काठमाडौं- ऋतु कंडेलले आफ्नो  तीज गीत ‘ए होई तीजको बेलामा’ सार्वजनिक गरेकी छन् । उनले सो गीत आफ्नै युट्यूब च्यानलबाट सार्वजनिक गरेकी हुन् ।

गीतमा ऋतुको एकल आवाज रहेको छ भने डा. दिपक यात्रीको शब्द र सुमित्रा कोइरालाले संगीत भरेकी छन् ।

गीतको भिडियोमा यशु भट्टराई, बाल कलाकार सुरुची त्रिपाठीलगायतका कलाकारहरुले नृत्य गरेका छन् । भिडियोलाई काजिश श्रेष्ठले निर्देशन गरेका छन् ।

गायिका कंडेलले यसअघि पनि १ दर्जन भन्दा बढी तीज गीत बजारमा ल्याइसकेकी छन्। उनले तीजैको बेलैमा, रे पटम भरर, सिंगापुरे फरीया,ए होई तीजैको बेलैमा, विदेशी भूमि, अलि अलि लजाउदै, मेरो राजा जस्ता तीज गीतहरुले राम्रै चर्चा बटुलेका थिए।

हेर्नुहोस् भिडियो 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here