प्रदेशैपिच्छे प्रहरी देशले धान्छ ?

प्रदेश सरकारहरू सधैं संघले अधिकार दिएन भनिरहन्छन्। संघले कतिपय मुद्दामा सुनेको नसुन्यै पनि गर्छ। कर्मचारी समायोजन र प्रहरी समायोजनमा संघ र प्रदेशबीचको विवादको हलो अड्किएको छ। प्रदेशहरू प्रहरी र प्रशासनबिनाको सरकार नहुने भन्दै प्रहरी आफू मातहत मागिरहेका छन्, संघमा आनाकानी छ। कर्मचारी नभएकैले काम गर्न पाइएन भन्ने प्रदेशहरूले लोकसेवा आयोग नै गठन गरी आफैं कर्मचारी भर्ना गरिसकेका छन्।

संघबाट समायोजन भएर गएका कर्मचारीहरूको हकमा पनि प्रदेशहरूले नीति नियम बनाएर उनीहरूका माग सम्बोधन गरेका छन्। रह्यो प्रहरीको कुरा, यसमा धेरै गम्भीर बहस हुनुपर्छ, तर भएको छैन। हो, एउटा सरकारका नाताले प्रदेश सरकारहरू प्रहरी आफू मातहत चाहन्छन्। त्यो प्रदेशहरूको इच्छा र चाहना हो। संघले भने सम्पूर्ण देश र शान्ति सुरक्षाको संवेदनशीलता ख्याल गर्नुपर्छ, त्यस अनुसारमात्रै प्रहरीको समायोजनको खाका बनाउनुपर्छ। हचुवाका भरमा प्रहरीकाबारे निर्णय लिनु घातक हुन सक्छ।

विभिन्न देशको अनुभव हेर्दा तल्लो तहको सरकारअन्तर्गतका प्रहरीको छवि धुमिल छ। हाम्रो जस्तो विकृत राजनीति भएको देशमा झन् प्रदेशहरूले प्रहरीलाई कति राजनीतीकरण गर्लान्, त्यो सहजै अनुमान गर्न सकिन्छ। संघ सरकार आफैं त प्रहरी संगठनको व्यावसायिकता गिजोलिरहन्छ भने प्रदेशहरूमा आवश्यक परिपक्वता अझै विकास नभएको परिप्रेक्ष्य छ। प्रहरी भनेको नागरिकको जिउधनको सुरक्षा र अपराध अनुसन्धानसँग जोडिन्छ। तल्लो तहका प्रहरीहरूको व्यापक राजनीतीकरण भई दिँदै भारतलगायत देशमा अपराध अनुसन्धानमा केन्द्रीय अनुसन्धान ब्युरो नै अघि सर्नुपरेको हुन्छ। निष्पक्षताको प्रश्न पनि उत्तिकै हुन्छ, तसर्थ प्रदेश मातहत हुने प्रहरीले अपराध तहकिकातमा त्यो धर्म पूरा गर्न विभिन्न परिस्थितिजन्य बाधा बेहोर्नुपर्छ।

अपराध अनुसन्धानमा संघकै प्रहरी चाहिन्छ। अर्काे कुरा शान्ति सुरक्षा र विभिन्न झैझमेला तथा दंगाफसादलगायत मामलामा प्रदेशको आफ्नै पूर्वाग्रह रहन सक्ने संवेदनशीलताको ख्याल पनि गरिनुपर्छ। भोलिका दिनमा अराजकता उत्पन्न हुने, प्रदेशपिच्छेका प्रहरीमा अनेक रूपता हुने र एकैखाले स्ट्यान्डर्ड नहुने अवस्था नआओस् भन्ने कुरामा ध्यान दिन जरुरी छ।

हालैका दिनमा प्रदेशका गृहमन्त्रीहरूले गृहमन्त्री र प्रधानमन्त्रीलाई प्रहरी समायोजनको जुन माग गरे, त्यो प्रसंगमा प्रहरी समायोजनको मुद्दालाई विविध आयामहरूको कसीमा घोटेर हेरिनुपर्छ। हचुवामा कुनै निर्णय हुनुहुँदैन। प्रहरी संगठनको व्यावसायिक र प्रहरी जवान तथा अधिकृतहरूको मनोबल उच्च हुने तथा मुलुकको शान्ति सुरक्षा चुस्त सुनिश्चित गर्न निर्णय लिनुपर्छ। अन्नपूर्ण पोस्टबाट

सिफारिस

उपप्रधानमन्त्री सिंहद्वारा कीर्तिपुरस्थित क्रिकेट स्टेडियमकाे छड्के अनुगमन

काठमाडौं - उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले कीर्तिपुर क्रिकेटमा निर्माणाधिन प्यारापिट र फ्लड लाइट जडान कार्यकाे छड्के अनुगमन गर्नुभएकाे छ । बिहीबार...

६ डीआईजी एआईजीमा बढुवा सिफारिस, को को परे ?

नेपाल प्रहरीका ६ जना नायब महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा सिफारिस भएका छन्। बिहीबार बसेको बढुवा समितिको बैठकले ६ जनालाई एआईजीमा बढुवा गर्न...

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्डबाट सम्मानित

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्ड २०८१’ बाट सम्मानित भएका छन् । शिलापत्र मल्टिमिडियामार्फत गहन विषयमा पनि सरल प्रस्तुति दिने क्षमता र सोसल मिडियामा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

६ डीआईजी एआईजीमा बढुवा सिफारिस, को को परे ?

नेपाल प्रहरीका ६ जना नायब महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक...

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्डबाट सम्मानित

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्ड २०८१’ बाट सम्मानित...

व्यवसायी पूर्ण श्रेष्ठ नेसनल क्यापिटल अनर अवार्डबाट सम्मानित

काठमाडौँ - व्यवसायी पूर्ण श्रेष्ठ ‘नेसनल क्यापिटल अवार्ड २०८१’...

उपराष्ट्रपति यादवसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेटवार्ता

काठमाडौँ – राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल)ले उपराष्ट्रपति...

प्राधिकरण प्रमुख शाक्यलाई स्वेतपत्र जारी गर्न र बक्यौता उठाउन ऊर्जामन्त्रीको निर्देशन

काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले...

तस्वीरमा हेर्नुस् यसरी मनाइयो भक्तपुरको बोडेमा ‘जिब्रो छेड्ने जात्रा’

काठमाडौं – बिस्का जात्राको अन्तर्गत मङ्गलबार भक्तपुरको बोडेमा प्राचीन...

धेरै पढिएको