गौतम डंगोलको ‘तिम्रो फोटो हेरी’ गीतको म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

काठमाडौं- गीतकार गौतम डंगोल सन्देशको ‘तिम्रो फोटो हेरी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।सरोज पोखरेलको संगीत, उदयीमान गायक सुमन केसी र मेलिना राईको स्वरले सुसज्जित गीत सार्वजनिक भएको हो।

पूर्व बैंकर तथा हाल विद्युत नियमन आयोगका सदस्य डंगोलका यसअघि रिलिज भएका वियोगान्त कथामा आधारित गीत तथा म्युजिक भिडियोहरू भन्दा फरक यो गीत प्रेम सुखमा आधारित रोमाञ्चले भरिपूर्ण रहेको र यस भिडियोमा विशेषतः आफू भन्दा दूरदराजमा बस्ने प्रियजनसँग लामो समय भेट नहुँदाको अवस्थामा फोटो हेरेरै भए पनि मनैमन कुरा गरेको प्रसङ्गलाई भिडियोमार्फत अभिव्यक्त गर्ने जमर्काे गरिएको छ ।

अन्जन शर्माद्वारा निर्देशित यो भिडियोको सहायक निर्देशक सन्तोष पोखरेल आदित्य, छायांकार दिनेश पोखरेल, सज्जा सुष्मा परियार, सम्पादक राकेश दहाल तथा निर्माता किरण महर्जन ‘सिंह’ रहेका छन् ।

भिडियोमा कमल सिंह र आकांक्षा आचार्यको अभिनय देख्न सकिन्छ । पूर्वी काठमाडौँका विभिन्न ठाउँहरूमा छायांकन गरिएको यो म्युजिक भिडियोमा इन्द्रायणी, साँखु शंकरापुर, जर्सिङपौवा, लप्सीफेदि लगायतका ठाउँहरूको मनोरम दृश्य हेर्न सकिन्छ ।

हेर्नुस् भिडियो

सिफारिस

‘प्रचण्ड’ शौचालयमा लडेर घाइते

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शौचालयमा लडेर घाइते भएका छन्। खुमलटारस्थित निवासमा गएराति शौचालयमा लडेर उनी घाइते भएका...

पूर्वमन्त्री तथा वामपन्थी नेता प्रदीप नेपालको निधन

काठमाडौं - पूर्वमन्त्री तथा वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ । नेपालको मंगलबार नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको अस्पताल स्रोतले पुष्टि गर्‍यो...

स्वास्थ्य क्षेत्रमा माफियाको हस्तक्षेप: टेन्डर लुट्न मिडियाको दुरुपयोग

काठमाडौं - नेपालको स्वास्थ्य प्रणाली सुधारको प्रयास भइरहेका बेला यस क्षेत्रमै केही माफियातत्त्वहरू सक्रिय भएर टेन्डर प्रक्रियालाई आफ्नो पक्षमा पार्न खोजिरहेका छन्। यस्ता समूहरूले...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

पूर्वमन्त्री तथा वामपन्थी नेता प्रदीप नेपालको निधन

काठमाडौं - पूर्वमन्त्री तथा वामपन्थी नेता प्रदीप नेपालको निधन...

स्वास्थ्य क्षेत्रमा माफियाको हस्तक्षेप: टेन्डर लुट्न मिडियाको दुरुपयोग

काठमाडौं - नेपालको स्वास्थ्य प्रणाली सुधारको प्रयास भइरहेका बेला...

उर्जा राज्यमन्त्री गर्बुजाद्धारा पदबहाली

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले...

जनप्रतिनिधि र कर्मचारीका छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउन निर्देशन

काभ्रेपलाञ्चोक - यहाँको मण्डनदेउपुर नगरपालिकाले स्थानीय जनप्रतिनिधिदेखि कर्मचारीसम्मका छोराछोरीलाई...

कक्षा १२ को परीक्षा आजदेखि, ५ लाख ११ हजार ५ सय २५ विद्यार्थी सहभागी हुँदै

भक्तपुर - राष्ट्रिय परीक्षा बोर्डले आज बिहानदेखि देशभरका परीक्षा...

२२ गतेदेखि नागढुंगा-नौबिसे सडकखण्ड रातिमा बन्द गरिने

त्रिभुवन राजपथको नागढुंगा-पिप्लामोड सडक निर्माण तथा सुधार गर्नुपर्ने भएकाले...

धेरै पढिएको