काठमाडौं – काठमाडौं स्थित चावहिल के. एल टावरमा अवस्थित सेजङ इन्टरनेशनल इन्स्टिच्युटले आफ्नो संस्थाको उद्घाटन गरेको छ।उक्त अवसरमा सेजोङ इन्टरनेसनल इन्स्टिच्युट र दक्षिण कोरियाको नामसोल विश्वविद्यालय बीच सम्झौता भएको हो।
यो सम्झौता पश्चात नेपाली विद्यार्थीहरू नामसोल विश्वविद्यालयमा अध्ययन गर्न जान सक्नेछन्। दक्षिण कोरियाको प्रसिद्ध विश्वविद्यालयका रूपमा परिचित नामसोल विश्वविद्यालयका प्रोफेसर डा. जु सेइजिन, प्रोफेसर सिर्जना थापा , अध्यक्ष शान्ति कला राईले सम्झौता पत्रमा हस्ताक्षर गरेको हो ।

दक्षिण कोरियाबाट आएका प्रोफेसरद्वय प्रोफेसर डा. जु सेइजिन, प्रोफेसर डा. सिर्जना थापा वङ्होङ युनिभर्सिटीका मेनेजर विन हो मान र वङहोङ युनिभर्सिटीबाट आएको बिद्यार्थी र सोजोङको बिद्यार्थी बिच अन्तरक्रिया कार्यक्रम गरेको थियो ।
इन्स्टिच्युटका अध्यक्ष शान्ति कला राईको अध्यक्षता शुरू भएको कार्यक्रममा इन्स्टिच्युटका प्रबन्ध प्रविन कुलुङ राईले स्वागत मन्तव्य साथै संस्थाको आगामी योजनाको बारेमा प्रष्ट पार्दै निरन्तर सहकार्य गरेर अघि बढ्ने बताए ।
इन्स्टिच्युटले प्रोगामलाई रोचक बनाउन कोरीयन भाषा अध्ययन गरिरहेका विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रमको साथै प्रसिद्ध कोरीयन गीत आरिराङ गाएर शुरु गरेको थिए ।

प्रमुख अथिति प्रोफेसर डा.जु सेइजिनले इन्स्टिच्युट स्थापनाको शुभकामनाको साथै कोरीयन भाषा र संस्कृति प्रति नेपालीहरूको उत्सुकता र इच्छाले आफू भावविह्वल भईन । कोरीयन र नेपाली कला संस्कृति बीच आदनप्रदान हुँदा अझै दुई देशबीचको अन्तरसम्बन्ध अझै प्रगाढ हुने बताए ।
त्यस्तै प्रोफेसर सृजना थापाले नेपालीहरुको प्रमुख गन्तव्य अहिले दक्षिण कोरिया भएकाले कोरिया जानुअघि कोरीयन भाषा , संस्कृति , चलन सिकेको खण्डमा कोरियाको बसाई सहज हुनेमा जोड दिए । त्यस्तै इन्स्टिच्युटको सफलताको शुभकामना दिइन् ।

इन्स्टिच्युटका अध्यक्ष शान्ति कला राईले दक्षिण कोरियाबाट नेपाल आएर हौसला प्रदान गरेकी प्रोफेसरद्वय डा. जु सेइजिन र सृजना थापालाई धन्यबाद दिइन ।
त्यस्तै यस इन्स्टिच्युटले कोरियाको भाषा पढाउने मात्र नभई कोरीयन जीवनशैली , आधारभूत शिक्षा एबम् सीपमुलक तालिम पनि प्रदान गर्ने बताइन। कोरियाको नामसोल विश्वविद्यालय बाट मास्टर डिग्री पास गरेर अहिले कोरीयन भाषा अध्यापन गराउँदै आएकी छिन।
के एल टावर स्थित सेजङ इन्टरनेसनल इन्स्टिच्युटमा अहिले सयौंको संख्यामा विद्यार्थीहरु अध्ययन गर्दै आएका छिन् ।
