गृहमन्त्री नारायणकाजी श्रेष्ठ फेरि बिरामी, गंगालालमा भर्ना

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ फेरि बिरामी परेका छन्।छातीमा असहज महसुस भएपछि गएराति साढे ११ बजे उनलाई गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारीमा गरिएको उनको सचिवालयले जनाएको छ।

हाल सघन उपचार कक्षमा उनको उपचार भइरहेको छ। उनकाे स्वास्थ्यावस्था स्थिर रहेको गृहमन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

‘उपप्रधानमन्त्री एवं गृहमन्त्रीज्यू नियमित स्वास्थ्य परीक्षणका क्रममा आज मिति २०८० मंसिर १९ गते शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारीमा भर्ना हुनुभई आंशिक अवरोध रहेको भागमा समेत डा.अरुण मास्के सहितको चिकित्सक टोलीले एन्जियोप्लास्टी सर्जरी गरी सघन उपचार कक्षमा उपचाररत रहनुभएको र हाल उहाँको स्वास्थ्य अवस्था स्थिर रहेको व्यहोरा अस्पतालले जनाएको छ,’ मन्त्रालयका प्रवक्ता नारायण प्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

यसअघि गएको कात्तिक १ गते चीन भ्रमणका क्रममा श्रेष्ठलाई हृदयाघात भएको थियो।

हृदयाघात भएपछि बेइजिङस्थित पेकिङ मेडिकल कलेज अस्पतालमा एक सातासम्म उपचार गराएर उनी स्वदेश फर्किएका थिए।

हेर्नुहोस् गृह मन्त्रालयको विज्ञप्ति

सिफारिस

रामदत्त जोशी एआईजीमा बढुवा सिफारिस

नेपाल प्रहरीका डीआईजी रामदत्त जोशी एआईजीमा बढुवा सिफारिस भएका छन्। आइतबार बेलुका बसेको बढुवा समितिको बैठकले जोशीलाई बढुवा गर्न सिफारिस गरेको हो। जोशी त्रिभुवन अन्तर्राष्ट्रिय...

आज यी प्रदेशमा ठूलो वर्षा हुने, सतर्क रहन आग्रह

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

खेतमा धान गोड्न व्यस्त किसान (तस्वीरहरू)

अहिले देशभरका किसान खेतमा छन् । रोपाईं सकिएपछि किसान खेतमा पस्नुको कारण हो, धानका गाँजबीचमा उम्रिने झार उखेलेर फाल्ने । असारको पहिलो सातातिर खेतमा धान...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

आज यी प्रदेशमा ठूलो वर्षा हुने, सतर्क रहन आग्रह

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले...

खेतमा धान गोड्न व्यस्त किसान (तस्वीरहरू)

अहिले देशभरका किसान खेतमा छन् । रोपाईं सकिएपछि किसान...

संसदमा पुष्पलाललाई सम्झँदा पुष्पकमल उच्चारण गरेपछि…

काठमाडौं - प्रतिनिधिसभाका सांसद किरणकुमार साहले नेपाल कम्युनिस्ट पार्टीका...

अमेरिकी राष्ट्रपतिको दौडबाट पछि हटे बाइडेन, कमलालाई समर्थन

अमेरिकी राष्ट्रपति जो बाइडेन आफ्नो उम्मेदवारीबाट पछि हटेका छन्...

काठमाडौंमा भारी वर्षा, कस्तो रहला दिनभरको मौसम ?

काठमाडौँ– पछिल्लो एक घण्टा काठमाडौंको सुन्दरीजल, कपन र आसपास...

आज साउनको पहिलो सोमबार: पशुपतिनाथमा बिहानैदेखि भक्तजनको भीड

आज साउन महिनाको पहिलो सोमबार । पशुपतिनाथलगायत देशभरका शिव...

धेरै पढिएको