एसिया प्यासेफिकमा अबाकस, विद्यार्थीको क्षमता देखेर अभिभावक दंग

काठमाडौं । काठमाडौंको टोखास्थित धापासीमा रहेको एसिया प्यासेफिक स्कुलमा अबाकस प्रतियोगीता सम्पन्न भएको छ । बाल बिकास एनसीमास संस्थाको सहकार्यमा सम्पन्न भएको प्रतियोगीतामा कक्षा ३ देखि ७ सम्मका विद्यार्थीहरु सहभागी थिए ।

प्रतियोगीताबाट छानिएकामध्ये ३ जना राष्ट्रियस्तरको अबाकस प्रतियोगीतामा प्रतिष्पर्धा गर्न पाउनेछन् । अबाकससँगै एसिया प्यासेफिकमा आईतबार नै हस्तलेखन प्रदर्शनीसमेत भएको छ । प्रदर्शनीका क्रममा ६ महिनाअघिको विद्यार्थीको लेखाई र अहिलेको लेखाईको मूल्यांकन गरिएको थियो ।

स्कुल लेबल अबाकस प्रतियोगीता सकिएलगत्तै बाल बिकास एनसीमासका कार्यकारी निर्देशक तेजु नेपालले विद्यार्थीले देखाएको क्षमताले आफू निक्कै गौरवान्वित भएको बताए । त्यसक्रममा उनले बालबालिकासँग विभिन्न चरणमा अबाकस डेमोस्ट्रेसनसमेत गरेका थिए ।

कार्यक्रममा सहभागी हुन पुगेका अभिभावकले अबाकसले आफ्ना बालबालिकामा निक्कै नै राम्रो परिवर्तन आएको प्रतिक्रिया दिएका छन् । बालबालिकाको ध्यान केन्द्रीत गर्न यसले निक्कै ठूलो भूमिका खेलेको उनीहरुको भनाई छ ।
विद्यालयका प्रिन्सिपल रमेश घिमिरेले छोटो समयमै अभिभावकको माया पाएको प्रतिक्रिया दिए । बालबालिकालाई ३० प्रतिशत अतिरिक्त क्रियाकलापमा संलग्न गराउँदै आएको भन्दै उनले अबाकस निक्कै राम्रो प्रणाली रहेको आफूले महसुस गरेको बताए । बालबालिकाको मस्तिस्क विकासमा यसले निक्कै ठूलो टेवा पुर्याएको भन्दै उनले खुशी व्यक्त गरे ।

फागुनमा राष्ट्रियस्तरको अबाकस प्रतियोगीता हुँदैछ । त्यसका लागि विभिन्न विद्यालयमा ‘स्कुल लेबल अबाकस प्रतियोगीता’ भईरहेका छन् । शैक्षिक क्षेत्रमा नयाँ प्रयोग गरिएको अवाकसले बालबालिकाको मष्तिस्क विकास, गणितीय समस्या समाधान गर्न सहज, ध्यानलाई केन्द्रीकृत गराउने गर्दछ ।

विश्वका १ सय ५० भन्दा बढी देशमा यसको प्रयोग भइरहेको छ । बालबालिकाको शैक्षिक प्रणालीमा सुधार ल्याउन २ हजार बर्ष पुरानो फादर अफ कम्प्युटर अवाकसलाई विद्यालयले बैकल्पिक विषयका रुपमा पठनपाठन गराउँदै आएको छ ।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको