एसिया प्यासेफिकमा अबाकस, विद्यार्थीको क्षमता देखेर अभिभावक दंग

काठमाडौं । काठमाडौंको टोखास्थित धापासीमा रहेको एसिया प्यासेफिक स्कुलमा अबाकस प्रतियोगीता सम्पन्न भएको छ । बाल बिकास एनसीमास संस्थाको सहकार्यमा सम्पन्न भएको प्रतियोगीतामा कक्षा ३ देखि ७ सम्मका विद्यार्थीहरु सहभागी थिए ।

प्रतियोगीताबाट छानिएकामध्ये ३ जना राष्ट्रियस्तरको अबाकस प्रतियोगीतामा प्रतिष्पर्धा गर्न पाउनेछन् । अबाकससँगै एसिया प्यासेफिकमा आईतबार नै हस्तलेखन प्रदर्शनीसमेत भएको छ । प्रदर्शनीका क्रममा ६ महिनाअघिको विद्यार्थीको लेखाई र अहिलेको लेखाईको मूल्यांकन गरिएको थियो ।

स्कुल लेबल अबाकस प्रतियोगीता सकिएलगत्तै बाल बिकास एनसीमासका कार्यकारी निर्देशक तेजु नेपालले विद्यार्थीले देखाएको क्षमताले आफू निक्कै गौरवान्वित भएको बताए । त्यसक्रममा उनले बालबालिकासँग विभिन्न चरणमा अबाकस डेमोस्ट्रेसनसमेत गरेका थिए ।

कार्यक्रममा सहभागी हुन पुगेका अभिभावकले अबाकसले आफ्ना बालबालिकामा निक्कै नै राम्रो परिवर्तन आएको प्रतिक्रिया दिएका छन् । बालबालिकाको ध्यान केन्द्रीत गर्न यसले निक्कै ठूलो भूमिका खेलेको उनीहरुको भनाई छ ।
विद्यालयका प्रिन्सिपल रमेश घिमिरेले छोटो समयमै अभिभावकको माया पाएको प्रतिक्रिया दिए । बालबालिकालाई ३० प्रतिशत अतिरिक्त क्रियाकलापमा संलग्न गराउँदै आएको भन्दै उनले अबाकस निक्कै राम्रो प्रणाली रहेको आफूले महसुस गरेको बताए । बालबालिकाको मस्तिस्क विकासमा यसले निक्कै ठूलो टेवा पुर्याएको भन्दै उनले खुशी व्यक्त गरे ।

फागुनमा राष्ट्रियस्तरको अबाकस प्रतियोगीता हुँदैछ । त्यसका लागि विभिन्न विद्यालयमा ‘स्कुल लेबल अबाकस प्रतियोगीता’ भईरहेका छन् । शैक्षिक क्षेत्रमा नयाँ प्रयोग गरिएको अवाकसले बालबालिकाको मष्तिस्क विकास, गणितीय समस्या समाधान गर्न सहज, ध्यानलाई केन्द्रीकृत गराउने गर्दछ ।

विश्वका १ सय ५० भन्दा बढी देशमा यसको प्रयोग भइरहेको छ । बालबालिकाको शैक्षिक प्रणालीमा सुधार ल्याउन २ हजार बर्ष पुरानो फादर अफ कम्प्युटर अवाकसलाई विद्यालयले बैकल्पिक विषयका रुपमा पठनपाठन गराउँदै आएको छ ।

सिफारिस

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय बस खरिद गर्न अब बैंक तथा वित्तीय संस्थाबाट सवारीको मूल्यको ८० प्रतिशतसम्म कर्जा लिन सकिने...

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक महत्वपूर्ण उपलब्धिमा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ विश्वकै प्रतिष्ठित युवा फुटबल प्रतियोगिता डाना कप (DANA...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४ वर्ष कैद सजाय पाएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी करिब १० महिनापछि जेलमुक्त हुने भएका छन्। रायमाझी २०८०...

भर्खरै

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका...

लाखेननीमा १०८ भैरव तथा पञ्चकुमारी पूजा (तस्वीरहरू)

काठमाडौं- काठमाडौं महानगरपालिका–२० स्थित लाखेननी चोकमा आयोजित १०८ भैरव,...

आज देशभरका सरकारी कार्यालयमा झन्डा आधा झुकाइने

कतारका पूर्वअमिर शेख हमिद बिन खालिफा अल थानीको मृत्युको...

पनौतीमा धान गोडमेलको चटारो (तस्वीरहरू)

काभ्रे - काभ्रेपलाञ्चोकको पनौती क्षेत्रमा यतिबेला किसानहरू धान गोडमेलमा...

धेरै पढिएको