कार्यालय प्रमुखले मानसिक यातना दिएको भन्दै औद्योगिक क्षेत्र व्यवस्थापन हेटौंडाका कर्मचारीहरु आन्दोलित

हेटौंडा – औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय हेटौंडाका प्रमुख भोजराज बिनाडीले आफूहरुमाथि अनुचित व्यवहार, मानसिक यातना र अनुपयुक्त कार्य वातावरण सिर्जना गरेको आरोप लगाउँदै कार्यालयका वरिष्ठ सहायकदेखि तल्लो तहका कर्मचारीहरू ६ दिनदेखि आन्दोलनमा छन्।

गत माघ १७ गतेदेखि कर्मचारीहरू हातमा कालो पट्टी बाँधेर आन्दोलनमा उत्रिएका हुन्। यस सम्बन्धमा कर्मचारीहरूले केन्द्रीय कार्यालयमा हस्ताक्षर संकलन गरी पठाइसकेका छन्। त्यस्तै, बिनाडीको सरुवाको माग गर्दै श्रम तथा रोजगार कार्यालय हेटौंडामा निवेदन पनि दिइसकेका छन्।

कर्मचारीहरूको माग सम्बोधन नगरेको भन्दै शान्तिपूर्ण आन्दोलन गर्न बाध्य भएको वरिष्ठ सहायक मनिस कुमार मिश्रले बताए। लेखा अधिकृत दिपकराज आचार्यले बिनाडीमा व्यवस्थापकीय गुण नभएको आरोप लगाए। सहायक व्यवस्थापक निवेश अधिकारीले केन्द्रीय कार्यालयले माग सम्बोधन गर्नुपर्नेमा जोड दिए।

कार्यालयका कर्मचारी संघले माघ २४ सम्म कालो पट्टी बाँधेर काम गर्ने र माग पूरा नभए दोस्रो चरणको आन्दोलन गर्ने चेतावनी दिएका छन्। यसबिच, प्रमुख बिनाडीले आरोप झुटो भन्दै कर्मचारीहरूसँग वार्ता गर्न तयार रहेको बताएका छन्।

सिफारिस

कलात्मक गुँड बुन्दै प्रेम र सिपको प्रतीक तोप चरा (तस्वीरहरू)

काठमाडौँ - भँगेरा वर्गमा पर्ने तोप चरा (बया) आफ्नो अद्भुत गुँड निर्माण कला र रोचक प्रजनन व्यवहारका कारण परिचित छ। इन्जिनियरिङ सीपका कारण यसलाई...

यस्तो छ अर्थमन्त्री स्वर्णिमको पहिलो बजेट (पूर्णपाठ)

सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि २१ खर्ब २४ अर्ब रूपैयाँको बजेट प्रस्तुत गरेको छ। संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा शुक्रबार...

बढ्यो कर्मचारीको तलब ,अब न्युनतम ४० हजार

सरकारले कर्मचारीको तलब २१ प्रतिशतले बढाएको छ। योसँगै उनीहरुले न्यूनतम ४० हजार पाउने भएका छन्। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेका अनुसार आधारभूत तलबमानमा १० प्रतिशत,...

भर्खरै

यस्तो छ अर्थमन्त्री स्वर्णिमको पहिलो बजेट (पूर्णपाठ)

सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि २१ खर्ब...

बढ्यो कर्मचारीको तलब ,अब न्युनतम ४० हजार

सरकारले कर्मचारीको तलब २१ प्रतिशतले बढाएको छ। योसँगै उनीहरुले...

बजेट प्रस्तुत भइरहँदा सांसद हर्क साम्पाङ संसदबाट बाहिरिए

काठमाडौँ - आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत भइरहेका...

अब बन्छ देश भन्दै टुँडिखेलमा यसरी मनाइयो गणतन्त्र दिवस (तस्वीरहरू)

काठमाडौं - संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १८ वर्ष...

रविन्द्र ढाँटले रचे इतिहासः यूएफसीको सेमिफाइनलमा प्रवेश

काठमाडौं- नेपालका रवीन्द्र ढाँटले यूएफसीको छनोट प्रतियोगिता रोड टु...

धेरै पढिएको