अमिनिटी स्कुलमा अवाकस प्रतियोगितासँगै हस्तलेखन र चित्रकला प्रदर्शनी (तस्वीरहरू)

काठमाडौं – अमिनिटी ईङ्गलिस सेकेण्डरी स्कुलमा अवाकस प्रतियोगिता सम्पन्न भएको छ । भक्तपुरको मध्यपुर ठिमि नगरपालिका–३ तेर्साटारमा रहेको उक्त स्कुलमा बुधबार बालविकास एनसीमास संस्थाको सहकार्यमा प्रतियोगिता सम्पन्न गरिएको हो ।

 प्रतियोगितामा १ देखि ७ कक्षासम्मका विद्यार्थीहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा छानिएका विद्यार्थीहरुले आगामी फागुन २० गते हुने राष्ट्रियस्तरको प्रतिगोगितामा सहभागी हुन पाउने छन्। स्कुलले अबाकससँगै हस्तलेखन र चित्रकला प्रदर्शनीसमेत आयोजना गरिएको थियो । प्रदर्शनीमा विद्यार्थीहरुले बनाएका चित्र र हस्तलेखनलाई अभिभावकहरूले अवलोकन गरेका थिए।

स्कुलमा अवाकस प्रणाली लागु गरिसकेपछि विद्यार्थीहरुमा ध्यान केन्द्रित गर्ने क्षमता वृद्दि प्रिन्सिपल सूर्य भण्डारीले बताए । ‘यस प्रणाली प्रयोग गर्न पाउँदा बालबालिकाहरु पनि एकदमै उत्साहित भएकाको पाएका छौं  र अभिवाभकहरू पनि उतिकै उत्साहित भएको पाएका छौं ।’ भण्डारीले भने।  पछिल्लो समय विद्यार्थीहरु धेरै ग्याजेटहरूमा फ्यामिलिएर भएको अवस्थामा गणितीय समस्या समाधान गर्न अवाकस प्रणाली निक्कै नै प्रभावकारी साबित भएको छ।

त्यसैगरी, अभिभावकहरुले पनि अवाकसले गर्दा बालबालिका छिट्टो हिसाब गर्न सक्ने भएको बताए । उनीहरुले आजको कार्यक्रममा आफ्ना बालाबालिकाले अवाकस प्रणालीबाट छिटो छरितो तरिकाले गणितीय समस्या समाधान गरेको प्रत्यक्ष देख्न पाउँदा झन् धेरै अवाकस सम्बन्धि जानकारी पाएको भन्दै खुसी व्यक्त गरे।

बालबिकास एनसीमास संस्थाका म्यानेजर सुजित पाण्डेले अहिलेको समय बालबालिकाहरुमा मोबाईलको लत बसिरहेको छ  अवाकस प्रणालीले उनीहरूको स्क्रिन समय घटाउन पनि सहयोग पुगिरहेको बताए । पाण्डेले आजको भएको प्रतियोगितामा विजेता हुने तीन जना विद्यार्थीले  फागुन २० गते हुने राष्ट्रियस्तरको प्रतियोगिता सहभागी हुन पाउने पनि जानकारी दिए ।

सिफारिस

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय बस खरिद गर्न अब बैंक तथा वित्तीय संस्थाबाट सवारीको मूल्यको ८० प्रतिशतसम्म कर्जा लिन सकिने...

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक महत्वपूर्ण उपलब्धिमा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ विश्वकै प्रतिष्ठित युवा फुटबल प्रतियोगिता डाना कप (DANA...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४ वर्ष कैद सजाय पाएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी करिब १० महिनापछि जेलमुक्त हुने भएका छन्। रायमाझी २०८०...

भर्खरै

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका...

लाखेननीमा १०८ भैरव तथा पञ्चकुमारी पूजा (तस्वीरहरू)

काठमाडौं- काठमाडौं महानगरपालिका–२० स्थित लाखेननी चोकमा आयोजित १०८ भैरव,...

आज देशभरका सरकारी कार्यालयमा झन्डा आधा झुकाइने

कतारका पूर्वअमिर शेख हमिद बिन खालिफा अल थानीको मृत्युको...

पनौतीमा धान गोडमेलको चटारो (तस्वीरहरू)

काभ्रे - काभ्रेपलाञ्चोकको पनौती क्षेत्रमा यतिबेला किसानहरू धान गोडमेलमा...

धेरै पढिएको