आज देशका धेरैजसो भूभागमा पानी पर्ने, यस्तो छ तीन दिनको मौसम

हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ। यतिबेला (सोमबार बिहान) कोशी, मधेश र बागमती प्रदेशमा साधारणतया बदलीको अवस्था छ। त्यसैगरी सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदलीकाे अवस्था रहेकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

हेर्नुहोस् तीन दिनको मौसम पूर्वानुमान

२०८० माघ २२ गते (सोमबार)

दिउँसो: देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरू साथै लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भू-भागको एक-दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति : देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक देखि मौसम मुख्यतया सफा रहनेछ कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागको थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

२०८० माघ २३ गते (मंगलबार)

दिउँसो: कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति : कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

२०८० माघ २४ गते (बुधबार)

दिउँसो: गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति : गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरू साथै लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भू-भागको एक-दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकोले त्यसबाट हुन सक्ने असरका साथै चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउनुहुन अनुरोध छ।

सिफारिस

गाभिए मन्त्रालय, राखियो नयाँ साइन बोर्ड तस्विरहरु)

सरकारले प्रशासनिक सुधार, मितव्ययिता र कार्यसम्पादनलाई प्रभावकारी बनाउने उद्देश्यसहित संघीय मन्त्रालयहरूको संख्या घटाउँदै १८ मन्त्रालय कायम गरेको छ । नयाँ मन्त्रालय बनेसँगै सिंहदरबारमा साइनबोर्ड...

प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता आजदेखि सुरु, कति खेलाडी छन् सहभागी ? (तस्वीरहरू)

काठमाडौँ - नेपाली सेनाको आयोजना प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता आजदेखि सुरु भएको छ । नेपाली सेनाका बलाधिकृत रथी प्रदीप जङ्ग केसीले जंगीअडास्थित टेनिस कोर्ट...

प्रकृतिको आराधनासँगै सकियाे उभौली (तस्वीरहरू)

ललितपुर - किरात राई समुदायको महान् सांस्कृतिक पर्व साकेला उँभौली समापन गरिएको छ । वैशाख शुक्ल पूर्णिमादेखि सुरु भएको साकेला ललितपुरको लुभुमा प्रकृतिपूजासहित समापन...

भर्खरै

प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता आजदेखि सुरु, कति खेलाडी छन् सहभागी ? (तस्वीरहरू)

काठमाडौँ - नेपाली सेनाको आयोजना प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता...

प्रकृतिको आराधनासँगै सकियाे उभौली (तस्वीरहरू)

ललितपुर - किरात राई समुदायको महान् सांस्कृतिक पर्व साकेला...

अमेरिकाविरुद्ध नेपालको शानदार जीत, कुशल भुर्तेलले हाने शतक

काठमाडौं- आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले जित निकालेको...

सकियो रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम, पाँच रेडियोलाई सम्मान

काठमाडौं — नेपाली सेनाद्वारा जङ्गी अड्डामा सञ्चालन गरिएको चार...

राष्ट्रिय साइबर सुरक्षा गोष्ठी–२०८३ सम्पन्न

काठमाडौं — नेपाली सेनाको आयोजनामा जङ्गी अड्डामा सञ्चालन भएको...

एसईईको नतिजा सार्वजनिक, कति भए पास ?

काठमाडौं - माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको...

धेरै पढिएको