भुटानमा तीन नेपाली भाषी मन्त्री बने, ढुंगेलले पाए परराष्ट्रको जिम्मेवारी

काठमाडौं – भुटानमा तीन जना नेपाली भाषी मन्त्री बनेका छन्। भुटानी राजा जिग्मे खेसर नामग्याल वाङचुकबाट छिरिङ तोब्गे औपचारिक रुपमा प्रधानमन्त्री पदमा दोस्रो पटक नियुक्त भएसँगै तोब्गेले गठन गरेको नवगठित नौ सदस्यीय भुटानी मन्त्रिपरिषद्धमा तीन जना नेपाली भाषीलाई मन्त्रालयको जिम्मेवारी दिएका हुन्।

तोब्गेको मन्त्री मण्डलमा नेपाली भाषी डिएन ढुंगेललाई परराष्ट्रमन्त्रीको जिम्मेवारी दिइएको छ। शिक्षामन्त्रीमा डिम्पल थापा र पूर्वधार तथा यातायात मन्त्रीमा चन्द्रबहादुर थापा नियुक्त भएका छन्। भुटानको इतिहासमा नेपाली भाषी नागरिकले परराष्ट्र मन्त्रालयकै जिम्मेवारी सम्हालेको यो पहिलो पटक हो।

तीन जना नेपाली भाषी मन्त्रीमण्डलमा समाबेश भएसंगै देश निकालिएका भुटानी नागरिकहरु स्वदेश फर्कन पाउनेमा आशावादी देखिएका छन्। भुटान स्वतन्त्र पीपुल्स फोरमले प्रधानमन्त्री तोब्गेलाई बधाई दिँदै भुटानी शरणार्थीलाई स्वदेश फर्काउनका लागि सहयोग गर्न आग्रह गरेको छ।

भुटान स्वतन्त्र पीपुल्स फोरमका महासचिव डीबी सुब्बाले भुटानी शरणार्थीको समाधानका लागि अवसरहरु खोज्नका लागि प्रधानमन्त्री तोब्गे, तोब्गेको पार्टी र सरकारसँग सार्थक वार्ता गराउने अवसर जुटाउन समेत माग गरेका छन्।

सिफारिस

उपप्रधानमन्त्री सिंहद्वारा कीर्तिपुरस्थित क्रिकेट स्टेडियमकाे छड्के अनुगमन

काठमाडौं - उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले कीर्तिपुर क्रिकेटमा निर्माणाधिन प्यारापिट र फ्लड लाइट जडान कार्यकाे छड्के अनुगमन गर्नुभएकाे छ । बिहीबार...

६ डीआईजी एआईजीमा बढुवा सिफारिस, को को परे ?

नेपाल प्रहरीका ६ जना नायब महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा सिफारिस भएका छन्। बिहीबार बसेको बढुवा समितिको बैठकले ६ जनालाई एआईजीमा बढुवा गर्न...

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्डबाट सम्मानित

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्ड २०८१’ बाट सम्मानित भएका छन् । शिलापत्र मल्टिमिडियामार्फत गहन विषयमा पनि सरल प्रस्तुति दिने क्षमता र सोसल मिडियामा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

६ डीआईजी एआईजीमा बढुवा सिफारिस, को को परे ?

नेपाल प्रहरीका ६ जना नायब महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक...

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्डबाट सम्मानित

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्ड २०८१’ बाट सम्मानित...

व्यवसायी पूर्ण श्रेष्ठ नेसनल क्यापिटल अनर अवार्डबाट सम्मानित

काठमाडौँ - व्यवसायी पूर्ण श्रेष्ठ ‘नेसनल क्यापिटल अवार्ड २०८१’...

उपराष्ट्रपति यादवसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेटवार्ता

काठमाडौँ – राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल)ले उपराष्ट्रपति...

प्राधिकरण प्रमुख शाक्यलाई स्वेतपत्र जारी गर्न र बक्यौता उठाउन ऊर्जामन्त्रीको निर्देशन

काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले...

तस्वीरमा हेर्नुस् यसरी मनाइयो भक्तपुरको बोडेमा ‘जिब्रो छेड्ने जात्रा’

काठमाडौं – बिस्का जात्राको अन्तर्गत मङ्गलबार भक्तपुरको बोडेमा प्राचीन...

धेरै पढिएको