मौसम: देशभर बदली, आज धेरै ठाउँमा वर्षा हुने

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यतिबेला (बुधबार बिहान) देशभर आंशिकदेखि साधारणतया मौसम बदलीको अवस्था छ।

आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिक देखि साधारणतया बदलीको अवस्था रहने र सुदुरपश्चिम प्रदेशमा आंशिक बदलीको अवस्था रहनेछ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ। आज देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।

आज राति पनि कोशी, मधेस र बागमती प्रदेशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदलीको अवस्था रहने र बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज राति कोशी प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। राति कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

हेर्नुहाेस् बिहीबार र शुक्रबारकाे माैसम पूर्वानुमान

२०८० फाल्गुन ०३ गते (बिहीबार)

दिउँसो: कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक- दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति : कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ।

२०८० फाल्गुन ०४ गते (शुक्रबार)

दिउँसो: कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ।

राति: कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकोले त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउनुहुन अनुरोध छ।

सिफारिस

ऊर्जा क्षेत्रमा साना र मझौला आयोजनालाई बेवास्ता नगर्न ऊर्जामन्त्री खड्काको निर्देशन

काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले ऊर्जा क्षेत्रको दिगो विकासका लागि साना र मझौला जलविद्युत् आयोजना समेतलाई बेवास्ता नगरी प्राथमिकतामा राख्नुपर्ने...

सिन्धुलीको फिक्कल डाँडा : जहाँबाट देखिन्छ सगरमाथा र तराईका समथर भूभागहरू (तस्वीरहरू)

सिन्धुली, फिक्कल — सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका–५ मा अवस्थित फिक्कल डाँडा पर्यटकीय गन्तव्यको रुपमा चर्चा बढ्दै गएको छ। समुद्री सतहबाट २,३८८ मिटरको उचाइमा रहेको...

कतारी राजदूतद्वारा नेपाली–फिलिपिनी संघ प्रतिनिधिमण्डलको स्वागत

काठमाडौं-  कतारका नेपालका लागि राजदूत, महामहिम मिश्रल बिन मोहम्मद अली अल–अन्सारीले आज अपराह्न नेपाली–फिलिपिनी संघ (NFA) का पदाधिकारीहरूलाई कतार दूतावासमा स्वागत गर्नुभयो। शिष्टाचार भेटका क्रममा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

सिन्धुलीको फिक्कल डाँडा : जहाँबाट देखिन्छ सगरमाथा र तराईका समथर भूभागहरू (तस्वीरहरू)

सिन्धुली, फिक्कल — सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका–५ मा अवस्थित...

कतारी राजदूतद्वारा नेपाली–फिलिपिनी संघ प्रतिनिधिमण्डलको स्वागत

काठमाडौं-  कतारका नेपालका लागि राजदूत, महामहिम मिश्रल बिन मोहम्मद...

सानो सद्भाव, ठूलो प्रभाव: ट्राफिक प्रहरीका लागि शिशिरको प्रेरणादायी पहल

बुटवल — चर्को घाम, धुलो र लगातार गुडिरहने सवारीसाधनबीच...

प्रधानमन्त्री ओलीले गरे खेलकुदका दुईवटा संरचना उद्घाटन (तस्वीरहरू)

ललितपुर - प्रधानमन्त्री केपी शर्मा ओलीले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद...

भोटेकोसी बाढी: ७ को शव भेटियो, २० जना अझै सम्पर्कविहीन

लगातारको वर्षापछि आएको बाढीले रसुवा जिल्लामा ठूलो जनधनको क्षति...

रसुवा बाढीमा तीन प्रहरीसहित १८ जना बेपत्ता

काठमाडौं - चीनबाट आएको बाढीमा परेर रसुवामा बेपत्ता हुने...

धेरै पढिएको