भारत १२ वर्षपछि विश्वकपको फाइनलमा

न्युजिल्याण्डलाई पराजित गर्दै घरेलु टोली भारत १२ वर्षपछि आईसीसी विश्वकप २०२३ को फाइनलमा प्रवेश गरेको छ।

बुधबार भएको खेलमा न्युजिल्याण्डलाई ७० रनले पराजित गर्दै आयोजक भारत सन् २०११ पछि विश्वकपको उपाधि नजिक पुगेको हो।

भारतले दिएको ३ सय ९८ रनको विशाल लक्ष्य पछ्याएको न्युजिल्यान्ड ४८.५ ओभरमा ३ सय २७ रन बनाउँदा अलआउट भयो।

न्युजिल्याण्डलाई कम स्कोरमा रोक्न मोहम्मद सामी एक्लैले ७ विकेट दिए। घातक बलिङ गरेका सामीले ९.५ ओभरमा मात्र ५७ रन दिएर ७ विकेट आफ्नो नाममा गरे।

जसप्रित बुमराह, मोहम्मद सिराज र कुलदिप यादवले समान एक विकेट लिए। न्युजिल्याण्डका कप्तान केन विलियम्सन र डर्याल मिचेलले तेस्रो विकेटका लागि १ सय ८१ रनको साझेदारी गरे।

डर्याल मिचेलले सर्वाधिक १ सय ३४ रन बनाए पनि टोलीको हार टार्न सकेनन्। उनले १ सय १९ बलमा ९ चौका र ७ छक्का प्रहार गर्दा मोहम्मद सामीको बलमा रविन्द्र जडेजाको हातबाट क्याच आउट भए। कप्तान केन विलियम्सन ६९ रनमा क्याच आउट भए । ग्लेन फिलिप्स ४१ रनमा आउट भए।

त्यसअघि वानखडे स्टेडियम मुम्बईमा टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै ३ सय ९८ रनको विशाल योगफल तयार पारेको थियो।

न्युजिल्याण्डलाई विशाल योगफल दिने क्रममा विराट कोहली र युवा ब्याटर श्रेयस ऐरले शतकिय पारी खेले।

कीर्तिमानी प्रदर्शन गरेका विराट कोहलीले १ सय १३ बलमा ९ चौका र २ छक्कासहित सर्वाधिक १ सय १७ रनको योगदान दिए। विराटको यो ओडिआइ करियरको ५० औं शतक हो। विराटले यसअघि सचिन तेन्दुलकरको ४९ औं शतकको कीर्तिमान तोडेका हुन्।

ऐरले ७० बलमा ४ चौका र ८ छक्कासहित १ सय ५ रन बनाए। कप्तान रोहित शर्माले ४७ रन बनाए।

शुभमन गिल ८० र लोकेश राहुल ३९ रनमा नट आउट रहेर न्युजिल्यान्डका टिम साउथीले ३ विकेट लिए। ट्रेन्ट बोल्टले १० ओभरमा ८६ रन खर्चेर १ विकेट आफ्नो नाममा गरे।

आज बिहिबार हुने दोस्रो सेमिफाइन्लमा अष्ट्रेलिया र दक्षिण अफ्रिका भिड्नेछन्। फाइनल खेल आइतबार हुनेछ।

सिफारिस

मार्की खेलाडीको रूपमा निरुता ठगुन्नालाई मधेश युनाइटेडले दियो निरन्तरता

काठमाडौं — दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग (EWVL) का लागि टोली मधेश युनाइटेड ले राष्ट्रिय महिला भलिबल टोलीकी प्रमुख स्पाइकर निरुता ठगुन्नालाई पुनः...

नीति शाहलाई मधेश युनाइटेडले गर्‍यो ब्रान्ड एम्बासडर नियुक्त

काठमाडौं — दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग (EWVL) का लागि सहभागी टोली मधेश युनाइटेड ले चर्चित मोडल तथा अभिनेत्री नीति शाहलाई आफ्नो ब्रान्ड...

नेपालकै सबैभन्दा ठूलो टेनिस बलमा आधारित टी-१० क्रिकेट लागि टिम दर्ता प्रक्रिया सुरु

काठमाडौँ - नेपाल स्ट्रीट प्रिमियर लिग (एनएसपीएल)का लागि टिम दर्ता प्रक्रिया सुरु गरिएको छ। डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा हुन लागेको यो लिग...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

नीति शाहलाई मधेश युनाइटेडले गर्‍यो ब्रान्ड एम्बासडर नियुक्त

काठमाडौं — दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग (EWVL)...

नेपालकै सबैभन्दा ठूलो टेनिस बलमा आधारित टी-१० क्रिकेट लागि टिम दर्ता प्रक्रिया सुरु

काठमाडौँ - नेपाल स्ट्रीट प्रिमियर लिग (एनएसपीएल)का लागि टिम...

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको एक वर्षः के-के भए काम ?

काठमाडौं — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको एकवर्षे...

घट्यो पेट्रोल–डिजेलको मूल्य

बुधबार बिहान एक बजेबाट लागू हुने गरी पेट्रोल–डिजेलको भाउ...

सुशील श्रेष्ठको तस्वीर पर्यटन बोर्डको उत्कृष्ट तीनमा, २५ हजार पुरस्कार

काठमाडौं – नेपाल पर्यटन बोर्डद्वारा आयोजना गरिएको मासिक अनलाइन...

बालुुवाटारमा प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको छलफल

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार नेकपा...

धेरै पढिएको