प्रहरीका वरिष्ठ सईहरू किन पुगे सर्वोच्च अदालत ?

काठमाडौँ – प्रहरीका वरिष्ठ प्रहरी नायव निरीक्षक (वरिष्ठ सई) हरुले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । आफूले पाउनुपर्ने ग्रेड रकम नपाएको भन्दै उनीहरूले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका हुन् ।

प्रहरीबाट राजीनामा दिएर र अवकाश पाएका पूर्व वरिष्ठ सईहरू पनि अदालतमा पुगेका छन् । अवकाश प्राप्त सुफतमान राई, राम करन गुप्ता, सुरेश कुमार राई र ओमप्रकाश शाक्य सहितका जुनियर अधिकृतहरूले दायर गरेको रिटमा सर्वोच्चले कारण देखाऊ आदेश जारी गरेको छ । पुस १६ मा सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमानले कारण देखाऊ आदेश जारी गरेका हुन् ।

बहालमा रहेका वरिष्ठ सई विनय बहादुर चन्द सहित १४ जनाले दायर गरेको रिटमा मंगलबार सुनुवाइ हुँदै छ । प्रहरी नायव निरीक्षकले हाल तलबमा ८ ग्रेड थप सेवा सुविधा पाउँछन् । तर, वरिष्ठ प्रनानीहरुले २ ग्रेड मात्र पाउने गरेको उनीहरूको गुनासो छ । सर्वोच्चमा रिट दायर गर्ने मध्येका एक जना वरिष्ठ सईले रातो पाटीसँग भने–‘हाम्रो दर्जा बढाउने निर्णय भयो तर, सेवा सुविधा यजुनिरले पाउने भन्दा कम पाएका छौँ ।’

एक दिनको तलब बराबर १ ग्रेड हुन्छ । वरिष्ठ प्रनानीहरुले थप ३ ग्रेड रकम पाउनुपर्ने माग गरेका छन् । पूर्व वरिष्ठ प्रनानीहरुले बहालमा रहँदा पाउनुपर्ने तर, नपाएको रकम पाउन माग गरेका हुन् । बहालवाला प्रनानीको तलब स्केल अहिले ३५ हजार ६५० छ । सो रकममा प्रति ग्रेड ८९ रुपैयाँको दरमा पाँच ग्रेड पाउनुपर्ने उनीहरूको माग छ ।

अवकाश प्राप्त सईहरुले प्रतिमहिना २६२ रुपैयाँको दरले थप ग्रेड रकम भुक्तानी दिनुपर्ने माग गरेका हुन् । अवकाशमा गएकाहरूले ग्रेड रकम मिलान गरेर निवृत्तिभरण दिन माग गरेका छन् । उनीहरूले उपचार खर्च र बिदाको रकम पनि पाउन माग गरेका छन् । वरिष्ठ प्रनानीहरुले मन्त्रीपरिषद्को कार्यालय, अर्थ मन्त्रालयका सचिव, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, राष्ट्रिय प्रहरी किताबखाना र निवृत्तिभरण व्यवस्थापन कार्यालयलाई विपक्षी बनाएका छन् ।

सिफारिस

कुलमानलाई पदमुक्त गर्दा मन्त्रिपरिषद्ले लिएको १० प्रमुख आधार र कारणहरू

काठमाडौ - नेपाल सरकार मन्त्रिपरिषद्ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गर्ने निर्णय गरेको छ। उक्त निर्णयका पछाडि विभिन्न प्रशासनिक, कानुनी, नीति-नियम...

उज्ज्वल कोइराला नेपाली कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागको सदस्यमा मनोनित

काठमाडौँ – नेपाली कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागको सदस्यमा इन्जिनीयर उज्ज्वल कोइराला मनोनित हुनुभएको छ। कांग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको विधान, २०१७...

राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५ घोषणा, के-के छन् मापदण्ड ?

काठमाडौं – राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालले ‘राष्ट्रिय फोटोपत्रकारिता दिवस २०८२’ को अवसरमा आयोजना गरिने ‘५ औं राष्ट्रिय फोटोपत्रकारिता अवार्ड २०२५’ आयोजना गर्ने...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

उज्ज्वल कोइराला नेपाली कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागको सदस्यमा मनोनित

काठमाडौँ – नेपाली कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागको...

राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५ घोषणा, के-के छन् मापदण्ड ?

काठमाडौं – राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालले ‘राष्ट्रिय...

बारबरा फाउन्डेसनद्वारा खोजमूलक पत्रकारिता फेलोसिपको घोषणा

काठमाडौं - भ्रष्टाचार, सुशासन, वातावरणीय परिवर्तन, स्वास्थ्य, शिक्षा तथा...

मध्यपुर थिमि नगरपालिका मुलुककै उत्कृष्ट नगरपालिका पुरस्कारबाट सम्मानित

काठमाडौं - वातावरण, संस्कृति, र पर्यटन प्रवर्द्धनमा उत्कृष्ट कार्य...

काठमाण्डू लिजेन्ड्सले ‘जिरी मेनिया २०२५’ आयोजना गर्दै

काठमाडौँ - नेपालका विभिन्न पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धन गर्ने उद्देश्यले...

आजदेखि एसईई, देशभरबाट पाँच लाख १४ हजार ७१ परीक्षार्थी सहभागी

माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु हुँदैछ। राष्ट्रिय परीक्षा...

धेरै पढिएको