मौसम: तीन दिन यी स्थानमा पानी र हिउँ पर्ने हुने

झन्डै डेढ महिनाको अन्तरालपछि देशका विभिन्न स्थानमा हिउँदे वर्षा हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायु र बंगलादेशको दक्षिण आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभावले आजदेखि कम्तीमा ३ दिनसम्म नेपालका विभिन्न स्थानमा पानी तथा हिउँ पर्ने सम्भावना देखिएको हो।

महाशाखाका मौसमविद् सरोज पुडासैनीले आजदेखि विभिन्न प्रदेशका पहाडी भेगमा वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुने सम्भावना रहेको जानकारी दिए।

‘हामी सामान्यतया ३ दिनसम्मको मौसम अनुमान गर्ने गर्छाैं’, उनले भने, ‘आजदेखि ३ दिन अर्थात् बुधबारसम्मै देशका विशेषगरी पहाडी भेगमा पानी र उच्च पहाडी तथा हिमाली भेगमा हिउँ पर्ने सम्भावना देखिएको छ।’

मौसमविद् पुडासैनीका अनुसार गत डिसेम्बर ५ तारिख (मंसिर १९) यता नेपालका कुनै पनि स्थानमा पानी परेको थिएन। ‘अलि लामै समयको ग्यापपछि हिउँदे वर्षा हुन लागेको हो’, उनले भने।

आज केही प्रदेशका पहाडी क्षेत्रमा पानी तथा हिमाली भेगमा हिउँ पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले अघि बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो देशको पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी स्थानमा मौसम मुख्यतया सफा रहनेछ।

तर यस क्रममा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ। यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ।

महाशाखाको बुलेटिनअनुसार राति देशको पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी स्थानमा मौसम मुख्यतया सफा रहनेछ।

तर यस क्रममा राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ। साथै देशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना छ।

यसैबीच महाशाखाले आगामी २४ घण्टा (मंगलबार बिहान ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।

जसमा भनिएको छ : कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू्भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ। साथै तराईका धेरै स्थानमा लागेको हुस्सु/कुहिरो अपराह्नसम्ममा क्रमिक रूपमा सुधार हुँदै जाने सम्भावना रहेको हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकाले त्यसबाट हुन सक्ने असरका साथै चिसोबाट समेत बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउन हुन अनुरोध छ।

यस्तो छ तीन दिनको मौसम अनुमान-

माघ १ गते (सोमबार)

दिउँसो : देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

राति : देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

माघ २ गते (मंगलबार)

दिउँसो : देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। देशका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा र कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

राति : देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

माघ ३ गते (बुधबार)

दिउँसो : कोशी, बागमती ,गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थान र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

राति : बागमती प्रदेशको पहाडी भूभागमा आंशिक बदलीका साथै कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थान साथै बागमती र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान साथै बागमती र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

सिफारिस

मौसम: आज यी स्थानमा भारी वर्षा हुने, सतर्कता अपनाउनु हुन अनुरोध

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ रहेको छ। यतिबेला कोसी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि...

काठमाडौँ महानगरले गर्यो कलंकीको बर्गर हाउसलाई २ लाख जरिवाना

काठमाडौं– काठमाडौँ महानगरपालिकाले कलंकीमा रहेको बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेनलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ । अनलाइन मःम अर्डर गर्ने ग्राहकलाई गन्ध भएको...

१८ महिनामा ढल्यो प्रचण्ड सरकार, पाएनन् विश्वासको मत

पाँचौ पटकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्‌बाट विश्वास गुमाएका छन्। शुक्रबार (असार २८) मा प्रचण्डले विश्वास गुमाएसँगै गठन भएको १८ महिनापछि उनी नेतृत्वको सरकार...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

काठमाडौँ महानगरले गर्यो कलंकीको बर्गर हाउसलाई २ लाख जरिवाना

काठमाडौं– काठमाडौँ महानगरपालिकाले कलंकीमा रहेको बर्गर हाउस एण्ड क्रन्ची...

१८ महिनामा ढल्यो प्रचण्ड सरकार, पाएनन् विश्वासको मत

पाँचौ पटकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्‌बाट विश्वास गुमाएका...

बेपत्ता यात्रुको खोजी तथा उद्धार गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं– नारायणगढ-मुग्लिन सडकखण्डको सिमतालमा पहिरोले दुई वटा यात्रु बस...

कास्कीमा पहिरोले घर पुरिँदा ११ जनाको ज्यान गयो

कास्की– निरन्तरको वर्षापछि आएको पहिरोमा पुरिएर कास्कीमा ११ जनाको...

पहिरोसँगै त्रिशूलीमा खसेका २ वटा बसमा कति थिए यात्रु ? तीन पौडिएर निस्किए

चितवन– नारायणगढ-मुग्लिन सडकमा शुक्रबार बिहान पहिरोले बगाएर त्रिशूलीमा खसेका...

जाँदाजाँदै प्रचण्ड सरकारको मन्त्रिपरिषद् बैठकले के के गर्यो निर्णय ?

काठमाडौं – सरकारले बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र...

धेरै पढिएको