आलमविरुद्धको मुद्दामा साक्षी झिकाउन अदालतको आदेश

इँटाभट्टामा मानिसलाई जिउँदै पोलेको अभियोग लागेका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमविरुद्धको मुद्दामा रौतहट जिल्ला अदालतले साक्षीलाई झिकाएर बकपत्र गराउन आदेश दिएको छ।

आइतबार भएको मुद्दाको सुनुवाइका क्रममा न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले सरकारी पक्षका साक्षीलाई झिकाएर बकपत्र गराउन आदेश दिएको हो।

अदालतका स्रेस्तेदार उद्धव ढोडरीका अनुसार इजलासले जाहेरवाला गौरीशंकर रामको शारीरिक अवस्थाको परीक्षण प्रतिवेदन झिकाउन पनि आदेश दिएको छ।

आलमविरुद्धको मुद्दाको अन्तिम सुनुवाइका लागि यसअघि पटक पटक पेसी तोकिँदै स्थगित हुँदै आएका थिए।

यसअघि गत पुस २९ गते ७ न्यायाधीशमध्ये २ जना मात्रै भएकाले आलमविरुद्ध मुद्दाको पेसी स्थगन भएको थियो। त्यसयता अन्तिम सुनुवाइका लागि एक महिनापछि पेसी तोकिएको हो।

पूर्वमन्त्री आलमको मुद्दामा फैसला गर्न जोखिम देखिएकाले न्यायाधीशहरू बिदामा बस्ने गरेका थिए।

यसअघि कात्तिकमा रौतहट अदालतले मुद्दाको गम्मीरता र जटिलताको ख्याल १५ दिनभित्र बहस नोट पेस सरकारी वकिल र आलमका वकिललाई गर्न आदेश दिएको थियो।

अदालतको आदेशअनुसार यसअघि नै दुवै पक्षबाट बहस नोट पेस भइसके पनि अन्तिम सुनुवाइ हुन सकेको छैन।

संविधानसभा निर्वाचनताका २०६४ चैत २७ गते रौतहटको साविक राजपुर फरहदवा–४ मा रहेको कांग्रेस उम्मेदवारसमेत रहेका मोहम्मद अफताब आलमको घरमा बम विस्फोट भएको थियो।

बम विस्फोटमा पिन्टु भन्ने त्रिलोकप्रताप सिंह र ओसी अख्तर मियाँ घाइते भएका थिए। आफन्तको गोठमा बम बनाउँदै गरेका उनीहरू घाइते भएपछि आफ्नो योजनाको पोल खुल्ने डरले उनीहरूलाई आलमले आफ्नै इँटाभट्टाको चिम्नीमा जलाई मारेको अभियोग छ।

यस प्रकरणमा आलमसहित १० जनालाई विस्फोटक पदार्थ ऐन २०१८, ज्यान मार्ने उद्योग र कर्तव्य ज्यानमुद्दा लगाइएको छ। उनीहरूलाई विभिन्न तीन कसूरमा ३२ वर्ष सजाय माग गरिएको छ।

विस्फोटक पदार्थमा २ वर्षसम्म कैद र २० हजार जरिवाना, ज्यान मार्ने कसूरमा जन्मकैद (बीस वर्ष) र ज्यान मार्ने उद्योगमा दस वर्षसम्म कैद र एक लाख रुपैयाँ जरिवाना माग दाबी गरिएको छ।

सिफारिस

काठमाडौँ महानगरले गर्यो कलंकीको बर्गर हाउसलाई २ लाख जरिवाना

काठमाडौं– काठमाडौँ महानगरपालिकाले कलंकीमा रहेको बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेनलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ । अनलाइन मःम अर्डर गर्ने ग्राहकलाई गन्ध भएको...

१८ महिनामा ढल्यो प्रचण्ड सरकार, पाएनन् विश्वासको मत

पाँचौ पटकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्‌बाट विश्वास गुमाएका छन्। शुक्रबार (असार २८) मा प्रचण्डले विश्वास गुमाएसँगै गठन भएको १८ महिनापछि उनी नेतृत्वको सरकार...

बेपत्ता यात्रुको खोजी तथा उद्धार गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं– नारायणगढ-मुग्लिन सडकखण्डको सिमतालमा पहिरोले दुई वटा यात्रु बस बगाएको घटनाप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुख व्यक्त गरेका छन् । साथै उनले बेपत्ता यात्रुहरूको खोजी...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

१८ महिनामा ढल्यो प्रचण्ड सरकार, पाएनन् विश्वासको मत

पाँचौ पटकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्‌बाट विश्वास गुमाएका...

बेपत्ता यात्रुको खोजी तथा उद्धार गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं– नारायणगढ-मुग्लिन सडकखण्डको सिमतालमा पहिरोले दुई वटा यात्रु बस...

कास्कीमा पहिरोले घर पुरिँदा ११ जनाको ज्यान गयो

कास्की– निरन्तरको वर्षापछि आएको पहिरोमा पुरिएर कास्कीमा ११ जनाको...

पहिरोसँगै त्रिशूलीमा खसेका २ वटा बसमा कति थिए यात्रु ? तीन पौडिएर निस्किए

चितवन– नारायणगढ-मुग्लिन सडकमा शुक्रबार बिहान पहिरोले बगाएर त्रिशूलीमा खसेका...

जाँदाजाँदै प्रचण्ड सरकारको मन्त्रिपरिषद् बैठकले के के गर्यो निर्णय ?

काठमाडौं – सरकारले बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र...

नेपाली सेनाका ३८ सय ८७ जना सैन्यहरू दीक्षित

काठमाडौं - विक्रम सम्वत् २०८० साल भाद्र ३ गतेदेखि...

धेरै पढिएको