कोरोना स्कुलमा अबाकस, बालबालिकाको क्षमता देखेर अभिभावक खुशी

काठमाडौं । काठमाडौंको ढुंगेधारा बनस्थलीमा रहेको कोरोना स्कुलमा ‘स्कुल लेबल अबाकस प्रतियोगीता’ सम्पन्न भएको छ । प्रतियोगीतामा कक्षा १ देखि ५ सम्मका १५० जना विद्यार्थीहरु सहभागी थिए । कोरोना स्कुलमा १ वर्षदेखि अबाकस लागु भएको हो ।

प्रतियोगीता सुरु हुनुभन्दा पहिले विद्यार्थीहरुले गणितिय समस्याहरु अबाकसमार्फत सजिलै हल गरेका थिए । आफ्ना बालबालिकाको क्षमतामा आएको परिवर्तन देखेर अभिभावकहरुले खुशी व्यक्त गरेका छन् । स्कुल लेबल अबाकस प्रतियोगीता लगत्तै प्रतिक्रिया दिँदै अभिभावकले यो कार्यक्रम एकदमै राम्रो लागेको प्रतिक्रिया दिएका छन् ।

यसले बच्चाहरुको मस्तिस्कमा निक्कै ठूलो सहयोग गरेको र स्कुलमा अबाकस लागु गरेकोमा आफूहरु निक्कै गौरवान्वित भएको उनीहरुले बताए । पहिले केही समय सोचेर मात्रै गणितिय समस्याको हल गर्ने बालबालिका अबाकस लागु भएदेखि निक्कै छिटो समाधान गर्न सक्ने भएका र अझै राम्रो हुँदै जाने अपेक्षा अभिभावकको छ ।

विद्यालयका प्रिन्सिपल देविना श्रेष्ठ, महर्जनले पनि आफ्नो विद्यालयमा अबाकस लागु गरेकोमा निक्कै खुशी व्यक्त गरिन् । यसले आफ्ना विद्यार्थीको स्मरण शक्तिमा उल्लेख्य सुधार भएको प्रिन्सिपल महर्जनले बताईन् ।

बाल बिकास एनसीमास संस्थाका कार्यकारी निर्देशक तेजु नेपालले कोरोना स्कुलबाट अभिभावको उल्लेखनीय उपस्थिति र हौसला मिलेको बताए । कोरोना स्कुलले अबाकसलाई उच्च स्थान दिएको आफूले महसुस गरेको भन्दै उनले विद्यालय स्तरीय प्रतियोगीताका ३ जना विजेताले राष्ट्रिय स्तरको प्रतियोगीतामा सहभागी हुने अवसर पाउने बताए ।

पछिल्लो समय अबाकसको प्रभावकारिता देखिन थालेको भन्दै उनले धेरै स्कुलमा यसको माग हुँदै गएको र सबै स्कुलमा यसलाई पुर्याउने बताए । फागुनमा राष्ट्रियस्तरको अबाकस प्रतियोगीता हुँदै छ । त्यसका लागि विभिन्न विद्यालयमा ‘स्कुल लेबल अबाकस प्रतियेगीता’ भईरहेका छन् ।

शैक्षिक क्षेत्रमा नयाँ प्रयोग गरिएको अवाकसले बालबालिकाको मष्तिस्क विकास, गणितीय समस्या समाधान गर्न सहज, ध्यानलाई केन्द्रीकृत गराउने गर्दछ ।

विश्वका १ सय ५० भन्दा बढी देशमा यसको प्रयोग भइरहेको छ । बालबालिकाको शैक्षिक प्रणालीमा सुधार ल्याउन २ हजार बर्ष पुरानो फादर अफ कम्प्युटर अवाकसलाई विद्यालयले बैकल्पिक विषयका रुपमा पठनपाठन गराउँदै आएको छ ।

सिफारिस

रामेछाप गेस्ट हाउसबाट ६ बालिकाको उद्धार, सञ्चालकसहित २ जना पक्राउ

काठमाडौँको कोटेश्वरस्थित एक गेस्ट हाउसबाट ६ जना बालिकाको उद्धार गरिएको छ । बालिकालाई असामाजिक काममा लगाउने गरेको भन्ने सूचनाका आधारमा नेपाल प्रहरीको मानव बेचबिखन...

एक वर्षमा दुई लाख ३१ हजारले गरे पाथीभरा देवीको दर्शन

एक वर्षको अवधिमा दुई लाख ३१ हजार तीन सय ३४ भक्तजनले पाथीभरा देवीको दर्शन गरेका छन्। पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका...

बरालले पाए धितोपत्र बोर्ड अध्यक्षको जिम्मेवारी

काठमाडौं – नेपाल धितोपत्र बोर्ड अध्यक्षको जिम्मेवारी महेश बरालले पाएका छन् । बिहीबार अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले बराललाई नियुक्ति पत्र हस्तान्तरण गर्दै पद तथा गोपनीयताको शपथ...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

एक वर्षमा दुई लाख ३१ हजारले गरे पाथीभरा देवीको दर्शन

एक वर्षको अवधिमा दुई लाख ३१ हजार तीन सय...

बरालले पाए धितोपत्र बोर्ड अध्यक्षको जिम्मेवारी

काठमाडौं – नेपाल धितोपत्र बोर्ड अध्यक्षको जिम्मेवारी महेश बरालले...

श्रीलंकाविरुद्ध खेल्ने भारतीय क्रिकेट टिमको घोषणा, फेरिए कप्तान

काठमाडौं– भारतीय क्रिकेट बोर्डले श्रीलंकाविरुद्ध हुने टी-२० र एकदिवसीय...

आज कहाँ कहाँ हुन्छ भारी वर्षा ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले...

आज बागमतीसहित पाँच प्रदेशमा ठूलो वर्षा हुने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले...

उत्कृष्टलाई नगदसहित यमन तिज म्यूजिक अवार्ड २०८१ को आयोजना हुने

काठमाडौ - उत्कृष्टलाई नगदहित यमन तिज म्यूजिक अवार्ड २०८१...

धेरै पढिएको