कस्तो रहला आगामी ३ दिनको मौसम ?

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यतिबेला (बुधबार बिहान) लुम्बिनी, सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ। तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ।

आज दिउँसो लुम्बिनी, सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक बदलीकै अवस्था रहने छ भने बाँकी भूभागको मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले बुधबार बिहान जारी गरेको बुलेटिनमा उल्लेख छ।

हेर्नुहोस् शुक्रबारसम्मको मौसम पूर्वानुमान

२०८० माघ २४ गते (बुधबार)

राति: गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

२०८० माघ २५ गते (बिहिबार)

दिउँसो: कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति: कोशी प्रदेश लगायत वाग्मती,गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

२०८० माघ २६ गते (शुक्रबार)

दिउँसो: लुम्बिनी प्रदेश लगायत कोशी,वाग्मती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। गण्डकी र कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति : सुदुरपश्चिम प्रदेश र लुम्बिनी प्रदेश लगायत कोशी,वाग्मती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। गण्डकी र कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकोले त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउनुहुन अनुरोध छ।

सिफारिस

क्रिकेटर सन्दीपसहित सशस्त्र प्रहरीका १५ खेलाडीको विशेष बढुवा

सशस्त्र प्रहरी बलले १८ जनाको विशेष बढुवा गरेको छ। २४ औँ सशस्त्र प्रहरी दिवशका अवसरमा १५ जना खेलाडी, २ जना विपद उद्धारक र एक...

अमेरिकामा जन्मिएर नागरिकता प्राप्त गर्ने व्यवस्थाको अन्त्य

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मिदैमा नागरिकता दिने प्रावधानको अन्त्य गर्ने आदेशमा हस्ताक्षर गरेका छन्। ट्रम्पले यस व्यवस्थाले आप्रवासीको दुरुपयोग भएको दाबी गर्दै जन्मसिद्ध...

लाेकतन्त्रलाई प्रहार गर्न चाहनेहरू कांग्रेस कमजाेर बनाउन चाहन्छन् : उपप्रधानमन्त्री सिंह

बागलुङ - उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले लाेकतन्त्रलाई प्रहार गर्न चाहने तत्वहरू नेपाली कांग्रेसलाई कमजाेर बनाउने प्रयासमा रहेकाे बताउनुभएकाे छ । मंगलबार...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

अमेरिकामा जन्मिएर नागरिकता प्राप्त गर्ने व्यवस्थाको अन्त्य

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मिदैमा नागरिकता दिने प्रावधानको...

लाेकतन्त्रलाई प्रहार गर्न चाहनेहरू कांग्रेस कमजाेर बनाउन चाहन्छन् : उपप्रधानमन्त्री सिंह

बागलुङ - उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले...

पर्साका प्रहरी प्रमुख एसपी कुमोद ढुंगेल सम्मानित

काठमाडौँ - जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख एसपी...

माओवादीले फेरि माग्यो राजीनामा

प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका...

सरकारीमा बिरामीको चाप घटाउन स्वास्थ्य मन्त्रीद्वारा सुरक्षा निकायका अस्पतालसँग सहकार्यको प्रस्ताव

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालमा...

सुप्रिम सहकारी प्रकरण: भैरहवा पुगे रवि लामिछाने

काठमाडौं - सहकारीको रकम अपचलन गरेको आरोपमा मुद्दा दर्ता...

धेरै पढिएको