अबाकसको ‘राष्ट्रिय ट्रफी’ उचाल्न बाल संसारले छान्यो उत्कृष्ट विद्यार्थी

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर– ७ माकलबारीमा रहेको बाल संसार सेकेण्डरी स्कुलमा विद्यालय स्तरीय अबाकस प्रतियोगीता सम्पन्न भएको छ । फागुन २० गते राष्ट्रिय स्तरको प्रतियोगीता हुँदैछ । त्यस प्रतियोगतामा सहभागी हुन छनोटका लागि विद्यालय स्तरीय अबाकस प्रतियोगीता सम्पन्न गरिएको हो । यो विद्यालयमा बाल बिकास एनसीमास संस्थासँगको सहकार्यमा २ वर्षदेखि अबाकस लागु हुँदै आएको छ ।

अबाकस प्रतियोगीता लगत्तै विद्यालयका प्रधानाध्यापक तेज बहादुर राईले अबाकसले बालबालिकाहरुको मष्तिष्कमा निक्कै नै सुधार भएको बताए । शिक्षण सिकाईमा पनि सहयोग गरेको भन्दै उनले बालबालिकामा आएको परिवर्तनले अभिभावकहरु पनि निक्कै खुशी भएको बताए । गणितको जन्म नै अबाकसबाट भएको स्मरण गर्दै उनले आफ्नो ध्यान केन्द्रीत गरेर गणितिय समस्या हल गर्न अबाकसले बालबालिकाहरुलाई निक्कै ठूलो सहयोग पुगेको बताए ।

बाल विकास एनसीमास संस्थाका तेजु नेपालले बाल संसार सेकेन्डरी स्क्ुलमा सम्पन्न भएको विद्यालय स्तरीय अबाकस प्रतियोगीतामा पाँच सयभन्दा बढि विद्यार्थी र अभिभावकको उल्लेख्य सहभागीता रहेको बताए । यो पटकको राष्ट्रिय स्तरको अबाकस प्रतियोगीतामा बाल संसारले ट्रफी जितेरै छाड्ने विश्वास व्यक्त गरे । कक्षा १ देखि ७ सम्मका बालबालिकाहरुमा अबाकस लागु गरिएको र यो निक्कै प्रभावकारी रहेको भन्दै उनले अर्को वर्ष अबाकसलाई अझै वृहत बनाएर लैजाने रणनीति रहेको बताए ।

कार्यक्रममा सहभागी अभिभावकहरुले बालबालिकाहरुले देखाएको कौशलताले आफूहरुलाई निक्कै उत्साहित बनाएको बताए । अबाकसले बालबालिकाहरुको शैक्षिक क्रियाकलापमा निक्कै सुधार भएको भन्दै उनीहरुले आफ्ना बालबालिकाहरुको पढाईमा पहिलेभन्दा अहिले धेरै नै सुधार आएको बताए ।

विद्यालयका शिक्षक प्रसुन तिम्सिनाले बाल संसार सेकेन्डरी स्कुल उत्कृष्ट विद्यालय भएको र बालबालिकाहरुका लागि विद्यालयले अनेक अतिरिक्त क्रियाकलापहरुमा जोड दिँदै आएको बताए । विद्यालयमा पढाई सँगसँगै अबाकस जस्ता अतिरिक्त क्रियाकलपापमा पनि सहभागी गराउने गरिएको भन्दै उनले संगित, नृत्यलगायत प्रतियोगीताहरु भईरहेको जानकारी गराए ।

अबाकस प्रतियोगीतापछि प्रतिक्रिया दिँदै विद्यार्थीहरुले आफूहरुको पढाईमा निक्कै सहयोग पुगेको बताए । यसअघि आफूहरुको गणित विषयको पढाईमा खासै राम्रो नभएको तर अबाकसले निक्कै ठूलो सहयोग पुगेको उनीहरुको भनाई छ । उनीहरुले अबाकस गर्न आफूहरुलाई निक्कै रमाईलो लाग्ने गरेको अनुभव समेत सुनाए ।

शैक्षिक क्षेत्रमा नयाँ प्रयोग गरिएको अवाकसले बालबालिकाको मष्तिस्क विकास, गणितीय समस्या समाधान गर्न सहज, ध्यानलाई केन्द्रीकृत गराउने गर्दछ । विश्वका १ सय ५० भन्दा बढी देशमा यसको प्रयोग भइरहेको छ । बालबालिकाको शैक्षिक प्रणालीमा सुधार ल्याउन २ हजार बर्ष पुरानो फादर अफ कम्प्युटर अवाकसलाई विद्यालयले बैकल्पिक विषयका रुपमा पठनपाठन गराउँदै आएको छ ।

सिफारिस

विमान दुर्घटनामा घाइते पाइलट शाक्यको कस्तो छ स्वास्थ्य अवस्था ?

काठमाडौँ - सौर्य एयरलाइन्सको विमान दुर्घटनामा घाइते भएका पाइलट मनिषरत्न शाक्यको अवस्था ‘खतरामुक्त’ रहेको छ । बुधबार अन्तर्राष्ट्रिय विमानस्थलस्थित सौर्य एयरको ९–एनए एमई विमान दुर्घटनामा...

१७ तस्वीरमा हेर्नुस् त्रिभुवन विमानस्थलको डिलमै दुर्घटना भएको जहाजको भग्नावशेष

काठमाडौं-  त्रिशूलीमा दुईवटा बस खसेर ४० भन्दा बढी यात्रु बेपत्ता भएको घटना नसेलाउँदै बुधबार विमान दुर्घटनाको अर्को नियति दोहोरिएको छ, त्यो पनि त्रिभुवन विमानस्थलको...

गृहमन्त्रीसहित विमान दुर्घटनास्थल पुगेका प्रधानमन्त्री ओलीले दिए यस्तो निर्देशन

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली विमान दुर्घटनास्थल पुगेका छन्। दुर्घटनास्थल पुगेर प्रधानमन्त्रीले त्यहाँको घटनाबारे जानकारी लिएका हुन्। त्रिभुवनस्थलस्थित दुर्घटनास्थलमा पुगेर उनले कारण बुझ्न...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

१७ तस्वीरमा हेर्नुस् त्रिभुवन विमानस्थलको डिलमै दुर्घटना भएको जहाजको भग्नावशेष

काठमाडौं-  त्रिशूलीमा दुईवटा बस खसेर ४० भन्दा बढी यात्रु...

गृहमन्त्रीसहित विमान दुर्घटनास्थल पुगेका प्रधानमन्त्री ओलीले दिए यस्तो निर्देशन

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली विमान दुर्घटनास्थल पुगेका...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्यको जहाज दुर्घटना

काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्यको जहाज दुर्घटना...

आज कहाँ-कहाँ पर्छ पानी ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले...

महिला एसिया कप: भारतसँग ८२ रनले पराजित हुँदै नेपाल समूह चरणबाटै बाहिरियो

काठमाडौं - नेपाल भारतसँग ८२ रनले पराजित भएको छ।...

एमालेले टुंग्यायो बागमतीमा मन्त्री हुने ६ जनाको नाम

नेकपा एमालेले बागमती प्रदेशमा आफ्नो तर्फबाट सहभागी मन्त्रीको नाम...

धेरै पढिएको