न्युरोड क्षेत्रमा आजदेखि पार्किङ गर्न निषेध

न्युरोड क्षेत्रको कालोपत्रे सडकमा आजदेखि पार्किङ् गर्न निषेध गरिएको छ । काठमाडौँ महानगरपालिकाले आजदेखि सडकमा पार्किङ् गर्ने अभ्यासमा रोक लगाउँदै सवारी आवागमनलाई सहज बनाउने प्रयास थालेको हो । पार्किङ्ग निषेध गरिएका स्थानहरुमा ‘नो पार्किङ्ग’ का संकेत चिन्ह राखिएका छन् ।

यसैगरी नगर प्रहरी खटाएर पार्किङ्ग गर्न आउनेलाई आजबाट कालोपत्रे सडकमा पार्किङ्ग गर्न नपाइने जानकारी गराइँदै छ । यस क्रममा आज विहान वीर अस्पताल अगाडिको सडक खण्डमा पार्किङ्ग गरिएका मोटरसाइकलहरु नगर प्रहरीको सवारी साधनको प्रयोग गरेर उठाइएको छ ।

नयाँ सडक जानु पर्ने सवारी धनीलाई काठमाडौँ टावर (साविक पुरानो बसपार्क) मा निःशुल्क पार्किङ्को सुविधा उपलब्ध गराइएको महानगर प्रहरी बलका प्रमुख वरिष्ठ नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले जानकारी दिए। यस ठाउँमा ३ सय वटा चारपाङ्ग्रे सवारी साधन र ७ सय वटा २ पाङ्ग्रे सवारी साधन पार्किङ् गर्न सकिन्छ ।

पार्किङ् निषेध गरिएको ठाउँमा आज विहानै देखि विशेष सरसफाइ गरियो । महानगर प्रहरी बल र वातावरण व्यवस्थापन विभागबाट साधन, उपकरण तथा जनशक्ति परिचालन गरेर सरसफाइ गरिएको हो ।

यसअघि धर्मपथ, जुद्ध शालिकदेखि इन्द्रचोकतर्फको सडक खण्ड, खिचापोखरी, प्युखा, महावौद्ध, वीरअस्पताल आसपासको कालोपत्रे सडकमा सवारी पार्किङ् हुने गरेको थियो ।

सडकमा पार्किङ्ग गर्ने परम्परागत परिपाटीमा सुधार गर्ने क्रममा बागबजार, पुतलीसडक, दरबारमार्ग, झोँछेलगायत धेरै ठाउँमा पार्किङ्ग निषेध गरिसकिएको छ ।

सिफारिस

विमान दुर्घटनामा घाइते पाइलट शाक्यको कस्तो छ स्वास्थ्य अवस्था ?

काठमाडौँ - सौर्य एयरलाइन्सको विमान दुर्घटनामा घाइते भएका पाइलट मनिषरत्न शाक्यको अवस्था ‘खतरामुक्त’ रहेको छ । बुधबार अन्तर्राष्ट्रिय विमानस्थलस्थित सौर्य एयरको ९–एनए एमई विमान दुर्घटनामा...

१७ तस्वीरमा हेर्नुस् त्रिभुवन विमानस्थलको डिलमै दुर्घटना भएको जहाजको भग्नावशेष

काठमाडौं-  त्रिशूलीमा दुईवटा बस खसेर ४० भन्दा बढी यात्रु बेपत्ता भएको घटना नसेलाउँदै बुधबार विमान दुर्घटनाको अर्को नियति दोहोरिएको छ, त्यो पनि त्रिभुवन विमानस्थलको...

गृहमन्त्रीसहित विमान दुर्घटनास्थल पुगेका प्रधानमन्त्री ओलीले दिए यस्तो निर्देशन

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली विमान दुर्घटनास्थल पुगेका छन्। दुर्घटनास्थल पुगेर प्रधानमन्त्रीले त्यहाँको घटनाबारे जानकारी लिएका हुन्। त्रिभुवनस्थलस्थित दुर्घटनास्थलमा पुगेर उनले कारण बुझ्न...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

१७ तस्वीरमा हेर्नुस् त्रिभुवन विमानस्थलको डिलमै दुर्घटना भएको जहाजको भग्नावशेष

काठमाडौं-  त्रिशूलीमा दुईवटा बस खसेर ४० भन्दा बढी यात्रु...

गृहमन्त्रीसहित विमान दुर्घटनास्थल पुगेका प्रधानमन्त्री ओलीले दिए यस्तो निर्देशन

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली विमान दुर्घटनास्थल पुगेका...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्यको जहाज दुर्घटना

काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्यको जहाज दुर्घटना...

आज कहाँ-कहाँ पर्छ पानी ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले...

महिला एसिया कप: भारतसँग ८२ रनले पराजित हुँदै नेपाल समूह चरणबाटै बाहिरियो

काठमाडौं - नेपाल भारतसँग ८२ रनले पराजित भएको छ।...

एमालेले टुंग्यायो बागमतीमा मन्त्री हुने ६ जनाको नाम

नेकपा एमालेले बागमती प्रदेशमा आफ्नो तर्फबाट सहभागी मन्त्रीको नाम...

धेरै पढिएको