नेपाली कांग्रेसले राष्ट्रियसभाका उम्मेदवार छनोट गर्दा अपनाएको प्रक्रियाप्रति महामन्त्री विश्वप्रकाश शर्माले असन्तुष्टि जनाएका छन्।
कांग्रेसले सत्ता गठबन्धनबीच भागबण्डा गर्दा राष्ट्रियसभामा १० सिट पाएको छ। जसमा उठाउने उम्मेदवारसमेत कांग्रेसले गएराति टुंग्याएको छ।
उम्मेदवार छनोट गर्दा पार्टी सभापति शेरबहादुर देउवा र संसदीय बोर्डले अपनाएको कार्यशैलीप्रति शर्माले कांग्रेस संसदीय बोर्डमा मौखिक रुपमा असहमति जाहेर गरेका हुन्। उनले बोर्डमा राखेका असहमतिका ६ बुँदा यस्ता छन्ः
१) उम्मेदवार चयनको समग्र सन्दर्भमा शभापतिको कार्यशैलीसँग प्रष्ट असहमत।
२) संसदीय बोर्डलाई पूर्णता नदिएर हामी पदाधिकारीले मात्रै निर्णय गर्ने भए बिधानमा किन राखेको?
३) राष्ट्रियसभाकाे बिशिस्टता बढाउने कर्तब्य दलहरूकै होइन र ? काँग्रेसले यो हेक्का राख्नुपर्छ कि पर्दैन?
४) समावेशीताको सिद्धान्त बिधानमा कि ब्यवहारमा ?
५) नेतृत्वले फरक विचार समूह गाँस्ने कि एक्लै बढ्ने? फरक विचार समूहले भाग मात्र लिने कि न्यायोचित प्रतिनिधित्व खोज्ने?
६) राष्ट्रियसभाकै नेतृत्व गर्ने गरि अपवाद स्विकार्य, अन्य सोझै र प्रष्ट अस्वीकार्य। योगदान र योग्यता बोकेका सयौं साथी हुनुन्छ, जिम्मेवारीको अवसर न्यायोचित हुनुपर्छ।