बालेनले गरे सचिवालय प्रमुखसहित ३ कर्मचारी निलम्बित

काठमाडौं– काठमाडौं महानगरपालिकाका तीन जना कर्मचारी निलम्बनमा परेका छन्।

नगरसभाको २३ औँ बैठकमा भएको कार्यपालिकाको निर्णय सच्याएर आफूखुसी निर्णय गरेको पाइएपछि उनीहरूलाई महानगरले निलम्बन गरेको हो।

निलम्बनमा पर्नेमा मेयर बालेन्द्र शाहको सचिवालय प्रमुख नुरनिधि न्यौपाने, स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल र वरिष्ठ शाखा अधिकृत भगवती बिडारी छन्।

नगरसभा बैठकले महानगरपालिकाको १८ नम्बर वडाको स्वास्थ्य प्रवर्द्धन केन्द्रमा पाँचजना कर्मचारीलाई निरन्तरता दिने निर्णय गरेकोमा नगरसभाको निर्णय नै उल्ट्याएर शाखा अधिकृत बिडारीको छोरीको नाम पनि थप गरेर ६ जना बनाइएको पाइएपछि मेयर शाह आफैंले यस विषयमा चासो राखेको महानगर स्रोतले बतायो।

छानबिनका क्रममा नगरसभाकै निर्णय परिवर्तन गरेको पाइएपछि मेयर शाह आफैँले त्यसमा संलग्न कर्मचारीलाई निलम्बन गरेका हुन्।

उक्त निर्णय प्रमाणीकरण गर्ने विषयमा प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी पनि तानिएपछि उनी बिदामा बसेको स्रोतले बतायो। बिदा सकिएलगत्तै अधिकारी पनि निलम्बनमा पर्नेछन्।

नगरसभाको पाँच जनाको नाम भएको निर्णयको अन्तिम प्रमाणीकरण गरेका प्रमुख प्रशासकीय अधिकृतले छ जना भएको लिस्टको समेत प्रमाणीकरण गरेको पाइएपछि उनको पनि संलग्नता खुलेको महानगर स्रोतको दाबी छ।

सिफारिस

विमान दुर्घटनामा घाइते पाइलट शाक्यको कस्तो छ स्वास्थ्य अवस्था ?

काठमाडौँ - सौर्य एयरलाइन्सको विमान दुर्घटनामा घाइते भएका पाइलट मनिषरत्न शाक्यको अवस्था ‘खतरामुक्त’ रहेको छ । बुधबार अन्तर्राष्ट्रिय विमानस्थलस्थित सौर्य एयरको ९–एनए एमई विमान दुर्घटनामा...

१७ तस्वीरमा हेर्नुस् त्रिभुवन विमानस्थलको डिलमै दुर्घटना भएको जहाजको भग्नावशेष

काठमाडौं-  त्रिशूलीमा दुईवटा बस खसेर ४० भन्दा बढी यात्रु बेपत्ता भएको घटना नसेलाउँदै बुधबार विमान दुर्घटनाको अर्को नियति दोहोरिएको छ, त्यो पनि त्रिभुवन विमानस्थलको...

गृहमन्त्रीसहित विमान दुर्घटनास्थल पुगेका प्रधानमन्त्री ओलीले दिए यस्तो निर्देशन

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली विमान दुर्घटनास्थल पुगेका छन्। दुर्घटनास्थल पुगेर प्रधानमन्त्रीले त्यहाँको घटनाबारे जानकारी लिएका हुन्। त्रिभुवनस्थलस्थित दुर्घटनास्थलमा पुगेर उनले कारण बुझ्न...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

१७ तस्वीरमा हेर्नुस् त्रिभुवन विमानस्थलको डिलमै दुर्घटना भएको जहाजको भग्नावशेष

काठमाडौं-  त्रिशूलीमा दुईवटा बस खसेर ४० भन्दा बढी यात्रु...

गृहमन्त्रीसहित विमान दुर्घटनास्थल पुगेका प्रधानमन्त्री ओलीले दिए यस्तो निर्देशन

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली विमान दुर्घटनास्थल पुगेका...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्यको जहाज दुर्घटना

काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्यको जहाज दुर्घटना...

आज कहाँ-कहाँ पर्छ पानी ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले...

महिला एसिया कप: भारतसँग ८२ रनले पराजित हुँदै नेपाल समूह चरणबाटै बाहिरियो

काठमाडौं - नेपाल भारतसँग ८२ रनले पराजित भएको छ।...

एमालेले टुंग्यायो बागमतीमा मन्त्री हुने ६ जनाको नाम

नेकपा एमालेले बागमती प्रदेशमा आफ्नो तर्फबाट सहभागी मन्त्रीको नाम...

धेरै पढिएको