अमिनिटी स्कुलमा अवाकस प्रतियोगितासँगै हस्तलेखन र चित्रकला प्रदर्शनी (तस्वीरहरू)

काठमाडौं – अमिनिटी ईङ्गलिस सेकेण्डरी स्कुलमा अवाकस प्रतियोगिता सम्पन्न भएको छ । भक्तपुरको मध्यपुर ठिमि नगरपालिका–३ तेर्साटारमा रहेको उक्त स्कुलमा बुधबार बालविकास एनसीमास संस्थाको सहकार्यमा प्रतियोगिता सम्पन्न गरिएको हो ।

 प्रतियोगितामा १ देखि ७ कक्षासम्मका विद्यार्थीहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा छानिएका विद्यार्थीहरुले आगामी फागुन २० गते हुने राष्ट्रियस्तरको प्रतिगोगितामा सहभागी हुन पाउने छन्। स्कुलले अबाकससँगै हस्तलेखन र चित्रकला प्रदर्शनीसमेत आयोजना गरिएको थियो । प्रदर्शनीमा विद्यार्थीहरुले बनाएका चित्र र हस्तलेखनलाई अभिभावकहरूले अवलोकन गरेका थिए।

स्कुलमा अवाकस प्रणाली लागु गरिसकेपछि विद्यार्थीहरुमा ध्यान केन्द्रित गर्ने क्षमता वृद्दि प्रिन्सिपल सूर्य भण्डारीले बताए । ‘यस प्रणाली प्रयोग गर्न पाउँदा बालबालिकाहरु पनि एकदमै उत्साहित भएकाको पाएका छौं  र अभिवाभकहरू पनि उतिकै उत्साहित भएको पाएका छौं ।’ भण्डारीले भने।  पछिल्लो समय विद्यार्थीहरु धेरै ग्याजेटहरूमा फ्यामिलिएर भएको अवस्थामा गणितीय समस्या समाधान गर्न अवाकस प्रणाली निक्कै नै प्रभावकारी साबित भएको छ।

त्यसैगरी, अभिभावकहरुले पनि अवाकसले गर्दा बालबालिका छिट्टो हिसाब गर्न सक्ने भएको बताए । उनीहरुले आजको कार्यक्रममा आफ्ना बालाबालिकाले अवाकस प्रणालीबाट छिटो छरितो तरिकाले गणितीय समस्या समाधान गरेको प्रत्यक्ष देख्न पाउँदा झन् धेरै अवाकस सम्बन्धि जानकारी पाएको भन्दै खुसी व्यक्त गरे।

बालबिकास एनसीमास संस्थाका म्यानेजर सुजित पाण्डेले अहिलेको समय बालबालिकाहरुमा मोबाईलको लत बसिरहेको छ  अवाकस प्रणालीले उनीहरूको स्क्रिन समय घटाउन पनि सहयोग पुगिरहेको बताए । पाण्डेले आजको भएको प्रतियोगितामा विजेता हुने तीन जना विद्यार्थीले  फागुन २० गते हुने राष्ट्रियस्तरको प्रतियोगिता सहभागी हुन पाउने पनि जानकारी दिए ।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको