भालुवाङ बस दुर्घटना: ज्यान गुमाएका १२ मध्ये ८ जनाको सनाखत

बाँकेको नेपालगन्जबाट काठमाडौँतर्फ जाँदै गरेको बस दाङको भालुवाङस्थित राप्ति नदीमा खस्दा ज्यान गुमाएका १२ मध्ये ८ जनाको सनाखत भएको छ।

दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीका अनुसार गएराति १ बजेसम्म मृत्यु हुनेको संख्या १२ पुगेको हो। तीमध्ये अहिलेसम्म ८ जनाको मात्र सनाखत भएको छ। अन्य मृतकको सनाखत हुन सकेको छैन।

शव लमहीस्थित लमही अस्पतालमा राखिएका छन्।

दुर्घटनामा मृत्यु भएकामध्ये मकवानपुरको हेटौँडाका ३९ वर्षीय सौरभ विष्ट, काठमाडौँको चन्द्रागिरि नगरपालिका–५ का ६५ वर्षीय ताराकान्त पाण्डे, भारत उत्तर प्रदेशका ३१ वर्षीय मुने, जुम्लाका ४० वर्षीय मुनबहादुर रावत, बाँकेका २० वर्षीय रामबहादुर हरिजन, रुकुमका २५ वर्षीय दीपक कामी, भारत विहारका ६७ वर्षीय देवेन्द्र राय र बाँकेको नेपालगन्जकी ६० वर्षीया कुसुम बस्नेतको सनाखत भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी घाइते भएकामध्ये आठ जनाको बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए। उनका अनुसार पाँचवटा एम्बुलेन्समा घाइतेलाई शिक्षण अस्पताल ल्याइएको थियो।

इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक उज्वलबहादुर सिंहका अनुसार नमस्ते यातायातको भे१ख ३९१२ नम्बरको बस गए राति १०:३० बजे राप्ति नदीमा खसेको हो। प्रहरीले बसका चालक सल्यान घर भएका २८ वर्षिय लालबहादुर नेपालीलाई नियन्त्रणमा लिएको छ। रासस

सिफारिस

आज चौथो पटक प्रधानमन्त्री बन्दै केपी ओली

काठमाडौं – प्रतिनिधिसभाका दुई ठूला राजनीतिक दलको सहकार्यमा आइतबार नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली नयाँ प्रधानमन्त्री नियुक्त हुँदैछन्। प्रधानमन्त्री पुष्पकमल दाहाल...

मौसम: आज यी स्थानमा भारी वर्षा हुने, सतर्कता अपनाउनु हुन अनुरोध

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ रहेको छ। यतिबेला कोसी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि...

काठमाडौँ महानगरले गर्यो कलंकीको बर्गर हाउसलाई २ लाख जरिवाना

काठमाडौं– काठमाडौँ महानगरपालिकाले कलंकीमा रहेको बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेनलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ । अनलाइन मःम अर्डर गर्ने ग्राहकलाई गन्ध भएको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

मौसम: आज यी स्थानमा भारी वर्षा हुने, सतर्कता अपनाउनु हुन अनुरोध

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून...

काठमाडौँ महानगरले गर्यो कलंकीको बर्गर हाउसलाई २ लाख जरिवाना

काठमाडौं– काठमाडौँ महानगरपालिकाले कलंकीमा रहेको बर्गर हाउस एण्ड क्रन्ची...

१८ महिनामा ढल्यो प्रचण्ड सरकार, पाएनन् विश्वासको मत

पाँचौ पटकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्‌बाट विश्वास गुमाएका...

बेपत्ता यात्रुको खोजी तथा उद्धार गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं– नारायणगढ-मुग्लिन सडकखण्डको सिमतालमा पहिरोले दुई वटा यात्रु बस...

कास्कीमा पहिरोले घर पुरिँदा ११ जनाको ज्यान गयो

कास्की– निरन्तरको वर्षापछि आएको पहिरोमा पुरिएर कास्कीमा ११ जनाको...

पहिरोसँगै त्रिशूलीमा खसेका २ वटा बसमा कति थिए यात्रु ? तीन पौडिएर निस्किए

चितवन– नारायणगढ-मुग्लिन सडकमा शुक्रबार बिहान पहिरोले बगाएर त्रिशूलीमा खसेका...

धेरै पढिएको