देशकै कान्छो सहसचिव बने काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृत

काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सहसचिव प्रदिप परियार नियुक्त भएका छन्। परियार हाल राष्ट्रिय योजना आयोगमा कार्यरत छन्। उनलाई बुधबार बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौँको प्रमुख प्रशासकीय अधिकृत नियुक्त गरेको हो।

मेयर बालेन्द्र शाहले परियारसहित तीनजनाको नाम संघीय मामिला तथा प्रशासन मन्त्रालयमा सिफारिस गरेका थिए।

सिफारिस गरिएका मध्येबाट परियारलाई काठमाडौँको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा पठाएको हो।

काठमाडौँ महानगर केही दिनदेखि प्रमुख प्रशासकीय अधिकृतविहीन थियो। प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीमाथि छानबिन भइरहेको छ।

नगरसभाले गरेको निर्णयविरुद्ध कर्मचारी भर्तीमा कीर्ते गरेको पाइएपछि अधिकारीमाथि सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारीको नेतृत्वमा छानबिन थालिएको हो।

उनको छानबिन चलिरहँदा मेयर शाहले अधिकारीलाई बिदामा बस्न भनेका छन्। मन्त्रालय स्रोतका अनुसार अधिकारीको मधेसी आयोगमा सरुवा गरिएको छ।

‘उहाँ (परियार)सहित तीनजनाको नाम पनि सिफारिस भएको थियो,’ स्रोतले भन्यो, ‘युवा उमेर र काम गर्नसक्ने क्षमता देखेपछि परियारलाई मेयर शाहकै इच्छाअनुसार काठमाडौँ महानगर पठाइएको हो।’

परियारलाई महानगरमा ल्याउन मेयर शाहले पनि चाहना राखेका थिए। महानगरपालिकाका सहरी योजना आयोगको उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारीको नेतृत्वमा अधिकारीमाथि छानबिन पनि भइरहेको छ।

उक्त समितिलाई आगामी माघ १६ गतेसम्ममा प्रतिवेदन बुझाउने म्याद दिइएको छ।

परियार देशकै कान्छो सहसचिव हुन्। परियारसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ७ वर्ष शाखा अधिकृतको रुपमा काम गरेको अनुभव छ। २०४६ साल वैशाखमा जन्मिएका परियारलाई ०७८ चैत ८ गते लोकसेवाको बैठकले सहसचिवमा सिफारिस गरेको थियो।

उनी नायब सुब्बा, शाखा अधिकृत हुँदै सहसचिव बनेका हुन्। उनले १ वर्ष नायब सुब्बा र ८ वर्ष शाखा अधिकृतको रुपमा काम गरेका थिए।

परियार २०६९ सालमा निजामती सेवामा प्रवेश गरेका थिए। स्नातक पब्लिक युथ क्याम्पस गरेका उनी अस्ट्रेलियाली सरकारको छात्रावृत्तिमा अस्ट्रेलियन नेसनल युनिभर्सिटीबाट स्नात्तकोत्तर हुन्।

महानगर स्रोतका अनुसार परियारलाई सोमबार कार्यालयमा स्वागत गर्ने तयारी छ। ‘उहाँलाई सोमबार कार्यालय बोलाउनेगरी तयारी अघि बढेको छ,’ मेयर शाहको सचिवालय स्रोतले भन्यो।

परियार आउने भएपछि महानगरका कर्मचारी पनि उत्साहित छन्। एक कर्मचारीले भने, ‘मेयर साबजस्तै उत्साह बोकेको अधिकृत पाउँदा हामीलाई पनि काम गर्न सहज हुने आशा राखेका छौँ।’

सिफारिस

मिथेन ग्याँस र धौवादी फलामको उत्खनन्बारे ब्रिफिङ :छिटो उत्पादनमा लाग्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखको ग्याँस उत्खनन् र पूर्वी नवलपरासीको धौवादी फलाम खानी उत्पादनका विषयमा आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र...

रातको समय यस्तो देखियो ग्वार्को ओभरपास (तस्वीरहरू)

काठमाडौं – ललितपुरको ग्वार्को चोकमा निर्माण भएको ओभरपास सञ्चालनमा आएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेसँगै ओभरपासबाट औपचारिक रूपमा सवारी साधन सञ्चालनमा आएका...

सांसद एकनाथ ढकालद्वारा इटाली संसदमा सम्बोधन

रोम, इटाली - सांसद एकनाथ ढकालले अन्तरसंसदीय संघ (IPU) को आयोजनामा इटाली संसद भवनमा सम्पन्न दोस्रो अन्तरआस्थीय संवाद सम्मेलनमा सम्बोधन गरेका छन्। “हाम्रो साझा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

रातको समय यस्तो देखियो ग्वार्को ओभरपास (तस्वीरहरू)

काठमाडौं – ललितपुरको ग्वार्को चोकमा निर्माण भएको ओभरपास सञ्चालनमा...

सांसद एकनाथ ढकालद्वारा इटाली संसदमा सम्बोधन

रोम, इटाली - सांसद एकनाथ ढकालले अन्तरसंसदीय संघ (IPU)...

स्थानीय अर्ग्यानिक आँप प्रवर्द्धन गर्न ‘म्याङ्‍गो राइड’ सुरु

काठमाडौँ — स्थानीय अर्ग्यानिक उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना...

भिडियो र फोटोमा हेर्नुस् उद्घाटनअघि यस्तो देखियो ग्वार्कोको ‘ओभरपास’

काठमाडौं - काठमाडौं उपत्यकाको निकै व्यस्त सडक ललितपुरस्थित ग्वार्को...

बालुवाटारमा सत्तारुढ दुई दलका ८ नेता छलफलमा

सत्तारुढ दुई दल नेपाली कांग्रेस र एमालेका ८ नेता...

एमसीसीको पूर्ण कार्यान्वयन हुन्छ : अमेरिकी दूतावास

संयुक्त राज्य अमेरिकाको अनुदानसम्बन्धी सम्झौता ‘मिलेनियम च्यालेन्ज कम्प्याक्ट’ कार्यान्वयनले...

धेरै पढिएको