कार्यालय प्रमुखले मानसिक यातना दिएको भन्दै औद्योगिक क्षेत्र व्यवस्थापन हेटौंडाका कर्मचारीहरु आन्दोलित

हेटौंडा – औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय हेटौंडाका प्रमुख भोजराज बिनाडीले आफूहरुमाथि अनुचित व्यवहार, मानसिक यातना र अनुपयुक्त कार्य वातावरण सिर्जना गरेको आरोप लगाउँदै कार्यालयका वरिष्ठ सहायकदेखि तल्लो तहका कर्मचारीहरू ६ दिनदेखि आन्दोलनमा छन्।

गत माघ १७ गतेदेखि कर्मचारीहरू हातमा कालो पट्टी बाँधेर आन्दोलनमा उत्रिएका हुन्। यस सम्बन्धमा कर्मचारीहरूले केन्द्रीय कार्यालयमा हस्ताक्षर संकलन गरी पठाइसकेका छन्। त्यस्तै, बिनाडीको सरुवाको माग गर्दै श्रम तथा रोजगार कार्यालय हेटौंडामा निवेदन पनि दिइसकेका छन्।

कर्मचारीहरूको माग सम्बोधन नगरेको भन्दै शान्तिपूर्ण आन्दोलन गर्न बाध्य भएको वरिष्ठ सहायक मनिस कुमार मिश्रले बताए। लेखा अधिकृत दिपकराज आचार्यले बिनाडीमा व्यवस्थापकीय गुण नभएको आरोप लगाए। सहायक व्यवस्थापक निवेश अधिकारीले केन्द्रीय कार्यालयले माग सम्बोधन गर्नुपर्नेमा जोड दिए।

कार्यालयका कर्मचारी संघले माघ २४ सम्म कालो पट्टी बाँधेर काम गर्ने र माग पूरा नभए दोस्रो चरणको आन्दोलन गर्ने चेतावनी दिएका छन्। यसबिच, प्रमुख बिनाडीले आरोप झुटो भन्दै कर्मचारीहरूसँग वार्ता गर्न तयार रहेको बताएका छन्।

सिफारिस

ऊर्जामन्त्री खड्कासँग विश्व बैंक क्षेत्रीय निर्देशक गुप्ताको भेट, के-के भयो छलफल ?

काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग विश्व बैंक दक्षिण एशियाका क्षेत्रीय निर्देशक पंकज गुप्ताले बिहीबार सिंहदरबारमा भेटवार्ता गरेका छन् । भेटमा १,०६३...

स्पेनलाई हराउँदै पोर्चुगल जित्यो युईएफए नेसन्स लिगको उपाधि

काठमाडौं- आइतबार म्युनिखमा भएको फाइनल खेलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ५-३ गोलअन्तरले हराउँदै पोर्चुगलले युईएफए नेसन्स लिगको उपाधि जितेको छ । अतिरिक्त समयमा २-२ गोलको बराबरीमा...

अब ठूलो आन्दोलन हुँदैन : राप्रपा अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्षा लागिसकेकाले अब ठूलो आन्दोलन नहुने भएकाले उपयुक्त समयमा पार्टीले आन्दोलन गर्ने बताएका छन्। झापाको हल्दिबारीमा शनिबार सञ्चारकर्मीसँग कुरा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

स्पेनलाई हराउँदै पोर्चुगल जित्यो युईएफए नेसन्स लिगको उपाधि

काठमाडौं- आइतबार म्युनिखमा भएको फाइनल खेलमा स्पेनलाई पेनाल्टी सुटआउटमा...

अब ठूलो आन्दोलन हुँदैन : राप्रपा अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्षा लागिसकेकाले अब...

लेखक तथा पत्रकार लक्ष्मण वियोगीको कथासङ्ग्रह ‘सत्यम्’ लोकार्पण

काठमाडौँ - लेखक तथा पत्रकार लक्ष्मण वियोगीको कथासङ्ग्रह ‘सत्यम्’...

नेपाल परिवार दलको केन्द्रिय कार्यसम्पादन समिति बैठक: के- के गर्यो निर्णय ?

काठमाडौँ - नेपाल परिवार दलको केन्द्रिय कार्यसम्पादन समितिको बैठक...

प्रदीपराज वन्त ‘म्युजिक खबर फोटो पत्रकारिता सम्मान २०८१’ बाट सम्मानित

काठमाडौँ — म्युजिक खबर म्युजिक अवार्डको १२औँ संस्करणमा फोटो...

नेपालका पर्यटन पेशाकर्मीलाई चिनियाँ भाषा प्रशिक्षण सुरु

काठमाडौं — नेपालका पर्यटन पेशाकर्मीहरूलाई लक्षित गरी चिनियाँ भाषा प्रशिक्षण...

धेरै पढिएको