क्यासटेल टेकले सुरु गर्यो ‘प्रोजेक्ट दिक्षा’ अभियान

काठमाडौ – क्यासटेल टेक प्रालिले ‘प्रोजेक्ट दिक्षा’ अभियान सुरु गरेको छ । ‘प्रोजेक्ट दिक्षा, शिक्षा फर अल्’ नारा सहित सञ्चालन भएको यो अभियान विद्यार्थीहरुलाई सूचना तथा प्रविधीमा आकषर्ण बढाउने उद्देश्यले थालिएको हो ।

यस अभियानले कक्षा १० देखी १२ कक्षा सम्मका विद्यार्थीहरु लक्षित गरेको छ । क्यासटेल टेक प्रालिले ‘प्रोजेक्ट दिक्षा’ अन्र्तगत कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुलाई छात्रबृत्ति समेत प्रदान गर्नेछ । ‘सूचना तथा प्रविधीबारे तालिम प्रदान गरेर रोजगारीको अवसर प्रदान गर्नेछौं ।’ क्यासटेल टेक प्रालिका सञ्चालक विशाल पोखरेलले भने, ‘हामीले डिजिटल मार्केटिङबारे तालिम प्रदान गरिसक्यौं । अन्य विषयमा पनि तालिम प्रदान गर्नेछौं ।’ ललितपुरस्थित क्यास्पियन भ्याली कलेजका विद्यार्थीहरुलाई क्यासटेल टेकले डिजिटल मार्केटिङबारे तालिम प्रदान गरेर अभियान सुरु गरिसकेको छ ।

पछिल्लो समयमा सूचना तथा प्रविधी विषयमा नेपाली विद्यार्थीहरुको आकषर्ण बढिरहेको छ । स्वदेशमै बसेर राम्रो कमाई गर्न सकिने र जागिरको ग्यारेन्टीको भएकाले पनि यस पेशामा विद्यार्थीहरुको आकषर्ण बढ्दै गएको हो । प्रोजेक्ट दिक्षाको संस्थापक विशाल पोखरेल तथा सह–संस्थापक समय पौडेल रहेका छन् । गाउ–गाउ पुगेर विद्यार्थीहरुलाई सूचना तथा प्रविधीप्रति चाख जगाउनु र यसै पेशामा भविष्य देखाउनु यसको मुख्य उद्देश्य रहेको अभियानका संस्थापक पोखरेलले बताए ।

काठमाडौपछि मकवानपुर जिल्लाका स्थानीय तहहरुको समन्वयमा ‘प्रोजेक्ट दिक्षा’ बारे अभियान सूरु गर्ने तयारी थालिसकेको सह–संस्थापक पौडेलले जानकारी दिए । आगामि दिनमा स्कुल, कलेज स्तरीय कार्यक्रम गर्ने, प्रतिष्पर्धात्मक कार्यक्रम गर्ने तयारी भईरहेको उनले सुनाए । ‘आइटी फिल्डलाई इज्जतिलो पेशाका रुपमा स्थापित गर्ने हाम्रो लक्ष्य हो ।’ संस्थापक पोखरेलले भने, ‘यो क्षेत्रमा विद्यार्थीहरुको रुची जगाउने हाम्रो प्रयास हो ।’

सिफारिस

यस्ता छन् मन्त्रिपरिषद् बैठकका २० निर्णय

सरकारले असार १७ र २० गतेको मन्त्रिपरिषद् बैठकले गरेका २६ निर्णय सार्वजनिक गरेको छ । बैठककै दिन प्रमुख निर्णय मात्रै सार्वजनिक गर्ने गरिएकोमा शुक्रबार...

बेलायतको प्रधानमन्त्रीमा स्टारमर नियुक्त, को हुन् उनी ?

करिब डेढ दशकपछि लेबर पार्टीलाई चुनावी जित दिलाएका किअर स्टारमर बेलायतको प्रधानमन्त्री बनेका छन्। चुनावी नतिजा आइरहँदा राजा चार्ल्सले उनलाई भेटेर सरकार गठन गर्न निम्त्याएसँगै...

क्यानले सन्दीप लामिछानेलाई ‘ए’ ग्रेडमा अनुबन्धन गर्ने निर्णय

काठमाडौं - नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेलाई 'ए' ग्रेडमा अनुबन्धन गर्ने निर्णय गरेको छ। बिहीबार बसेको क्यानको केन्द्रीय कार्यसमितिको बैठकले ६ महिनाका लागि...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

बेलायतको प्रधानमन्त्रीमा स्टारमर नियुक्त, को हुन् उनी ?

करिब डेढ दशकपछि लेबर पार्टीलाई चुनावी जित दिलाएका किअर...

क्यानले सन्दीप लामिछानेलाई ‘ए’ ग्रेडमा अनुबन्धन गर्ने निर्णय

काठमाडौं - नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेलाई 'ए'...

प्रेम आले एकीकृत समाजवादीको केन्द्रीय कमिटीबाट हटाइए

नेकपा (एकीकृत समाजवादी) ले पूर्वमन्त्री प्रेम आलेलाई केन्द्रीय कमिटीबाट...

यी हुन् एकीकृत समाजवादीको महाधिवेशनबाट चयन भएका ९३ केन्द्रीय सदस्य

नेकपा एकीकृत समाजवादीको महाधिवेशनमा ९३ सदस्यीय केन्द्रीय कमिटी घोषणा...

उपसभामुख राना र चीनका बिदेशमन्त्री वाङ यी बीच भेट, के-के भयो कुराकानी ?

काठमाण्डौ - उपसभामुख इन्दिरा राना र चीनका बिदेश मन्त्री...

युरोकपको क्वाटरफाइनल: आज प्रमुख दाबेदार मानिएका स्पेन र जर्मनी भिड्दै

काठमाडौं– जारी युरोकपमा आजदेखि क्वाटरफाइनलका खेलहरु शुरु हुँदै छन्...

धेरै पढिएको