जीबी राईका व्यावसायिक साझेदार पूर्वडीआईजी जोशीको घरमा प्रहरीको छापा

नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीको घरमा प्रहरीले छापा मारेको छ। बुधबार बेलुका काठमाडौंको शंखमूलस्थित घरमा प्रहरी परिसर काठमाडौंको टोलीले छापा मारेको हो।

जीबी राई जोडिएका सहकारीसम्बन्धी कागजात तथा प्रमाण रहेको आशंकामा प्रहरीले छापा मारेको प्रहरीका उच्च अधिकारीले बताए।

प्रहरीले जोशीको घरबाट चारवटा सफ्टवेयर बरामद गरेको छ। पूर्वडीआईजी जोशी जीबी राईका व्यावसायिक साझेदार हुन्।

जोशीको घरमा नेचर हब इन्टरनेसनल प्रालिको कार्यालय थियो। उक्त कार्यालयबाट प्रहरीले सर्भर लगायतका प्रमाण बरामद गरेको हो।

बरामद भएका सर्भर पोखराको सूर्यदर्शन सहकारीसँग सम्बन्धित भएको प्रहरीको आश‌ंका छ। जिल्ला प्रहरी कार्यालय, कास्कीले सूर्यदर्शन सहकारी ठगीको कसुरमा अनुसन्धान गरिरहेको छ।

सिफारिस

पश्चिमी वायुको प्रभाव, यी पाँच प्रदेशमा हिमपातको सम्भावना

काठमाडौँ - हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक...

उल्लू महोत्सवमा झिझिया नाचको रौनक (तस्वीरहरू)

मधेश प्रदेशमा आयोजना हुने उल्लू महोत्सव सांस्कृतिक विविधता झल्काउने महत्वपूर्ण उत्सवहरूमध्ये एक हो। यस महोत्सवमा मिथिला संस्कृतिका विभिन्न परम्परागत कलाहरू प्रदर्शन गरिएको छ ,...

आजदेखि मिथिला बिहारीमा लाटोकोसेरो तथा हुचिल उत्सव (तस्वीरहरू)

जनकपुरको मिथिला बिहारी नगरपालिका-२ र ३ मा आयोजनामा लाटोकोसेरो तथा हुचिल उत्सवको १२औं संस्करण सुरु भएको छ। यो उत्सव दुई दिनसम्म चल्नेछ। उत्सवमा चरा तथा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

उल्लू महोत्सवमा झिझिया नाचको रौनक (तस्वीरहरू)

मधेश प्रदेशमा आयोजना हुने उल्लू महोत्सव सांस्कृतिक विविधता झल्काउने...

आजदेखि मिथिला बिहारीमा लाटोकोसेरो तथा हुचिल उत्सव (तस्वीरहरू)

जनकपुरको मिथिला बिहारी नगरपालिका-२ र ३ मा आयोजनामा लाटोकोसेरो...

जनकपुरको उल्लु महोत्सवमा थरीथरीका उल्लु…(तस्वीरहरू)

जनकपुर- धुनुषाको मिथिला विहारी नगरपालिका-२ मा आजदेखि लाटोकोसेरो तथा...

माओवादीको ‘जनयुद्ध’ हिंसा नै हो : एमाले उपाध्यक्ष बादल

काठमाडौँ - नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले माओवादी...

जनकपुरको हटिया बजार (तस्वीरहरू)

जनकपुर — जनकपुरको मिथिला विहारी नगरपालिका-२ मा साप्ताहिक रूपमा...

५४ लाख बुझाएर रिहा भए रवि लामिछाने, पौने तीन करोड पुग्यो धरौटी

काठमाडौँ । रास्वपाका सभापति रवि लामिछाने रिहा भएका छन्...

धेरै पढिएको