दुर्गा प्रसाईकै लाइनमा प्रभु साहको पार्टी, यस्ता माग राखेर आज मधेश बन्द

रौतहट- पूर्व मन्त्री​ प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)ले आज मधेश बन्द गरेको छ । बैंकहरूले लिने गरेका मनोमानी ब्याज फिर्ता गराउन, लघुवित्त र सहकारीहरूको सम्पुर्ण ऋण मिनाहा गराउन तथा आम जनतालाई सहज कर्जा दिलाउन माग गर्दै आजपाले आज मधेश बन्दको आह्वान गरेको हाे ।

उक्त पार्टीले बुधबार मधेश प्रदेशभर मसाल जुलुस प्रर्दशन गरेको थियो ।

आज भनिएको बन्द सफल पार्न मधेश प्रदेशको राजधानी जनकपुरसँगै मधेशका सबै जिल्ला सदरमुकामलगायतको स्थानमा आजपा कार्यकर्ताहरूले बुधबार साँझ मसाल जुलुस प्रर्दशन गरेका हुन्।

आजपा निकट आईटी आर्मीका केन्द्रीय अध्यक्ष चन्द्रभुषण साहको नेतृत्वमा बुधबार जानकी मन्दिरमा सरसफाई गरिएको थियो भने जनकपुरको दुई स्थानमा बुधबार साँझ मसाल जुलुस प्रर्दशन गरिएको थियो ।

त्यसैगरी रौतहटको सदरमुकाम गौर , चन्द्रनिगाहपुर र गरुडामा मसाल जुलुस प्रर्दशन गरिएको हो ।

आजपाका जिल्ला इन्चार्ज त्रिभुवन साह, जिल्ला अध्यक्ष धर्मेन्द्र पटेल, पूर्व मेयर सियाराम कुशवाहा, पलत चौधरी, लालबाबु मन्सुरी, सुरेश चौधरी, अशोक चौधरीलगायत दर्जनौंको संख्यामा रहेका कार्यकर्ताहरूले चन्द्रनिगाहपुरमा मसाल जुलुस प्रर्दशन गरेका छन् । राजमार्गको पूर्वतर्फबाट नारा जुलुससहित आएका प्रदर्शनकारी र प्रहरीबीच चन्द्रपुर मुख्य चोकमा सामान्य झड्प भएको थियो ।

उता उमाशंकर साह, निवेश यादव, विक्रम साहले गौरमा र अनिल झा, विजय साहले गरुडास्थित मसाल जुलुसको नेतृत्व गरेका थिए ।

मसाल जुलुस प्रर्दशनको क्रममा चन्द्रपुरमा प्रहरीसँग सामान्य झड्प भएपनि गौर र गरुडा शान्तिपूर्ण प्रदर्शन भएको आजपाका जिल्ला अध्यक्ष त्रिभुवन साहले बताए ।

उता वीरगञ्‍ज, कलैया, मलंगवालगायत मधेश प्रदेशको सबै जिल्ला सदरमुकामलगायतका स्थानमा बुधबार साँझ मसाल जुलुस प्रर्दशन गरिएको आजपाले जनाएको छ ।

सिफारिस

जय नेपाल कप टी–२० क्रिकेट प्रतियोगितामा आठ टिमले प्रतिस्पर्धा गर्ने

काठमाडौं - जय नेपाल कप दक्षिण एसियाली विश्वविद्यालय टी–२० क्रिकेट प्रतियोगिता नेपालसहित भारत र बंगलादेशका आठ टिम प्रतिस्पर्धा गर्ने भएका छन् । आयोजक नेपाल...

पार्टीका मन्त्रीहरूलाई कांग्रेसले दियो ७ बुँदे निर्देशन (सूचीसहित)

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ओली सरकारमा रहेका मन्त्रीलाई आ–आफ्ना मन्त्रालयको काम प्रभावकारी बनाउन सातबुँदे निर्देशन जारी गरेका छन । बुढानिलकण्ठस्थित सभापति देउवा निवासमा...

यस्ता छन् ओली सरकारले अध्यादेशमार्फत ल्याइएका नयाँ व्यवस्था

काठमाडौँ । सरकारद्वारा जारी अध्यादेशले लगानी सहजीकरण, आर्थिक व्यवस्थापन र सेवा प्रवाह सुधारमा जोड दिएको छ । अध्यादेशमार्फत ल्याइएका नयाँ व्यवस्था सार्वजनिक गर्न प्रधानमन्त्री तथा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

पार्टीका मन्त्रीहरूलाई कांग्रेसले दियो ७ बुँदे निर्देशन (सूचीसहित)

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ओली सरकारमा रहेका...

यस्ता छन् ओली सरकारले अध्यादेशमार्फत ल्याइएका नयाँ व्यवस्था

काठमाडौँ । सरकारद्वारा जारी अध्यादेशले लगानी सहजीकरण, आर्थिक व्यवस्थापन...

युद्धविराम सम्झौतामा इजरायल र हमासले दिए यस्तो प्रतिक्रिया

गाजामा युद्धविराम र इजरायली बन्धकहरू रिहाइका लागि इजरायल र...

हमास र इजरायलले गरे युद्ध विरामको सहमति, छायो खुसीयाली

जेरुसेलम – हमास र इजरायलले १५ महिना लामो युद्ध...

मौसम: यी भूभागमा हिमपात, केही प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले...

बढ्यो डिजेल र पेट्रोल मूल्य

काठमाडौँ - डिजेल ३ र पेट्रोलमा २ रुपैयाँले मूल्य...

धेरै पढिएको