्रिफिङ गरेर योजना बनाएर काम गर्नुपर्यो ।’

उनले आफूहरुको कार्यशैलीअन्तर्गत सडकमा ठेलामार्फत व्यापार गर्नेहरुको हकमा महानगरको शून्य सहनशिलता नै भएको बताएका छन् ।

कुनै हालतमा पनि सडकमा ठेलामा व्यापार गर्न नदिने भएता पनि नगर प्रहरीले काम गर्दा कसैलाई समाउँदा अमानवीय रुपमा नगर्न निर्देशन दिएका छन् ।

उनले भने, ‘सिन क्रिएट हुने गरि सामान छर्ने गर्न हुन्न । कोही भागेमा भोली समाउन सकिन्छ । भागेमा पनि खेदाएर गएर गर्ने होइन ।’ उनले नगर प्रहरीले ठेलागाडामा व्यापार गर्नेहरुलाई कहिलेकाँही सम्झाएर पठाउन पनि सकिने बताए ।

नगर प्रहरी पछिल्लो समय अमानवीय रुपमा ठेलाव्यापार गर्नेहरुमाथि प्रस्तुत भएको भन्दै आलोचना भइरहेको छ । बुधबार महानगरको बागदरबारस्थित कार्यालयअगाडि केही स्वतन्त्र युवाहरुले यही विषयलाई लिएर आन्दोलन गरेका थिए ।

सिफारिस

उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व सम्पन्न (तस्बिरहरू)

ललितपुर - उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेसँगै चारदिने छठ पर्व सोमबार बिहान सम्पन्न भएको छ। छठ पर्वको अन्तिम दिन आज बिहान ललितपुरको कुपन्डोललगायत विभिन्न...

कुकुरको सीप प्रदर्शनसँगै नेपाली सेनाले मनायो कुकुर तिहार (तस्बिरहरू)

यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज देशभर कुकुर तिहार मनाइएको छ। यस अवसरमा नेपाली सेनाले तालिमप्राप्त कुकुरहरूको विशेष सीप तथा कलाकौशल प्रदर्शन गरेर कुकुर...

‘काठमाडौँ फिल्म फेस्टिभल’ को रेड कार्पेटमा स्वदेशी तथा विदेशी कलाकार (तस्बिरहरू)

काठमाडौँ- काठमाडौँमा जारी तीनदिने ‘काठमाडौँ फिल्म फेस्टिभल’ को दोस्रो दिन आयोजित रेड कार्पेट समारोहमा स्वदेशी तथा विदेशी कलाकार, फिल्मकर्मी र विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको...

भर्खरै

कुकुरको सीप प्रदर्शनसँगै नेपाली सेनाले मनायो कुकुर तिहार (तस्बिरहरू)

यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज देशभर कुकुर तिहार...

‘काठमाडौँ फिल्म फेस्टिभल’ को रेड कार्पेटमा स्वदेशी तथा विदेशी कलाकार (तस्बिरहरू)

काठमाडौँ- काठमाडौँमा जारी तीनदिने ‘काठमाडौँ फिल्म फेस्टिभल’ को दोस्रो...

डोल्पा कारागारबाट सुरुङ खनेर यसरी भागेका थिए आठ कैदी (तस्बिरहरू)

डोल्पा - डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर...

सांस्कृतिक उत्सवका साथ सुरु भयो ‘काठमाडौँ फिल्म फेस्टिभल’ (तस्बिरहरू)

काठमाडौँ-  काठमाडौँमा शुक्रबारदेखि पहिलो ‘काठमाडौँ फिल्म फेस्टिभल’ सुरु भएको...

खाद्य प्रविधि विभागले भन्यो: जथाभावी इनर्जी ड्रिङ्क्स नपिउनुस्

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जथाभावी इनर्जी ड्रिङ्क्स...

धेरै पढिएको