शुभकामना स्कुलमा अबाकस, बालबालिकाको क्षमता देखेर अभिभावक खुशी

काठमाडौं । काठमाडौंको तारकेश्वर ९ मा रहेको शुभकामना इङ्लिस बोर्डिङ स्कुलमा विद्यालय स्तरीय अबाकस प्रतियोगीता सम्पन्न भएको छ । ५ देखि १३ वर्ष उमेर समूहका बालबालिकाहरु सहभागी विद्यालय स्तरीय प्रतियोगीताबाट छानिएकामध्ये ३ जनाले राष्ट्रिय स्तरको प्रतिष्पर्धामा सहभागी बन्न पाउनेछन् । आगामी फागुन २० गते राष्ट्रियस्तरको प्रतिगोगिता हुँदैछ । यसै वर्षदेखि शुभकामना स्कुलले अबाकस लागु गरेको हो ।

कार्यक्रममा विद्यालयका प्रिन्सिपल कुमार ढकालले आफ्नो विद्यालयमा अबाकस लागु गर्न पाउँदा बाल विकास एनसीमास संस्थालाई धन्यवाद व्यक्त गरे । अबाकससँगै अरु धेरै अतिरिक्त क्रियाकलापहरु आफ्नो विद्यालयमा हुने गरेको जानकारी गराउँदै अबाकसले बालबालिकाको मस्तिस्कमा निक्कै ठूलो सहयोग गरिरहेको बताए ।

पहिले गणितमा समस्या भएका बालबालिकाहरुका लागि पनि यसले निक्कै सहयोग गरेको र उनीहरुलाई निक्कै सजिलो भएको उनले बताए । अबाकस बालबालिकालाई मात्रै नभई शिक्षक र अभिभावकका लागि पनि उपयोगी रहेको भन्दै उनले आफ्नो विद्यालयले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरको प्रतियोगीतामा पनि विजयी हाँसिल गर्ने बताए ।

विद्यालयका निर्देशक कृष्ण प्रसाद अधिकारीले २०६० सालमा विद्यालय स्थापना भएको स्मरण गराउँदै धेरे आरोह र अवरोह पार गर्दै विद्यालय यहाँसम्म आईपुगेको बताए । विद्यालयले अबाकसलगायत अरु थुप्रै अतिरिक्त क्रियाकलापमा जोड दिँदै आएको भन्दै उनले स्कुलले एकपछि अर्को काँचुली फेर्दै गएको बताए । बालबालिकाको स्मरणशक्ति वृद्धि विकासका लागि अबाकस निक्कै राम्रो साबित भएको उनले दाबी गरे ।

विद्यालयका प्राईमरी लेवल ईन्चार्ज मैयाँ श्रेष्ठले सुरुमा अबाकस ल्याउँदा आफूलाई पनि केही कन्फ्यूज भएको तर यो लागु भएपछि यसको आवश्यकता महसुस गरेको बताए । यसले गणित विषयको शिक्षण सिकाई क्रियाकलाप गर्न पनि सजिलो भएको भन्दै उनले अबाकस अध्यापन गराउने शिक्षकहरुलाई धन्यवाद व्यक्त गरे ।

बाल बिकास एनसीमास संस्थाका तेजु नेपालले अत्यन्तै धेरै अभिभावको उपस्थितिमा विद्यालय स्तरीय अबाकस प्रतियोगीता सम्पन्न गर्न सफल भएकोमा धन्यवाद व्यक्त गरे । विद्यार्थीको उत्साहजनक प्रस्तुती देखिएको भन्दै उनले सरकारसँग समन्वय गरेर विभिन्न जिल्लामा अबाकस लगु गराउने र देशव्यापी बनाउने आफूहरुको लक्ष रहेको बताए ।


प्रतियोगीतामा सहभागी बालबालिकाहरुले आफ्नो विद्यालयमा अबाकस लागु भएपछि पढाईमा निक्कै सहयोग मिलेको बताएका छन् । आफूहरुमा ध्यान केन्द्रीय गरेर गणितिय समस्या समाधान गर्न अबाकसले निक्कै ठूलो टेवा पुर्याएको उनीहरुको भनाइ छ ।

शैक्षिक क्षेत्रमा नयाँ प्रयोग गरिएको अवाकसले बालबालिकाको मष्तिस्क विकास, गणितीय समस्या समाधान गर्न सहज, ध्यानलाई केन्द्रीकृत गराउने गर्दछ । विश्वका १ सय ५० भन्दा बढी देशमा यसको प्रयोग भइरहेको छ ।
बालबालिकाको शैक्षिक प्रणालीमा सुधार ल्याउन २ हजार बर्ष पुरानो फादर अफ कम्प्युटर अवाकसलाई विद्यालयले बैकल्पिक विषयका रुपमा पठनपाठन गराउँदै आएको छ ।

सिफारिस

माघ ४ गतेदेखि नेपाली सेनाको फोटो तथा बृहत् प्रदर्शनी

काठमाडौं - नेपाली सेनाले सेनादिवसको अवसर पारेर मिति २०८२ माघ ४ गतेदेखि ७ गतेसम्म जङ्गी अड्डामा नेपाली सेना फोटो तथा बृहत् प्रदर्शनी–२०८२ आयोजना गर्ने...

चर्चित गायक प्रशान्त तामाङको निधन

काठमाडौं - नेपालको चर्चित गायक प्रशान्त तामाङको मृत्यु भएको छ । इन्डियन आइडल सिजन ३ का विजेता गायक तथा नेपाली फिल्मका नायक प्रशान्त तामाङको...

संखुवासभाका ८० प्रतिशत प्रतिनिधि नियमित महाधिवेशनकै पक्षमा, सभापतिलाई लेखे यस्तो पत्र

काठमाडौं - नेपाली कांग्रेसको १५ औँ महाधिवेशन विशेष नभई नियमित महाधिवेशनमार्फत सम्पन्न गर्न माग गर्दै संखुवासभा जिल्लाका ८० प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले पार्टी केन्द्रीय समितिलाई...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

चर्चित गायक प्रशान्त तामाङको निधन

काठमाडौं - नेपालको चर्चित गायक प्रशान्त तामाङको मृत्यु भएको...

माघेसंक्रान्ति नजिकिँदै गर्दा कालीमाटीमा तरुल किनबेचको चहलपहल (तस्बिरहरू)

माघेसंक्रान्ति नजिकिँदै जाँदा उपत्यकाको प्रमुख तरकारी बजार कालीमाटी मा...

कांग्रेसका २९ केन्द्रीय सदस्यको अपिल : विवाद तत्काल अन्त्यगरी निर्वाचनमा जाने वातावरण बनाइयोस

काठमाडौं - नेपाली कांग्रेसका २९ जना केन्द्रीय नेताहरूले पार्टीभित्र...

विशेष महाधिवेशन माग्नु पार्टी फुटाउने प्रयास होइन : गगन थापा

काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशनको...

मन्त्री पदबाट राजीनामा दिएँ, अब राजनीतिक यात्रामा होमिन्छु : कुलमान घिसिङ

काठमाडौं - जेन–जी आन्दोलनपछि गठन भएको सरकारमा ऊर्जा, जलस्रोत...

धेरै पढिएको