नेपालकी मेनुकाले ‘इन्डियन आइडल ’मा पाइन् गोल्डेन माइक, निर्णायकलाई रुवाइन् धरधरी

गायिका मेनुका पौडेल भारतको चर्चित गायन रियालिटी शो ‘इन्डियन आइडल १४’को मञ्चमा पुगेकी छन्। मेनुकाको गीत सुनेर शोका निर्याणक रोएका छन्।

मेनुकाले गीत गाउँदै गर्दा निर्णायकको कुर्सीमा बसेकी चर्चित गायिका श्रेया घोषाल सुक्कसुक्क गर्दै रोएकी हुन्। संगीतकार तथा गायक विशाल डड्लानीले पनि आँशु थाम्न सकेनन्।

मेनुका दुवै आँखा देख्दिनन्। उनले गीत गाउनुअघि भनिन्, ‘म सबै कुरा आफैँ गर्छु। म गायनको साथै खाना पकाउँछु, सपिङ गर्छु, एक्लै घुम्छु। जो सामान्य मानिस गर्छन्, म सबै गर्छु। मैले बालापनदेखि नै यो कुरा सिकेकी छु कि मानिसले सबै कुरा आफैँ गर्नुपर्छ।’

मेनुकाले यसो भन्दै गर्दा निर्णायकहरुले ताली बजाएर उनलाई समर्थन गरे।

मेनुकाले आफूलाई ड्राइभिङ गर्ने ठूलो सौख भएपनि त्यो पुरा गर्न नसकेको बताइन्। यसपछि मेनुकाले ‘तुम्हारे विना हमरा कौन नही’ बोलको गीत गाइन्। यो गीत मेनुकाले गाउँदै गर्दा निर्णायकहरु रुन थालिसकेका थिए। मेनुकाले गीत गाइसकेपछि केही समय स्तब्ध भएका निर्णायकहरुले सिटबाट उठेर उनको सम्मान गरे।

निर्णायकको कुर्सीबाट उठेर विशालले भने, ‘हामी जुन चिजको पूजा गर्छौं, उसलाई आज अगाडि देखेका छौं। म म्युजिकलाई पूजा गर्छु, त्यो तिमी हौं। तिमीले दिल निकालेर अगाडि राखिदिएका छौं।’

विशालले मेनुकाका कारण म्युजिकको धार नै परिवर्तन गर्ने बताए। विशालले मेनुकाले दिलबाट गाएको बताए। यति भन्दै गर्दा उनी रोएका थिए।

श्रेयाले भनिन्, ‘तिमी भित्र के छ भन्ने तिमीलाई महसुस छैन। भगवानले के दिनुभएको छ भन्ने तिमीलाई थाहा छैन। इन्डियन आइडलको मञ्चमा आजसम्म कसैले यति दिलबाट खाएको मलाई थाहा छैन। मैले ईश्वर तिम्रो स्वरमा देख्न पाएँ। यसका लागि इन्डियन आइडलको मञ्च धन्य छ।’

मेनुकाले तीनै जना निर्णायकको हातबाट ‘गोल्डेन माइक’ प्राप्त गरेकी छन्।

मेनुकाले स्टेजमा श्रेयासँग गीत गाउने चाहना व्यक्त गरिन्। श्रेयाले ‘मोही रंग दो लाल’ बोलको गीत मेनुकासँग गाइन्। मेनुकाले यो गीत गाउँदै गर्दा श्रेया फेरि भावुक बनेबी थिइन्।

‘इन्डियन आइडल १४’को मञ्चमा निर्णायकको प्रशंसा पाएको मेनुकाको भिडियो नेपाली सोसल मिडियामा भाइरल भइरहेको छ।

सिफारिस

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने बताएका छन् । कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका सचिव प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट नगदसहित सम्मानित भएका छन्। पोखरा फोटोग्राफर संघद्वारा आयोजित...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा काठमाडौंको गौशालास्थित होटल सिभम प्लाजामा सम्पन्न भएको छ। क्लबका अध्यक्ष रोहित कार्कीको अध्यक्षतामा सम्पन्न साधारण सभामा...

भर्खरै

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

नेपाल भलिबल लिगको विजेताले २० लाख पाउने

काठमाडौं — नेपालमै पहिलोपटक आयोजना हुन लागेको पुरुष भलिबलको...

इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा पुगे रवीन्द्र ढाँट

काठमाडौं - नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र...

रसुवा बाढीपीडितको राहतमा स्वस्तिश्री गुरुकुल, ५ लाखको कोष स्थापना

काठमाडौं - रसुवा जिल्लाको केरुङ नाका अन्तर्गत टिमुरे क्षेत्रमा...

धेरै पढिएको