हेटौँडा कपडा उद्योगभित्रको कुन मेसिनको अवस्था कस्तो छ ? (भिडियोसहित)

हेटौडा- हाल बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फेरी संचालन गर्ने नेपाली सेनालाई बोलाएर छलफल गरेपछि पछिल्लो समय यसको चर्चामा रहेको छ ।

चिनियाँ सरकारको सहयोगमा २०३५ साल माघ ५ बाट सञ्चालनमा आएको उद्योग हेटौंडा औद्योगिक क्षेत्रको मात्र नभएर देशकै ठूलो उद्योगबाट रुपमा परिचित थियो।  यहाँ भएका सुती धागो, कोरा, रंगीन, बुट्टेदार र सेतो कपडा खरिद गर्न व्यवसायी र उपभोक्ताले त्यतिबेला तँछाडमछाड गर्थे। तर, २०५० तिर जब उद्योगमा राजनीतिले प्रवेश पायो तब उद्योगको दुर्गती सुरु भएको थियो । ट्रेड युनियनको नाममा भएको राजनीति र सत्तारुढ दलले आफ्ना नेता तथा कार्यकर्ताको भर्तीकेन्द्र बनाउँदा नाफामा रहेको उद्योग २०५७ सम्म आइपुग्दा पूरै बन्द हुने अवस्थामा पुग्यो ।

त्यतिबेला उद्योगले चार प्रकारका कपडाहरू उत्पादन गर्थ्यो। ती कपडाबाट सर्ट, पेन्ट, तन्ना, सिरकको खोल, सारी तथा अन्य सामग्रीहरू बन्ने गरेका थिए। उद्योगले उत्पादन गरेका कपडाहरू भारतमा पनि निर्यात भएको बताइन्छ।

विसं २०५६ फागुन १ गतेदेखि बन्द भएको उद्योग विसं २०५९ सालमा सरकारले त्यसलाई खारेजीमा लाने निर्णय गरेको थियो।

त्यसपछि विभिन्न सरकारहरूले पटकपटक खारेज गर्ने र फेरि सञ्चालन गर्ने निर्णय गर्दै आएका छन्। उक्त उद्योगबारे उद्योग मन्त्रालयले पटकपटक अध्ययन गरेर कैयौँ प्रतिवेदनहरू पनि तयार पारिसकेको छ।

उद्योगमा २२ बर्ष काम गरेका ईन्जिनियर अच्युतानन्द शुक्लासंग अहिले हेटौँडा कपडा उद्योगभित्र रहेका पुरानो मेसिनले नै उद्योग चलाउन कठिन रहेको बताए।  मेसिन पुरानो भइसकेकाले मर्मत खर्च नै धेरै आउने भन्दै बरु नयाँ मेसिन किनेर चलाउन सल्लाह दिए।

सिफारिस

रामेछाप गेस्ट हाउसबाट ६ बालिकाको उद्धार, सञ्चालकसहित २ जना पक्राउ

काठमाडौँको कोटेश्वरस्थित एक गेस्ट हाउसबाट ६ जना बालिकाको उद्धार गरिएको छ । बालिकालाई असामाजिक काममा लगाउने गरेको भन्ने सूचनाका आधारमा नेपाल प्रहरीको मानव बेचबिखन...

एक वर्षमा दुई लाख ३१ हजारले गरे पाथीभरा देवीको दर्शन

एक वर्षको अवधिमा दुई लाख ३१ हजार तीन सय ३४ भक्तजनले पाथीभरा देवीको दर्शन गरेका छन्। पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका...

बरालले पाए धितोपत्र बोर्ड अध्यक्षको जिम्मेवारी

काठमाडौं – नेपाल धितोपत्र बोर्ड अध्यक्षको जिम्मेवारी महेश बरालले पाएका छन् । बिहीबार अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले बराललाई नियुक्ति पत्र हस्तान्तरण गर्दै पद तथा गोपनीयताको शपथ...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

एक वर्षमा दुई लाख ३१ हजारले गरे पाथीभरा देवीको दर्शन

एक वर्षको अवधिमा दुई लाख ३१ हजार तीन सय...

बरालले पाए धितोपत्र बोर्ड अध्यक्षको जिम्मेवारी

काठमाडौं – नेपाल धितोपत्र बोर्ड अध्यक्षको जिम्मेवारी महेश बरालले...

श्रीलंकाविरुद्ध खेल्ने भारतीय क्रिकेट टिमको घोषणा, फेरिए कप्तान

काठमाडौं– भारतीय क्रिकेट बोर्डले श्रीलंकाविरुद्ध हुने टी-२० र एकदिवसीय...

आज कहाँ कहाँ हुन्छ भारी वर्षा ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले...

आज बागमतीसहित पाँच प्रदेशमा ठूलो वर्षा हुने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले...

उत्कृष्टलाई नगदसहित यमन तिज म्यूजिक अवार्ड २०८१ को आयोजना हुने

काठमाडौ - उत्कृष्टलाई नगदहित यमन तिज म्यूजिक अवार्ड २०८१...

धेरै पढिएको