बालकुमारी घटनापछि श्रम मन्त्रालयले निकाल्यो यस्तो विज्ञप्ति

काठमाडौँ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पानी जहाज निर्माण क्षेत्रमा आवेदन दिएकाहरूलाई उत्पादनमूलक क्षेत्रमा आवेदन दिन पाउने गरी वार्ता भइरहेको जनाएको छ । एचआरडी कोरियासँग यो विषयमा निर्णयमा पुग्ने गरी छलफल तथा वार्ता भइरहेको मन्त्रालयले जनाएको हो ।

मन्त्रालयले शुक्रवार एक विज्ञप्ति जारी गर्दै उनीहरूले उठान गरेका मागका विषयमा छलफल भइरहेको जनाएको हो । ‘यसवर्ष पानी जहाज निर्माण क्षेत्रतर्फ आवेदन दिएकाहरूलाई माग बमोजिम उत्पादनमूलक क्षेत्र तर्फको आवेदन गर्न सक्ने गरी आवश्यक निर्णयमा पुग्ने गरी वार्ता एवम् तयारी भइरहेको हुँदा हाललाई सबै प्रकारका आन्दोलन, धर्नाजस्ता क्रियाकलापहरू नगर्नु हुन सम्बद्ध सबैलाई अनुरोध छ’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

ईपीएस कोरिया शाखाले मङ्सिर १९ गते सूचना प्रकाशित गर्दै उत्पादनमूलक क्षेत्रका लागि आवेदन फाराम भर्न आह्वान गरेको थियो । जसमा सूचनाको बुँदा नं. ५ को (च) मा उल्लेख भएको विषयलाई लिएर २०२३ को पानी जहाज निर्माण क्षेत्र परीक्षामा सहभागी भएका परीक्षार्थीहरूले उक्त बुँदा हटाउन माग गर्दै आएका थिए । उनीहरूले ज्ञापन पत्र पेश गरी धर्ना, जुलुस जस्ता कार्यहरू गर्दै आएका थिए ।

एक वर्षमा एकभन्दा बढी क्षेत्रहरूमा आवेदन दिन नसकिने भन्ने कोरियामा आप्रवासी कामदार जाने १६ देशहरूका लागि लागू छ ।

आन्दोलनकारीले शुक्रबार बिहान भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला सवार गाडी आगजनी गरेका थिए। त्यसपछि प्रहरीले बल प्रयोग गर्दा दुई जनाको ज्यान गएको छ। एक जनाको गोली लागेको छ भने अर्काको शरीरमा चोट लागेको छ।

मृत्यु हुनेमा २३ वर्षीय सुजन राउत र २२ वर्षीय वीरेन्द्र शाह छन्। राउतको किष्ट अस्पताल र शाहको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

प्रहरीले ५४ जनाभन्दा बढी प्रदर्शनकारीहरूलाई नियन्त्रणमा लिएको छ। यसैबीच शुक्रबार नै उच्च अदालत पाटनले सबैलाई परीक्षामा सामेल गराउन आदेश दिएको छ।

WhatsApp Image 2023-12-29 at 5.00.58 PM

सिफारिस

उत्कृष्टलाई नगदसहित यमन तिज म्यूजिक अवार्ड २०८१ को आयोजना हुने

काठमाडौ - उत्कृष्टलाई नगदहित यमन तिज म्यूजिक अवार्ड २०८१ को आयोजना हुने भएको छ । नेपाली महिलाहरुको महान चाड हरितालीका तिजको अवसरमा नेपाली रितीरिवाज,...

न्यूरोडमा फुटपाथ विस्तारका लागि महानगरले फेरि थाल्यो काम (तस्वीरहरू)

न्यूरोड क्षेत्रमा काठमाडौं महानगरपालिकाले फेरि फुटपाथ विस्तारको काम थालेको छ। उच्च अदालत पाटनले फुटपाथ विस्तार गर्न बाटो खोलिदिएपछि महानगरले बुधबार बिहानैदेखि पुनः काम थालेको...

भेटेर भन्दा डिजिटल माध्यमबाट शुभकामना दिन प्रधानमन्त्री ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रत्यक्ष भेटेर भन्दा डिजिटल माध्यमबाट शुभकामना, बधाई दिन आग्रह गरेका छन्। प्रधानमन्त्री ओलीले आफूलाई भेटेर शुभकामना, बधाई दिँदा माला, खादा आदि...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

न्यूरोडमा फुटपाथ विस्तारका लागि महानगरले फेरि थाल्यो काम (तस्वीरहरू)

न्यूरोड क्षेत्रमा काठमाडौं महानगरपालिकाले फेरि फुटपाथ विस्तारको काम थालेको...

भेटेर भन्दा डिजिटल माध्यमबाट शुभकामना दिन प्रधानमन्त्री ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रत्यक्ष भेटेर भन्दा डिजिटल माध्यमबाट...

बिहानै भूकम्पको धक्का

काठमाडौं - मुगुमा भूकम्प धक्का महशुस गरिएको छ ।...

हरिशयनी एकादशी आज, तुलसीको बिरुवा सारिँदै

काठमाडौँ - प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा...

आज बागमतीसहित यी ६ प्रदेशमा भारी वर्षा हुने

काठमाडौँ - हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम...

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि...

धेरै पढिएको