मौसम: आज यी स्थानमा वर्षा र हिमपात हुने

हाल नेपालमा पश्चिमी वायुसँगै बंगलादेशको दक्षिण भूभाग आसपास अवस्थित न्यून चापीय प्रणालीकोसमेत आंशिक प्रभाव रहेको छ।

जसको प्रभावस्वरुप यतिबेला (मंगलबार बिहान) देशका पहाडी भूभागको मौसम आंशिक बदलीको अवस्थामा छ भने तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको छ।

आज देशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा हुने र उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातकोसमेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

त्यसैगरी तराईका अधिकांश स्थानमा लागेको हुस्सु र कुहिरोको कारण तराई मधेश क्षेत्रको दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने अनुमान महाशाखाले गरेको छ।

आज दिउँसो देशका पहाडी भूभागको मौसम आंशिकदेखि साधारणतया बदलीको अवस्थामा रहने छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने अनुमान महाशाखाको छ।

आज राति पनि देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया मौसम बदलीकै अवस्थामा रहने छ। राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यसैगरी देशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा आज राति हल्का हिमपातकोसमेत सम्भावना छ।

भोलि (बुधबार) कोशी, बागमती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा साधारणतया बदली हुनेछ भने ती प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाकोसमेत सम्भावना छ।

त्यसैगरी भोलि पनि कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

महाशाखाले अबको तीन दिनसम्म देशका पहाडी भूभागमा मौसम बदली रही केही ठाउँमा वर्षा र हिमपात हुने पूर्वानुमान गरेको छ।

सिफारिस

उपप्रधानमन्त्री सिंहद्वारा कीर्तिपुरस्थित क्रिकेट स्टेडियमकाे छड्के अनुगमन

काठमाडौं - उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले कीर्तिपुर क्रिकेटमा निर्माणाधिन प्यारापिट र फ्लड लाइट जडान कार्यकाे छड्के अनुगमन गर्नुभएकाे छ । बिहीबार...

६ डीआईजी एआईजीमा बढुवा सिफारिस, को को परे ?

नेपाल प्रहरीका ६ जना नायब महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा सिफारिस भएका छन्। बिहीबार बसेको बढुवा समितिको बैठकले ६ जनालाई एआईजीमा बढुवा गर्न...

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्डबाट सम्मानित

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्ड २०८१’ बाट सम्मानित भएका छन् । शिलापत्र मल्टिमिडियामार्फत गहन विषयमा पनि सरल प्रस्तुति दिने क्षमता र सोसल मिडियामा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

६ डीआईजी एआईजीमा बढुवा सिफारिस, को को परे ?

नेपाल प्रहरीका ६ जना नायब महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक...

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्डबाट सम्मानित

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्ड २०८१’ बाट सम्मानित...

व्यवसायी पूर्ण श्रेष्ठ नेसनल क्यापिटल अनर अवार्डबाट सम्मानित

काठमाडौँ - व्यवसायी पूर्ण श्रेष्ठ ‘नेसनल क्यापिटल अवार्ड २०८१’...

उपराष्ट्रपति यादवसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेटवार्ता

काठमाडौँ – राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल)ले उपराष्ट्रपति...

प्राधिकरण प्रमुख शाक्यलाई स्वेतपत्र जारी गर्न र बक्यौता उठाउन ऊर्जामन्त्रीको निर्देशन

काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले...

तस्वीरमा हेर्नुस् यसरी मनाइयो भक्तपुरको बोडेमा ‘जिब्रो छेड्ने जात्रा’

काठमाडौं – बिस्का जात्राको अन्तर्गत मङ्गलबार भक्तपुरको बोडेमा प्राचीन...

धेरै पढिएको