काठमाडौँमा बढ्यो चिसो, न्यूनतम तापक्रम ओरालो लागेको लाग्यै

केही दिनयता काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ओरालो लागेको लाग्यै छ। यस क्रममा आज (मंगलबार) बिहान ६:४५ बजे काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५.६ डिग्री सेल्सियस देखिएको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन्।

हिजो (सोमबार) उपत्यकाको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस थियो। आजको आधिकारिक न्यूनतम तापक्रम भने अहिले ८:४५ बजे आउनेछ। तर त्यतिबेला बिहानको भन्दा अझ केही घट्ने सम्भावना हुन्छ।

यही पुस ११ गते काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम बढेर ८ डिग्री सेल्सियसम्म उक्लिएको थियो। त्यसयता फेरि क्रमशः ओरालो लाग्न थालेको हो।

मौसमविद्का अनुसार मौसम बदली भएर राति आकाशमा बादल लाग्यो भने बिहान न्यूनतम तापक्रम बढ्छ भने राति आकाश छ्याङ्ग रह्यो भने न्यूनतम तापक्रम घट्छ।

मौसमविद् नगरकोटीका अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १८ देखि २० डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ। आज काठमाडौँ उपत्यकामा दिउँसो घाम लाग्ने सम्भावना पनि रहेको उनले बताइन्।

सिफारिस

चिनियाँ अधिकारीद्वारा दोलखामा चीन–नेपाल सांस्कृतिक कार्यक्रम तथा शैक्षिक सामग्री वितरण

दोलखा – अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा दोलखाको तामाकोशी–५ जलविद्युत् आयोजनास्थल नजिक रहेको श्री गौरीशंकर माध्यमिक विद्यालयमा चीन–नेपाल सांस्कृतिक आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। चीन ग्रामीण...

कांग्रेस जिल्ला सभापति यादव निलम्बित

काठमाडौँ – कांग्रेस केन्द्रीय अनुशासन समितिले बारा जिल्ला सभापति राजेश राय यादवलाई निलम्बन गरेको छ। गत फागुन २१ गते सम्पन्न चुनावमा पार्टीको आधिकारिक उम्मेदवारलाई हराउन...

लिवियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली, ४२ सैनिक प्रस्थान

काठमाडौं - संयुक्त राष्ट्र सङ्घको आह्वानमा लिवियामा सञ्चालित शान्ति स्थापना मिसनमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरिएको छ। नेपाली सेनाका अनुसार, लिवियास्थित संयुक्त राष्ट्र सङ्घीय...

भर्खरै

कांग्रेस जिल्ला सभापति यादव निलम्बित

काठमाडौँ – कांग्रेस केन्द्रीय अनुशासन समितिले बारा जिल्ला सभापति...

लिवियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली, ४२ सैनिक प्रस्थान

काठमाडौं - संयुक्त राष्ट्र सङ्घको आह्वानमा लिवियामा सञ्चालित शान्ति...

भारतीय प्रधानमन्त्रीसँग रविको भेट, के- के भयो कुराकानी ?

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि...

राणा शासन ढल्यो, राजतन्त्र ढल्यो, अब अराजकतन्त्रको पालो : ओली

काठमाडौं - नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले...

काठमाडौं र दिल्ली दुवैतिरका ‘गड्याङगुडुङ’ प्रिय छैनन् : बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी...

‘हिट एक्सन डे २०२६’ : अत्यधिक गर्मीको जोखिमबारे सचेतना बढाउन आग्रह

काठमाडौं - अत्यधिक गर्मीका कारण मानव स्वास्थ्य, जीविकोपार्जन तथा...

धेरै पढिएको