गोरखा पत्रकार समाजको अध्यक्षमा फोटोपत्रकार प्रदीपराज वन्त चयन

काठमाडौं – गोरखा घरभइ काठमाडौंमा बसेर पत्रकारिता गरिरहेका पत्रकारहरुको सस्था गोरखा पत्रकार समाजको पहिलो अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । आज भएको अधिवशनले पत्रकार प्रदिपराज वन्तको नेतृत्वमा ११ सदस्सीय कार्यसमिति चयन गरेको हो ।

समाजको उपाध्यक्ष देवराज गुरुङ, महिला उपाध्यक्षमा मञ्जिमा ढकाल, सचिवमा शोबिता रिसाल, सहसचिवमा सन्तोष अधिकारी तथा कोषाध्यक्षमा अर्जुन पन्त निर्वाचित भएका छन् ।

यस्तै सुदिप कैनी, लिलाधर कोइराला, राधा रोकाहा, उत्सव वि.क तथा मोहसिन अलि मिया कार्यसमिति सदस्य चयन भएका छन् । आजको अधिवेशनले सर्वसम्मत रुपमा कार्यसमिति चयन गरेको निर्वाचन समितिका संयोजक रामजी दाहालले जानकारी दिए ।

नव निर्वाचित कार्यसमितिको आजै बसेको बैठकले बरिष्ठ पत्रकारहरु रामजी दाहाल, खीलाबहादुर भण्डारी तथा सुसिल अर्याललाइ पत्रकार समाजको सल्लाहकारमा नियुक्त गर्ने निर्णय पनि गरेको छ ।

यस्तै आजको बैठकले गोर्खाली पत्रकारहरुको क्षमता अभिबृद्धीका लागि गम्भिर रुपमा लाग्ने तथा गोरखाका सुन्दर पर्यटकीय क्षेत्रहरुको उजागर गर्नको लागि मद्धत गर्ने निर्णय पनि गरेको छ ।

यसअघि कार्यक्रममा शुभकामना मन्तव्य राख्दै बरिष्ठ पत्रकार दाहालले एकताबद्ध भएर काम गर्न सके सस्थाले गोर्खाका पत्रकारहरुको लागि धेरै योगदान पु¥याउन सक्ने धारणा राखे । यस्तै उनले अबको समय पत्रकारिताको मात्रै नभएर खोज पत्रकारिताको भएको भन्दै अध्ययनशिल बन्न पत्रकारहरुलाइ सुझाब दिए ।

अर्का बरिष्ठ पत्रकार सुसिल अर्यालले गोर्खाली पत्रकारहरुले गोरखाका ऐतिहासिक, सास्कृतीक पहिचान स्थापित हुने खालका समाचारहरु खोज्ने तथा लेख्नुपर्नेमा जोड दिए ।

गोरखाका अग्रज पत्रकारहरु बद्री पोखरेल, भरत ढकाल, बिबेक रेग्मी, अमृत दाहाल लगाएतले गोरखाको समग्र बिकास र गोरखाका पत्रकारहरुको क्षमता अभिबृद्धीमा आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष वन्तले गोरखामा रहेका तथा काठमाडौंमा बसेर पत्रकारिता गरिरहेका सबै पत्रकारहरुको क्षमता अभिबृद्धि गर्नमा आफूले सक्दो कोशिश गर्ने प्रतिवद्धता व्यक्त गरे ।

उनले कुनै पनि दल तथा बैचारिक बिचारधारमा बिभाजित नभइ गोरखा र गोरखाको पत्रकारिताको विकासका खातिर जुटेर लागिरहने बचन दिँदै एक भएर अघि बढ्न सबैलाइ आह्वान समेत गर ।

गोरखा पत्रकार समाज गोरखाबाट काठमाडौं आएर विभिन्न सञ्चार माध्यममा आबद्ध भइ पत्रकारिता गरिरहेकाहरुको संस्था हो । संस्था २०७७ सालमा दर्ता भएर क्रियाशिल रुपमा अघि बढिरहेको छ ।

सिफारिस

आज बागमतीसहित पाँच प्रदेशमा ठूलो वर्षा हुने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ...

उत्कृष्टलाई नगदसहित यमन तिज म्यूजिक अवार्ड २०८१ को आयोजना हुने

काठमाडौ - उत्कृष्टलाई नगदहित यमन तिज म्यूजिक अवार्ड २०८१ को आयोजना हुने भएको छ । नेपाली महिलाहरुको महान चाड हरितालीका तिजको अवसरमा नेपाली रितीरिवाज,...

न्यूरोडमा फुटपाथ विस्तारका लागि महानगरले फेरि थाल्यो काम (तस्वीरहरू)

न्यूरोड क्षेत्रमा काठमाडौं महानगरपालिकाले फेरि फुटपाथ विस्तारको काम थालेको छ। उच्च अदालत पाटनले फुटपाथ विस्तार गर्न बाटो खोलिदिएपछि महानगरले बुधबार बिहानैदेखि पुनः काम थालेको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

उत्कृष्टलाई नगदसहित यमन तिज म्यूजिक अवार्ड २०८१ को आयोजना हुने

काठमाडौ - उत्कृष्टलाई नगदहित यमन तिज म्यूजिक अवार्ड २०८१...

न्यूरोडमा फुटपाथ विस्तारका लागि महानगरले फेरि थाल्यो काम (तस्वीरहरू)

न्यूरोड क्षेत्रमा काठमाडौं महानगरपालिकाले फेरि फुटपाथ विस्तारको काम थालेको...

भेटेर भन्दा डिजिटल माध्यमबाट शुभकामना दिन प्रधानमन्त्री ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रत्यक्ष भेटेर भन्दा डिजिटल माध्यमबाट...

बिहानै भूकम्पको धक्का

काठमाडौं - मुगुमा भूकम्प धक्का महशुस गरिएको छ ।...

हरिशयनी एकादशी आज, तुलसीको बिरुवा सारिँदै

काठमाडौँ - प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा...

आज बागमतीसहित यी ६ प्रदेशमा भारी वर्षा हुने

काठमाडौँ - हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम...

धेरै पढिएको