आँखा पाक्ने रोक बढेसँगै विद्यालयहरु तीन दिन बन्द गर्ने निर्णय

आँखा पाक्ने रोगको प्रकोप बढेसँगै पोखरा महानगरपालिकाले आँखा पाक्ने रोकको संक्रमण बढेसँगै नगर क्षेत्रभित्रका विद्यालयहरु तीन दिन बन्द गर्ने निर्णय गरेको छ।

महानरपालिकाको आह्वानमा भएको सरोकारवालाहरुको बैठककले ‘एडिनो भाइरस कन्जन्टिभाइटिस’ अर्थात् आँखा पाक्ने रोगबाट बालबालिकालाई जोगाउन सो निर्णय गरेको हो।

महानगरका वरिष्ठ शिक्षा अधिकृत बद्रिनाथ सुवेदीका अनुसार साउन २४ गतेदेखि २६ गतेसम्म पोखराका संस्थागत, सामुदायिक र मन्टेश्वरी स्कूलहरु बन्द रहनेछन्। अहिले दिइएको बिदालाई सार्वजनिक, बर्खे वा हिउँदे बिदाबाट कट्टा गर्ने निर्णय भएको पनि उनले सुनाए।

पछिल्ला केही दिनयता पोखरामा आँखा पाक्ने रोगको संक्रमण बढ्दै गएको छ। पोखराका रहेको हिमालयन आँखा अस्पतालका अनुसार अहिले दैनिक ५ सयभन्दा बढी बिरामी आँखा पाक्ने रोगका कारण आउने गरेका छन्।

त्यसमा बालबालिकाको संख्या बढी रहेको अस्पतालका प्राध्यापक डाक्टर प्राडा इन्द्रमान महर्जनले जानकारी दिए। उनका अनुसार यो रोगको संक्रमण बालबालिकामा उच्च रहेको छ।

उनका अनुसार संक्रमणले आँखा पोल्ने, बिझाउने, आँसु धेरै आउने, आँखा रातो देखिने,सुन्निने र अन्त्यमा आँखा हेर्नै नमिल्ने हुन्छ। आँखाको सेतो भागबाट सुरु हुने संक्रमण नानीसम्म पनि पुग्यो भने खतरा हुने उनले बताए। यद्यपि यो रोग हावाबाट चाहिँ सर्दैन। आँखाको तरल पदार्थबाट भाइरस फैलने र उनीहरुले प्रयोग गर्ने सामान छुँदा वा प्रयोग गर्दा संक्रमण फैलने गरेको पनि उनले बताए।

‘यो आँखाको कोरोना भाइरसजस्तै हो,संक्रमणबाट आत्तिनुपर्दैन तर नानीसम्म नै संक्रमण बढ्यो भने चाहिँ खतरा हुन्छ,’उनले भने,‘आँखा नमाड्न,जथाभावी औषधि प्रयोग नगर्न तथा संक्रमण देखिएपछि अस्पताल जान हाम्रो सुझाव छ।’

भाइरसले ज्यादा सताएमा एन्टीबायोटिक प्रयोग गर्नुपर्ने पनि उनले बताए।

हिमालय आँखदा अस्पतालकी मेडिकल निर्देशक डा इलिया श्रेष्ठका अनुसार संक्रमण फैलिइरहेको छ र अहिले सबै उमेर समूहका व्यक्तिहरु संक्रमित भइरहेका छन्। घर बाहिर नजाने र उचित हेरचाह गर्दा एकहप्तामा संक्रमण निको हुने उनले बताइन्।

सिफारिस

काठमाडौँबाहेक सबै अदालतबाट रविका अरू मुद्दा फिर्ता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको संगठित अपराधको अभियोग काठमाडौँबाहेकका सबै जिल्लामा फिर्ता लिइएको छ। सोमबार रुपन्देही जिल्ला अदालतले समेत अभियोग फिर्ता...

रहेनन् पूर्वगृहमन्त्री थापा, पशुपतिमा अन्त्येष्टि

पूर्वगृहमन्त्री धर्मबहादुर थापाको निधन भएको छ। पारिवारिक स्रोतका अनुसार उनको शुक्रबार ललितपुरमा निधन भएको हो। दिवङ्गत थापाको अन्त्येष्टि आइतबार काठमाडौंस्थित पशुपति आर्यघाटमा गरिएको जनाइएको...

डोल्पाको प्रसिद्ध बाला त्रिपुरासुन्दरी मन्दिर (तस्वीरहरू)

डोल्पा — नेपाल धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाले समृद्ध देश हो। यिनै सम्पदामध्ये डोल्पा जिल्लाको त्रिपुराकोटमा अवस्थित बाला त्रिपुरासुन्दरी मन्दिर विशेष धार्मिक तथा सांस्कृतिक...

भर्खरै

रहेनन् पूर्वगृहमन्त्री थापा, पशुपतिमा अन्त्येष्टि

पूर्वगृहमन्त्री धर्मबहादुर थापाको निधन भएको छ। पारिवारिक स्रोतका अनुसार...

डोल्पाको प्रसिद्ध बाला त्रिपुरासुन्दरी मन्दिर (तस्वीरहरू)

डोल्पा — नेपाल धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाले समृद्ध...

नयाँ बसपार्क ट्राफिकको सडक सुरक्षा सम्बन्धी एकमहिने सचेतना कार्यक्रम सुरु

काठमाडौं — ट्राफिक प्रहरी वृत्त नयाँ बसपार्कको आयोजनामा सडक...

पाकिस्तान दूतावास र पीएनएएनद्वारा नागार्जुनमा निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं — नेपालस्थित पाकिस्तान दूतावास र पाकिस्तान–नेपाल एलुम्नी नेटवर्क...

१६ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध

काठमाडौं - बेलायतका प्रधानमन्त्री स्टार्मरले १६ वर्ष भन्दा कम...

अमेरिका-इरान शान्ति सम्झौतापछि ह्वातै घट्यो तेलको मूल्य

काठमाडौँ – अमेरिका र इरानबीच युद्ध अन्त्यका लागि शान्ति...

धेरै पढिएको